एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ७ बचत र बिमा

अभ्यास

अभ्यास

१. बिमा भनेको के हो ? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस् ।

उत्तर: बिमा भनेको जोखिम हस्तान्तरण गर्ने र व्यवस्थापन गर्ने एउटा उपाय हो । विपत्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटबाट मानिस तथा पशु पीडित भएका हुन्छन् । त्यस्तै कहिलेकाहीं खेतमा लगाएको बाली पनि विभिन्न कारणले नोक्सान हुन्छ । यसरी विभिन्न किसिमले हुने हानि नोक्सानी वा जोखिमको वहनलाई प्रत्याभूत गर्ने माध्यम बिमा हो ।

२. बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरूको सूची बनाउनुहोस् ।

उत्तर: बिमा गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्न छन् :-

(क) बिमा गर्नुको उद्देश्यबारे स्पष्ट हुनुपर्छ ।इच्छाएको व्यक्ति

(ख) आवश्यक विवरण, जानकारी वा सूचना स्पष्टसँग दिनुपर्छ र इच्छाएको व्यक्तिबारे पनि स्पष्ट उल्लेख गर्नुपर्छ ।

(ग) बिमाबाट प्राप्त हुने सुविधाको बारेमा बिमा प्रस्तावबाट जानकारी लिनुपर्छ ।

(घ) बिमा अभिकर्ता बिमा समितिबाट इजाजत प्राप्त हो वा होइन थाहा पाउनुपर्छ ।

(ङ) बिमा गरेको कुरा घरपरिवारलाई जानकारी गराउनुपर्छ ।

(च) बिमासम्बन्धी सम्पूर्ण कागजात सुरक्षित राख्नुपर्छ ।

(छ) बिमालेख नवीकरण मिति ख्याल गरेर समयमा बिमा शुल्क भुक्तानी गरी रसिद सुरक्षित राख्नुपर्छ ।

३. स्वास्थ्य बिमा भनेको कस्तो बिमा हो ? यसको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : मानिस बिरामी भएका बेलामा उसलाई तुरुन्त उपचारको खाँचो हुन्छ । मानिसलाई रोगले कुन समयमा आक्रान्त पार्छ भन्ने यकिन गर्न सकिँदैन । यसरी बिरामी भएका बेला उपचारका लागि आवश्यक हुन उपचार गर्न धेरै खर्च लाग्न सक्छ । यस्तो अवस्थामा उपचारसँग सम्बन्धित विभिन्न स्वास्थ्य सेवा तथा व प्रदान गर्ने उद्देश्यले गरिने बिमा स्वास्थ्य बिमा हो । यसको महत्व :-

(क) भरपर्दो स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।
(ख) आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनुपर्दैन ।
(ग) उपचारमा लाग्ने महँगो रकम बचत गर्न सकिन्छ ।
(घ) ठुला रोगको सङ्क्रमणमा अझै फाइदाजनक हुन्छ ।
(ङ) परिवारको स्वास्थ्यप्रति निश्चिन्त हुन सकिन्छ ।

४. बिमा गर्नाले जीवनमा आइपर्ने आकस्मिक क्षतिलाई न्यूनीकरण वा कम गराउन सकिन्छ, कसरी ? छोटकरीमा उल्लेख गर्नुहोस् ।

उत्तर : मानिसका जीवनमा कहिलेकाहीं सोच्दै नसोचेका घटना अकस्मात् आइपर्छन् । विपत् दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटले मानिस तथा पशु पीडित हुन्छन् । कहिलेकाही विभिन्न कारणले खेतबाली नष्ट हुन्छ । बिमाका माध्यमबाट हामीले यस्ता विभिन्न जोखिमँलाई हस्तान्तरण र व्यवस्थापन गर्न सक्छौं अर्थात् मोक्सानी वा जोखिमको वहनलाई प्रत्याभूत गर्दछ । बिमा गर्नाले बिमा कम्पनीले निश्चित रकम लिएर तोकिएको अवधिसम्मका लागि क्षतिको भुक्तानी गर्छ । यसबाट क्षतिको न्यूनीकरण भई नोक्सानीबाट बच्न सकिन्छ ।

Similar Posts

Leave a Comment