एकाइ-६ हाम्रो पृथ्वी

पाठ ८ दक्षिण अमेरिका महादेश

अभ्यास

१. अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व लेख्नुहोस् ।

उत्तर: अमेजन बेसीमा पाइने जङ्गलको आर्थिक महत्त्व :-

(क ) फर्निचर उद्योग सञ्चालन गर्न सकिन्छ |

(ख) निकुञ्ज तथा आरक्षको विकास गरी पर्यटक आकर्षित गर्न सकिन्छ

(ग) काठसँग सम्बन्धित विभिन्न उद्योग सञ्चालन गर्न सकिन्छ |

(घ)पशुपालनका लागि घाँस उपलब्ध गर्न सकिन्छ|

२. दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन के गर्नुपर्छ ? सुझाव प्रस्तुत गर्नुहोस् ।
उत्तर : दक्षिण अमेरिकी राष्ट्रहरूले त्यहाँ उपलब्ध खनिजको प्रयोग गरी समृद्धि ल्याउन निम्न कार्य गर्नुपर्छ :-

(क) खनिजको अन्वेषण र उत्खनन्को कार्य तीव्रताका साथ गर्नुपर्छ

(ख) खनिजसँग सम्बन्धित उद्योगधन्दा स्थापनामा जोड दिनुपर्छ

(ग) अन्य महादेशमा उच्च माग भएका वस्तुको निर्माण गरी निर्यातमा जोड दिनुपर्छ

३. दक्षिण अमेरिकी मानिसको जीवनशैली किन मौलिक नभई युरोपको प्रभाव रहेको छ ? कारण दिनुहोस् ।

उत्तर : दक्षिण अमेरिका लामो समयसम्म यूरोपेली उपनिवेशबाट गुज्रिएको थियो । कोलम्बसले अमेरिका पत्ता लगाएपछि यूरोपबाट स्पेनिस र पोर्चुगालीहरू बसाइँ सरी दक्षिण अमेरिका पुगेका थिए । यिनीहरूले दक्षिण अमेरिकाका आदिवासीलाई परास्त गरी त्यहाँको इन्का सभ्यता लोप गराए र आफ्नो सभ्यता तथा शासन स्थापित गरे । त्यसैले दक्षिण अमेरिकी मानिसको जीवनशैली मौलिक नभई यूरोपको प्रभाव रहेको छ ।

४. नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिच प्राकृतिक र आर्थिक क्षेत्रका समानता र भिन्नता छुट्याउनुहोस् ।

उत्तर : नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका भिन्नता :- दक्षिण अमेरिकामा सबैभन्दा लामो एन्डिज पर्वत शृङ्खला भए जस्तै नेपालमा पनि लामो हिमालय शृङ्खला रहेको छ । दक्षिण अमेरिकामा अजेजन बेसीमा विस्तृत क्षेत्रमा फैलिएको जगल भए जस्तै नेपालमा पनि चारकोसे झाडी रहेको छ । दक्षिण अमेरिकामा विभिन्न खानी भए जस्तै नेपालमा पनि विभिन्न खानीहरू रहेका छन् ।

पशुपालन, खनिज उत्खनन्, पर्यटन आदिबाट दक्षिण अमेरिकाले उन्नति गरेजस्तै नेपालले पनि कृषि, पशुपालन, खनिज उत्खनन् र पर्यटनबाट फाइदा लिन सक्छ । नेपाल र दक्षिण अमेरिकी राष्ट्रहरूबिचको प्राकृतिक र आर्थिक क्षेत्रका समानता :- दक्षिण अमेरिकी राष्ट्रहरू प्राकृतिक स्रोत साधनको उपयोग गर्दै आर्थिक समृद्धि हासिल गरिरहेका छन् । नेपालले भने प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्न सकिरहेको छैन । त्यस्तै दक्षिण अमेरिकी राष्ट्रले खेल पर्यटनको समेत विकास गरी पर्यटनको विकास गरेका छन् । नेपालमा पनि खेल पर्यटनको सम्भावना हँदाहँदै पनि विकास हन सकेको छैन । पशुपालन, भेडा पालन जस्ता व्यवसायबाट दक्षिण अमेरिकाले राम्रो आर्थिक प्रगति हासिल गरेको छ । कृषि प्रधान राष्ट्र भएर पनि नेपालले कृषिको विकास गर्न सकेको छैन । झन्डै उस्तै उस्तै आर्थिक अवस्था भए पनि नेपाल भन्दा दक्षिण अफ्रिका निकै अगाडि बढ्ने क्रममा छ |

Similar Posts

Leave a Comment