एकाइ-६ हाम्रो पृथ्वी

पाठ २ – विश्वका हावापानीका प्रकारहरू

अभ्यास

१. हावापानीको प्रदेश भनेको के हो ?

उत्तर : पृथ्वीको गोलार्द्धमा अक्षांशीय फैलावट, सूर्यको ताप र हावाको चापका आधारमा हावापानीको वर्गीकरणलाई हावापानीको प्रदेश वा मण्डल भनिन्छ ।

३. समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन् ? उल्लेख गर्नुहोस् ।

उत्तर : समशीतोष्ण क्षेत्र दुवै गोलार्द्धमा ३०० देखि ६०° अक्षांशसम्मको भूभागमा फैलिएको हावापानीको क्षेत्र हो । यस क्षेत्रमा सूर्यको किरण भूमध्यरेखीय क्षेत्रमा जस्तो धेरै सिधा र शीत क्षेत्रमा जस्तो धेरै छड्के पर्दैन । त्यस्तै यस क्षेत्रमा प्रशस्त वर्षासमेत हुन्छ। त्यसैले समशीतोष्ण क्षेत्रम न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइन्छ ।

४. तपाईं बसेको ठाउँ कुन हावापानीको प्रदेशमा पर्दछ ? सो प्रदेशमा ऋतुअनुसार वर्षभरि तपाइँले अनुभव गर्ने हावापानीको विवरण प्रस्तुत गर्नुहोस् ।

उत्तर : हामी बसेको देश नेपाल दक्षिण एसियामा पर्ने भएकाले यहाँ उष्ण मण्डलअन्तर्गतको उष्ण मौसमी हावापानीको उपप्रदेशमा पर्छ । यस प्रदेशमा ऋतुअनुसार वर्षभरि ग्रीष्ममा गर्मी, वर्षामा ओसिलो र हिउँदमा ठन्डा हुन्छ । ठाउँअनुसार ५० से.मि. देखि २०० से. मि. सम्म मनसुनी वर्षा हुन्छ । कतै कतै । कतै कतै सदावहार वन पाइने भए पनि प्रायः जसो पतझड वनस्पति पाइन्छ ।

Similar Posts

Leave a Comment