एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पाठ ४ – विश्वव्यापीकरण र स्थानीयकरण

अभ्यास

पाठ ४ : विश्वव्यापीकरण र स्थानीयकरण

१. विश्वव्यापीकरण भनेको के हो ?

उत्तर : मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति आदि कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलिने अवस्थालाई विश्वव्यापीकरण भनिन्छ । अहिले वस्तु, श्रम, पुँजी, प्रविधि, विचार आदि विश्वभर आदानप्रदान हुन्छ । यसलाई नै विश्वव्यापीकरण भनिन्छ । सीमित दृष्टिकोणमा अर्थतन्त्रलाई जोड्ने प्रक्रिया विश्वव्यापीकरण भए पनि वृहत अर्थमा विश्वव्यापीकरण भनेको आधुनिक विश्वमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र प्राविधिकलगायतका सबै विषयमा साझा मूल्य मान्यता र प्रक्रियाको स्थापना गर्ने अभियान हो ।

२. विश्वव्यापीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : विश्वव्यापीकरणको महत्त्व :-
(क) खुला अर्थतन्त्र र बजारीकरणमा जोड दिन्छ ।
(ख) आयात निर्यात प्रक्रियालाई खुकुलो बनाउँछ ।
(ग) राष्ट्रिय आय, बचत, उत्पादन र रोजगारी अभिवृद्धि गर्दछ ।
(घ) विश्वलाई एक ग्रामका रूपमा लिई विश्वबन्धुत्वको भावना विकास गराउँछ ।
(ङ) वस्तु, सेवा, श्रम, पुँजी र प्रविधि जस्ता कुराको विश्वभर आदानप्रदान हुन्छ ।
(च) लोकतान्त्रिक मूल्यमान्यता, सुशासन, मानव अधिकार, सामाजिक न्याय, सामावेशीकरण जस्ता कुराहरूको विकास, संरक्षण र सम्वर्धन गराउँछ ।

३. विश्वव्यापीकरणका सकारात्मक र नकारात्मक पक्षको सूची तयार पार्नुहोस् ।
उत्तर : विश्वव्यापीकरणका सकारात्मक पक्षहरू :-
(क) लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन, सामाजिक न्याय, मानव अधिकार, समावेशिता, सुशासन जस्तापक्षको विकास र संरक्षण
(ख) आर्थिक उदारता, निजीकरण, विप्रेषण, वैदेशिक लगानी, रोजगारी, बजार क्षेत्र आदिमा वृद्धि र विकास
(ग) धर्म निरपेक्षता, सांस्कृतिक बहुलवाद, सामाजिक चेतना, धर्म निरपेक्षताको वि
(घ) सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तार तथा प्रयोग |

विश्वव्यापीकरणका नकारात्मक पक्षहरू :-

(क) वैदेशिक हस्तक्षेप बढी राजनीतिक अस्थिरताको खतरा बढ्ने
(ख) स्रोतसाधनको अत्यधिक दोहन, परनिर्भरताको अवस्था सिर्जना र धनी तथा गरिबबिचको खाडल बढ्न जाने
(ग) मौलिक कला, संस्कृति, परम्परा, भाषा लोप सक्ने
(घ) सामजिक विकृति र विसङ्गति वृद्धि हुने
(ङ) बौद्धिक तथा श्रमशक्तिको पलायन हुहुन
(च) साइबर अपराधमा वृद्धि तथा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने ।

४ स्थानीयकरण भनेको के हो ?
उत्तर : स्थानीय भाषा, क्षेत्र, जाति प्रविधि, सिप, विचार, कला, संस्कृति, उत्पादनको संरक्षण, संवर्धन र विकासको कुरा स्थानीयकरण हो । अर्थात् आफ्नो पहिचान बनिसकेको विषयको संरक्षण, संवर्धन र विकास गर्ने मान्यता नै स्थानीयकरण हो । यसले एउटा ठाउँ वा स्थान विशेषलाई उच्च प्राथमिकतामा राख्छ । मौलिकताको संरक्षणमा जोड दिँदै यसले नवीन आविष्कारलाई स्थानीय सिप र प्रविधिमा आधारित बनाउनुपर्ने र त्यसकै आधारमा परम्परागत मूल्य मान्यता र संस्कृतिको पहिचानमा जोड दिन्छ ।

५. स्थानीयकरणको महत्त्व बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तर : स्थानीयकरणको महत्व :-
(क) विविधताबिचको एकतालाई प्राथमिकता दिन्छ ।
(ख) राष्ट्रियताको जगेर्ना, स्थानीय प्रविधि र सेवालाई जोड दिन्छ ।
(ग) जनकेन्द्रित विकासको दृष्टिकोण प्रस्तुत गर्दछ ।
(घ) श्रमिक तथा वस्तुको अन्तर्राष्ट्रियकरणलाई निरुत्साहित गर्छ ।
(ङ) मौलिक कला, संस्कृतिको संरक्षण र संवर्धन गर्दछ ।
(च) राजनीतिमा नागरिकको प्रत्यक्ष सहभागिता र सेवा प्रवाहमा पहुँच वृद्धि गर्दछ ।

Similar Posts

Leave a Comment