एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ३ रोजगारी

अभ्यास

अभ्यास

१. रोजगारी भनेको के हो ?

उत्तर : सामान्य अर्थमा भन्नुपर्दा रोजगारी भनेको जीविका वा इलम उद्योगका निम्ति गरिने कुनै काम, पेसा वा व्यवसाय हो । जीविकोपार्जनका लागि आयआर्जन गर्नु आवश्यक हुन्छ । आयआर्जनका लागि व्यक्तिले गर्ने शारीरिक वा मानसिक इलम, पेसा वा व्यवसायलाई नै रोजगारी भनिन्छ ।

२. वैदेशिक रोजगारीको परिचय दिनुहोस् । नेपालमा यसले पारेको प्रभाव उल्लेख गर्नुहोस् ।

उत्तर : आयआर्जनका लागि आफ्नो देशभन्दा बाहिर अन्य विभिन्न मुलुकमा गएर शारीरिक वा मानसि रूपमा गरिने श्रम, पेसा वा व्यवसायलाई वैदेशिक रोजगारी भनिन्छ । नेपालमा वैदेशिक रोजगारीको इतिहास त्यति लामो नभए पनि यो अहिले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ । नेपालीहरूको जीवनस्तर उकास्ने माध्यम बनेको छ । अहिले अधिकांश युवाहरूमा वैदेशिक राजगारीको मोह देखिएको छ । वैदेशिक रोजगारीले नेपालमा सकारात्मक र नकारात्मक दुवै किसिमका प्रभाव पारेको छ । यहाँ दुवै प्रभावलाई बुँदागत रूपमा उल्लेख गरिएका छन् :

सकारात्मक प्रभावहरू :- गरिबी निवारणमा सघाउने, विदेशी मुद्रा आर्जन हुने, देशको आम्दानी र प्राविधिक ज्ञानमा वृद्धि हुने, जनताको जीवनस्तरमा सुधार हुने, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार हुने, संस्कृति तथा परम्पराको आदानप्रदान हुने, विदेशी ज्ञान र सिप नेपाल भित्रिने ।

नकारात्मक प्रभावहरू :- देशमा जनशक्तिको अभाव हुन सक्ने, विकास निर्माणका कार्यमा कामदार अभाव भई ढिलासुस्ती हुने, सङक्रामक रोगहरू भित्रन सक्ने, परम्परागत मूल्यमान्यतामा ह्रास आउने र सामाजिक विकृति बढ्न सक्ने, विदेशमा सम्मानजनक काम नपाइने, दलालबाट ठगिने जोखिमपूर्ण काम गर्दा अङ्गभङ्ग हुने तथा ज्यानै जान सक्ने ।

३. वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनु पर्ने पूर्वसर्तको सूची बनाउनुहोस् ।

उत्तर : वैदेशिक रोजगारीमा जानुभन्दा अघि अपनाउनु पर्ने पूर्वसर्तको सूची निम्नानुसार छन् :-

(क) सम्बन्धित देशको भाषा सिक्ने

(ख) श्रम तथा रोजगार मन्त्रालयमा गएर आवश्pal (ग) जिल्ला प्रशासन कार्यालय गएर राहदानी (पासपोर्ट) बनाउने

(घ) वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने

(ङ) रोजगारीमा जानुभन्दा अगाडि आवश्यक तालिम

(च) नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउने

(छ) अभिमुखीकरण तालिम लिने तथा बिमा गराउने ।

Similar Posts

Leave a Comment