एकाइ – सात: हाम्रो विगत

पाठ ७ प्रथम विश्वयुद्धका परिणाम

अभ्यास

१. राष्ट्रसङ्घको छोटो परिचय दिनुहोस् ।

उत्तर : राष्ट्रसङ्घको स्थापना पहिलो विश्वयुद्धको परिणाम हो । तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनको पहलमा १० जनवरी १९२० मा यसको स्थापना भएको थियो । विश्वलाई युद्धबाट टाढा राख्ने, विश्वमा शान्ति कायम गर्ने, द्वन्द्वलाई वार्ताबाट समाधान गर्ने उद्देश्यका साथ विश्व छाता सङ्गठनका रूपमा राष्ट्रसङ्घको स्थापना भएको थियो ।

२. प्रथम विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर : प्रथम विश्वयुद्धलाई नरसंहारकारी युद्धका रूपमा लिइन्छ । यो मानव जगत्कै सबैभन्दा भयानक परिणाम ब्यहोरेको युद्ध थियो । यसका परिणाम यसप्रकार छन् ।

(क) राष्ट्रसङ्घको स्थापना : प्रथम विश्वयुद्धको परिणामस्वरूप वि.सं. १९२० जनवरी १० मा तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनको पहलमा विश्व शान्तिका लागि राष्ट्रसङ्घको स्थापना भयो ।

(ख) जनधनको ठुलो क्षति : यस युद्धमा करिब ९२ लाख मानिसको मृत्यु र २ करोड ९० लाख मानिस घाइते भएका थिए । त्यस्तै ३३ करोड ६० लाख अरब पाउन्ड खर्च भएको थियो ।

(ग) भर्सेलिज सन्धिमा हस्ताक्षर : २८ जुन १९१९ मा मित्रराष्ट्रहरू र जर्मनीबिच फ्रान्सको पेरिसमा सन्धि भएपछि युद्धको अन्त्य भएको थियो ।

(घ) राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना : यस युद्धको प्रभाव स्वरूप विश्वमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापनाको सुरुआत भयो ।

(ङ) विश्वव्यापी आर्थिक सङ्कट : यस युद्धमा ठुलो जनधनको क्षति भएकाले कृषि, उद्योग, व्यापारका क्षेत्रमा प्रतिकूल असर परेको थियो । विश्वमा भोकमरी, बेरोजगारी, गरिबी, मुद्रास्फिति र महङ्गीले सताएको थियो ।

(च) अधिनायकवादको उदय: प्रथम विश्वयुद्धपछि भर्सेलिजको सन्धिलाई आधार बनाई जर्मनीमा हिटलर, इटालीमा मुसोलिनी जस्ता अधिनायकवादीको उदय हुन पुग्यो ।

(छ) नयाँ राष्ट्रको उदय यस युद्धपछि अल्वानिया, युगोस्लाभिया, फिनल्यान्ड, चेकोलोभाकिया जस्ता राष्ट्रको उत्पत्ति भयो

३. प्रथम विश्वयुद्धमा नेपालीले खेलेको भूमिकाको छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर : प्रथम विश्वयुद्ध भएका बेला नेपालमा प्रधानमन्त्री चन्द्रशमशेर थिए । उनले अङ्ग्रेजलाई सहयोग गर्नका लागि बबर शमशेरको नेतृत्वमा ७५०० नेपाली फौज पठाएका थिए । त्यसपछि जनरल पदम शमशेर, तेज शमशेर र केशर शमशेरको नेतृत्वमा पनि फौज पठाइएको थियो । त्यस समय कुल १६,५४४ नेपाली सैनिकहरूले अङ्ग्रेजहरूको सहायताका लागि लडेका थिए । त्यस्तै बेलायतलाई नेपालले दश लाख पाउन्ड आर्थिक सहयोग पनि गरेको थियो । नेपाली सैनिकले युद्धको कठि मोर्चामा अद्भूत पराक्रम, साहस र वीरता प्रदर्शन गरी अङ्ग्रेजलाई विजयी बनाएका थिए । नेपाली फौजको वीरताको शत्रुपक्षले पनि मुक्त कण्ठले प्रशंसा गरेका थिए । प्रथम विश्वयुद्धमा देखाएको वीरताको कारणले आजसम्म पनि विश्वमा नेपालीलाई गोर्खाली वीर भनेर चिनिन्छ । यसप्रकार प्रथम विश्वयुद्धमा नेपालीले निकै साहसिक भूमिका निर्वाह गरी बहादुरको परिचय दिलाएका थिए ।

४. अधिनायकवाद भनेको के हो ?

