अभ्यास

१ सङ्घीयता भनेको के हो ?

उत्तर: सङ्घीयता शासन सञ्चालनको विभिन्न ढाँचामध्येको एउटा शासकीय अवस्था बुझाउने अवधारणा हो । यो लोकतान्त्रिक विकेन्द्रीकरणको एक महत्त्वपूर्ण अवधारणा र उच्चतम रूप हो । यसमा सङ्घीय र प्रादेशिक विकासको अवधारणालाई आत्मसात् गर्दै स्रोतको उचित बॉडफॉड र परिचालन तथा आर्थिक, सामाजिक र धार्मिक विभेद कम गरी सबै क्षेत्रको समानुपातिक विकासका लागि देशलाई सङ्घीय संरचनामा रूपान्तरण गरिएको हुन्छ ।

२. नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औंल्याउनुहोस् ।

उत्तर : नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन निम्न छन् :-
(क) सङ्घीय सरकार, प्रदेश सरकार, र स्थानीय सरकारको गठनमा जनताको सक्रिय सहभागिता गरी सामूहिक शासन पद्धतिको विकास प्रारम्भ भएको छ।”
(ख) प्रदेश तथा स्थानीय तहका विचमा प्रतिस्पर्धा बढ्न थालेको छ, जसले विकासलाई तिव्रता दिएको छ ।
(ग) सबै कुरामा केन्द्रको मुख ताक्ने प्राधिकृत अवस्थामा छ।
(घ) समावेशिता र सामाजिक न्यायले पश्रय पाएको छ साथै जनसहभागितामा वटि भएको छ ।
(ङ) सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र, आदि मा आफ्नो अपनत्वको भावना विकास गरेको छ र विविधतामा एकताको स्थिति पनि बलियो बनेको छ।

३. स्थानीय सरकारको प्रमुख क्षेत्रको उल्लेख गर्नुहोस् ।”

उत्तर: स्थानीय सरकारको मुख्य कार्यक्षेत्र निम्न छन् :-
क) स्थानीय सेवाको व्यवस्थापन, तथ्याक र अभिलेख सङ्कलन
(ख) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना
(ग) आधारभूत र माध्यमिक शिक्षा
(घ) आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण तथा जैविक विविधता
(ङ) स्थानीय पूर्वाधार निर्माण
च) स्थानीय कर संग्रहण, पानी पुस्ताएँ, र छोटो जलविद्युत योजनाहरू


४. सङ्घीयतामा सफलताका लागि महत्त्वपूर्ण केहि पक्षहरूको विश्लेषण गर्नुहोस्।

उत्तर : विभिन्न आन्दोलनको पृष्ठभूमिमा नेपाललाई २०६५ साल जेठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सन्दर्भमा सङ्घीयता नयाँ प्रयोग भएकाले यसको कार्यान्वयनका क्रममा केही जटिलता र द्विविधा देखिनु सामान्य हो । यस्ता जटिलता र द्विविधालाई न्यूनीकरण गर्दै अघि बढ्न सके सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । सङ्घीयताको मूल मर्मलाई सबैले आत्मसात् गरी सोहीअनुसार सबै तहका ऐनकानुनको निर्माण र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ । यसका लागि केन्द्र सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नु जरुरी छ । त्यस्तै जनप्रतिनिधिले आफूलाई जनताको सेवकका रूपमा लिई इमानदारिताका साथ काम गर्नु आवश्यक छ । त्यस्तै, सुशासन र अवसरको न्यायोचित वितरणमा क्रियाशील हुन आवश्यक छ।

यसप्रकार विकास र सम्वृद्धि, आत्मनिर्भर र स्वावलम्बी, रोजगार र स्वरोगारको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, कानुनीराजको स्थापना जस्ता कुरामा ध्यान दिनसके सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिन्छ ।


Similar Posts

Leave a Comment