एकाइ – एक

पाठ ४ हाम्रा राष्ट्रिय गौरव

अभ्यास

१. राष्ट्रिय गौरव भनेको के हो ?

उत्तर : आत्मसम्मानको अनुभूतिलाई गौरव भनिन्छ । नेपाललाई विश्वमा चिनाउने चिनारी र नेपाली हुनुमा गौरव गर्ने इतिहास, संस्कृति, मूल्य मान्यता, सम्पदा र सम्मान गर्ने बानीलाई नै राष्ट्रिय गौरव भनिन्छ । “लुम्बिनी, जानकी मन्दिर, सगरमाथा, नेपाली वीरता आदि उदाहरणका रूपमा प्रस्तुत गर्दै, यसले कसरी देखाउँछ कि नेपाल एक विविधतामा परिपूर्ण देश हो?”

२. ‘नेपालले बहुसांस्कृतिक विशेषता राख्दछ’ भनाइलाई पुष्टि गर्दछौं।

उत्तर : नेपालमा सयौं जाति रहेका छन्, सयौं भाषा रहेका छन्, विभिन्न मूल्य मान्यता र प्रचलन रहेका छन् । यहाँ थुप्रै जातिले थुप्रै चाडपर्व मनाउँछन् । रहनसहन, खानपिन, जन्मदा र मर्दाका प्रचलनहरू पनि फरक फरक छन् । यसको अर्थ नेपालमा धेरै संस्कृति रहेका छन् । तराई मधेशमा थारु र मिथिला संस्कृतिदेखि पहाड तथा हिमालसम्म तामाङ तथा मगर लगायतका थुप्रै संस्कृतिको मेलबाट नेपाली संस्कृतिको निर्माण भएको छ। तसर्थ नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो ।

३. मानौँ तपाईं विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाईंलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?

उत्तर : विदेश भ्रमणमा गएका बेला कुनै कार्यक्रमा मलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालकोराष्ट्रिय गौरव बढाउने निम्न विषयवस्तु प्रस्तुत गर्छु :-
क) “एक शान्तिपूर्ण देश र शान्तिका दूतहरूका बीचका विषयवस्तुहरू”
ख) विश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी विषयवस्तु
(ग) वेदका ज्ञाता वेदव्याससम्बन्धी विषयवस्तु
(घ) जानकी र कलाकार अरनिकोसम्बन्धी विषयवस्तु
(ङ) नेपालको भौगोलिक विविधतासम्बन्धी विषयवस्तु

४. “हामी वीर नेपालीका सन्तानहरू हौं, कसैले हाम्रो मानमर्दन गरेमा सो क्रिया हामीलाई कसैले कहिल्यै स्वीकार्य हुँदैन भने, तपाईंको यस भनाइलाई संदर्भित गर्दै कसरी व्यक्त गर्नुहोस् ।

उत्तर : हामी वीर नेपालीका सन्तति हाँ। विश्वभरि नै नेपालीलाई वीर भनेर चिनिन्छ । नेपालीको वीरताको प्रशंसा विश्वभरि नै मुक्तकण्ठले हुन्छ । आज पनि विश्वशान्तिका लागि नेपाली सेनाको योगदान अविष्मरणीय छ । जहाँ जहाँ नेपाली सेना छ त्यहाँ इमानदारिता र वीरता छ । त्यसैले कसैले हाम्रो मानमर्दन गरेमा वा हामीलाई हेप्ने गरेका त्यो कार्य कदापि स्वीकार्य हुँदैन । भारतीय नाकाबन्दीको सामना यसको गतिलो जवाफ हो ।

Similar Posts

Leave a Comment