उत्तर : कुनै व्यक्ति वा व्यक्ति समूह अधिनायक बनी सञ्चालन गरेको राज्यव्यवस्था वा सो व्यवस्थासम्बन्धी सिद्धान्त अधिनायकवाद हो यसले आफ्नो सत्ता टिकाउन विरोधीलाई दमन गर्ने, यातना दिने र हत्या गर्ने तथा आफ्नो महत्त्वाकांक्षा जसरी पनि पूरा गर्ने जस्ता कार्य गर्दछ ।

५. ” बदलाको भावनाले सङ्कट निम्त्याउँछ ।” यस भनाइलाई प्रथम विश्वयुद्धको प्रसङ्ग जोडेर पुष्टि गर्नुहोस् ।

उत्तर : बदलाको भावना जोसुकैका लागि पनि राम्रो होइन । यसले कुनै न कुनै रूपमा सङ्कट निम्त्याउँछ । बदलाको भावनाले अशान्ति उत्पन्न हुन्छ र नोक्सान गर्छ । बदलाको भावनाले गर्दा अविश्वास, गुटबन्दी, घृणा, ईर्ष्या उत्पन्न हुन गई प्रथम विश्वयुद्ध हुन पुगेको देखिन्छ । यस युद्धको परिणाम निकै भयावह भयो । त्यस अघि यस्तो विनाश कहिल्यै भएको थिएन । त्यसैले यो नरसंहारकारी युद्ध बन्यो । भर्सेलिजको सन्धिले प्रथम विश्वयुद्ध रोकिए पनि जर्मनीमा बदलाको भावना विकास गरायो यसले गर्दा दोस्रो विश्वयुद्धको बीजारोपण हुन गयो । तसर्थ बदलाको भावनाले सङ्कट निम्त्याउँछ ।

३. तुष्टीकरणको नीति भनेको के हो ? यसले दोस्रो विश्वयुद्धलाई कसरी निम्त्यायो ?

उत्तर : तुष्टको अर्थ सन्तुष्ट, मक्ख, तृप्त हुन्छ । तसर्थ तुष्टीकरणको अर्थ तुष्ट पार्ने काम वा प्रक्रिया भन्ने हुन्छ । अर्न्तराष्ट्रिय सन्दर्भमा तुष्टीकरण नीति भनेको कुटनीतिको एक शैली हो जसमा प्रत्यक्ष द्वन्द्वबाट बच्न आक्रमणकारी शक्तिलाई विभिन्न छुट दिइन्छ । दोस्रो विश्वयुद्ध ताका बेलायतले यो नीति लिएको थियो । रुसमा साम्यवादी (कम्युनिस्ट ) शासन सुरु भएपछि छोटो समयमा धेरै परिवर्तन भएका थिए । यसको प्रभाव युरोपभरि फैलिँदै गएको थियो । रुसको प्रभाव बढ्न थालेपछि बेलायत र फ्रान्स चिन्तित भए र भित्रभित्रै असन्तुष्ट थिए । बेलायतलाई आफ्नो प्रभुत्व समाप्त हुने डर भएकाले जर्मनीको गठबन्धनले रुसमा आक्रमण गरोस् र रुसको शक्ति हास होस् भन्ने चाहना थियो । यसैले गर्दा उसले तुष्टीकरणको नीति अवलम्बन गयो । यस कार्यमा फ्रान्सले साथ दियो । यो नीति पनि विश्वयुद्धको कारण बन्न पुग्यो र दोस्रो विश्वयुद्धलाई निम्त्यायो ।

Similar Posts

Leave a Comment