एकाइ चार

पाठ २ यौन विकृति र विसङ्गति

अभ्यास

१. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ?

उत्तर: कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन्:
(क) पढाइ छोड्नुपर्ने अवस्था आउन सक्ने
(ख) बच्चाको स्याहारसुसार र परिवारको पालनमा ध्यान दिनुपर्ने
(ग) शारीरिक तथा मानसिक समस्याहरू आइपर्न सक्ने
(घ) आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव हुन सक्ने
(ङ) उमेरै पुगेको नपुगेको पारिवारिक बोझ बोक्नुपर्ने ।

२. यदि तपाईंमाथि यौन दुर्व्यवहार हुन खोज्यो भने तपाईं के गर्नुहुन्छ ?

उत्तर : हामी कसैले पनि यौन दुर्व्यवहार सहेर बस्तु हुँदैन । तसर्थ यदि ममाथि यौन दुर्व्यवहार हुन खोज्यो भने सर्वप्रथम त म सचेत गराउँछु । यौन दुर्व्यवहार विसङ्गति हो भन्ने सम्झाउँछु । सचेत गराउँदा र सम्झाउँदा पनि नभए सम्बन्धित निकायमा गएर उजुरी दिन्छु ।

३. आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकको भूमिका

उत्तर : आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।
(क) यौन विकृति र विसङ्गतिका बारेमा बालबालिकासँग खोला भावनामा चर्चा गर्ने
(ख) यौन विकृति र विसङ्गतिका नकारात्मक पक्षका बारेमा जानकारी प्रदान गराउने
(घ) बालबालिकालाई सही संस्कार र गतिविधिमा संलग्न गराउने
(ङ) अभिभावकले स्वयंले आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्ने
(च) बालबालिकाको गतिविधि सूक्ष्मता सहित नियामित राख्ने ।

३. आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकको भूमिका

उत्तर : आफ्ना बालबालिकालाई यौन विसङ्गतिबाट बचाउन अभिभावकले खेल्न सक्ने भूमिका लेख्नुहोस् ।
(क) बालबालिकासँग यौन विकृति र विसङ्गतिका बारेमा खुल्ला बिचारविचार गर्नुहोस्।
(ख) यौन विकृति र विसङ्गतिका कारणका बारेमा जानकारी प्रदान गर्नुहोस्।
(ग) यौन विकृति र विसङ्गतिबाट बच्ने उपायहरू सिकाउनुहोस्।
(घ) बालबालिकालाई सही संस्कार र गतिविधिमा समाहित गर्नुहोस्।
(ङ) अभिभावकहरूले स्वयंमा आदर्श र नैतिक व्यवहार प्रदर्शन गर्ने।
(च) बालबालिकाको गतिविधि सुक्ष्म रूपमा पर्वाह गर्ने।

४. समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउनका लागि के के उपाय गर्नुपर्छ?

उत्तर: समाजमा हुने यौन विकृति र विसङ्गतिलाई हटाउन निम्न कार्य गर्न सकिन्छ :
(क) यौन विकृति र विसङ्गतिका खराब पक्षलाई जनचेतना बढाउने
(ख) समाजका प्रत्येक सदस्यहरूले उच्च नैतिकता प्रदर्शन गर्ने
(ग) रोजगार तथा स्वरोजगारमा संलग्न हुने
(घ) संयुक्त परिवारमा बस्ने व्यवस्था मिलाउने
(ङ) यौन विकृति र विसङ्गतिमा संलग्न हुनेलाई कानूनी कारबाहीको प्रवृत्ति गर्ने।

Similar Posts

Leave a Comment