काइ – दुई

पाठ ३ राष्ट्रिय गौरवका आयोजनाहरू

अभ्यास

१. विकास आयोजना भनेको के हो ?

उत्तर: विकास आयोजना भनेको निश्चित समयावधिमा सम्पन्न गरिसक्ने गरी विविध लक्ष्यका साथ साधन र स्रोतको प्रयोग गरेर सुव्यवस्थित तवरबाट सञ्चालित विकासका कार्यक्रमहरू हो ।

२. कस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भनिन्छ ?

उत्तर: राष्ट्रलाई पहिचान दिलाउने र देशका अधिकांश जनता लाभान्वित हुने आयोजना प्रदेश वा स्थानीय स्तरबाट सञ्चालन हुन नसक्ने हुँदा यस्ता आयोजना राष्ट्रिय स्तरबाट सञ्चालित हुन्छन् । यस्ता आयोजनाहरूका लागि बढी स्रोत,साधन र लगानीको आवश्यकता पर्छ। यस्ता आयोजनाहरूलाई नै राष्ट्रिय गौरवका आयोजना भनिन्छ । यस्ता आयोजना नेपाल सरकारले घोषणा गर्ने गर्दछ ।

३. राष्ट्रिय गौरवका आयोजना किन महत्त्वपूर्ण मानिन्छन् ?

उत्तर : राष्ट्रिय गौरवका आयोजना महत्त्वपूर्ण मानिनुका कारण निम्न छन् :-
(क) पूर्वाधारको विकास हुने
(ख) रोजगारीमा वृद्धि हुने
(ग) धेरै जनतालाई लाभ पुग्ने
(घ) दिगो विकासको आधार तय हुने
(ङ) प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्धन हुने
(च) पर्यटकीय क्षेत्रको विस्तार ।

४. नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न कुन कुन पक्षमा ध्यान दिनुपर्ला ?

उत्तर : नेपालमा तोकिएको समयमा विकास आयोजना सम्पन्न गर्न निम्न पक्षमा ध्यान दिनुपर्ला :- (क) स्थिर सरकार (ख) आर्थिक लगानी (ग) खोत, साधन र जनशक्तिको उपलब्धता (घ) जनताको अपेक्षा सम्बोधन (ङ) सुशासन भ्रष्टाचार नियन्त्रण ।

५. हुलाकी लोकमार्गले पुऱ्याउने फाइदाको विवेचना गर्नुहोस् ।

उत्तर : नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरू राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्कअनुसार २४ ओटा रहेका छन । यी आयोजना मध्ये एउटा महत्त्वपूर्ण आयोजना हलाकी लोकमार्ग पनि हो । आव २०६८ ,२०६९ देखि यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा रहेको आयोजना हो । आयोजनाको अन्तसम्ममा लगभग १८०० किमी सडक र २१९ ओटा पुलको निर्माण हुने अपेक्षा गरिएको यस आयोजनाले तराई मधेशका २० जिल्लालाई छुन्छ ।
नेपालको पूर्व पश्चिम हुँदै तराई मधेशमा यातायातको सहज पहुँच विस्तार गर्ने यस आयोजनाको मुख्य लक्ष्य हो । यस आयोजनाले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मको भूभागलाई जोड्छ । पूर्व पश्चिम अर्थात् महेन्द्र राजमार्गको समानान्तर भएर यो राजमार्ग निर्माण हुन्छ । यो लोकमार्गले यस क्षेत्रका जनतालाई यातायातको सहज पहुँच पुग्नेछ । यसका साथै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई बजारीकरणमा सहयोग पुयाउने छ । महेन्द्र राजमार्गसँगको निर्भरता हटाएर दक्षिणी भेगका जनतालाई आवतजावतमा दुरी छोटो हुने छ । बजार क्षेत्रको विस्तार र विकासमा

सहयोग पुग्ने छ । रोजगार तथा स्वरोगारका क्षेत्रमा वृद्धि हुने छ । यसप्रकार हुलाकी लोकमार्ग निर्माण आयोजना सम्पन्न भएपश्चात् त्यस क्षेत्रका जनताको यातायातमा सहज पहुँच अभिवृद्धि भई सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा योगदान पुग्ने छ ।

Similar Posts

Leave a Comment