एकाइ – सात: हाम्रो विगत

पाठ २ प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)

अभ्यास

१. वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य के के थिए ?

उत्तर : वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य निम्न थिए

(क) स्वतन्त्र न्याय विभाग खडा गर्ने

(ख) लोकसेवा आयोगको व्यवस्थालाई राम्रोसँग लागु गर्ने

(ग) सकभर २००९ सलाभित्र विधानसभा खडा गर्ने किसिमले निर्वाचन गराउने

(घ) जनताका नागरिक अधिकारहरू निश्चित गर्ने

२. परामर्शदातृ सरकारको छोटो परिचय दिनुहोस्

उत्तर : श्री ५ त्रिभुवनले परामर्श दातृहरूको सल्लाह लिएर आफैं प्रत्यक्ष शासन गर्ने उद्देश्यले जनरल केशर शमशेरसहित पाँच जना सदस्य रहेको सरकार वि.सं. २००९ श्रावण ३० गते परामर्श दातृ सरकार गठन गरेका थिए । यो सरकारलाई राजाप्रति उत्तरदायी हुनुपर्ने, बैठकका निर्णय एवम् कार्यान्वयनका लागि राजाको स्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको थियो । यो सरकार वि. सं. २०१० असार २ गते विघटन भयो।

३. राजनीतिक सङ्क्रमण भनेको के हो ? वि.सं. २००७ देखि २०१७ को दशकलाई राजनीतिक सङ्क्रमणको अवधि किन भनिन्छ ?

उत्तर : राजनीतिक सङ्क्रमण भनेको कुनै शासन, स्थिति, नियम आदि दिगो भइ नसकेको अव्यवस्थित वा अस्थिर समय हो । वि.सं. २००७ देखि २०१७ को दशक राजनीतिक रूपमा अस्थिर रहेको थियो । सरकार बन्ने र ढल्ने क्रम पनि निकै तीव्र गतिमा भएको थियो । यो अवधिमा लगभग नौओटा सरकार गठन भए । भर्खरै मात्र प्रजातन्त्रको स्थापना भएको, राजनीतिक संस्कारको विकास भइनसकेको, शासन प्रणालीको टुङ्गो नलागेको जस्ता कारणले गर्दा यो दशकलाई राजनीतिक सङ्क्रमणको अवधि भनिन्छ ।

४. वि.सं. २००७ देखि २०१७ सम्मका प्रमुख सामाजिक तथा आर्थिक उपलब्धिको सूची तयार गर्नुहोस्

उत्तर : वि.सं. २००७ देखि २०१७ सम्मका प्रमुख सामाजिक उपलब्धि :-
(क) विद्यालय खुल्ने क्रम बढी शिक्षाको व्यापक प्रचारप्रसार भएको

(ख) हवाई सेवाको सुरुआत र विस्तार

(ख) यातायात क्षेत्रको विकास प्रारम्भ

(घ) वि.सं. २०१६ मा त्रिभुवन विश्वविदयालयको स्थापना

(ङ) टेलिफोन, आकाशवाणी सेवाको सुरुआत

(च) निजामती सेवा ऐन, २०१३ जारी भई लागू भएको

(छ) वनजङ्गलको राष्ट्रियकरण तथा स्वतन्त्र र निष्पक्ष न्याय सेवाको व्यवस्था लाग

(ज) विभिन्न राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम तथा संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्ति (वि.सं. २०१२मा)

प्रमुख आर्थिक उपलब्धि :-

(क) २००८ साल श्रावणदेखि बजेट प्रस्तुत गर्न थालिएको

(ख) २०१३ भाद्रमा भूमिसम्बन्धी नियमको घोषणा गरी मोहीयानी हकको व्यवस्था

(ग) पञ्चवर्षीय योजनाको घोषणा र प्रथम पञ्चवर्षीय योजना लागू

(घ) नेपाल राष्ट्र बैङ्कको स्थापना र मुद्राको प्रचलनमा एकरूपता कायम

(ङ) नयाँ करनीति कृषिमा आधुनिकीकरणको सुरुआत र व्यापार प्रवर्धनको सुरुआत

(च) बिर्ता उन्मूलन ऐन जारी।

५. राजा महेन्द्रलाई महत्वाकाङ्क्षी राजा भनिन्छ । उनलाई यसो भनिनुका कारण के के हुन् ।

उत्तर : त्रिभुवनको मृत्युपश्चात् वि.सं. २०११ चैत ४ मा महेन्द्र राजा भए । राजा भए लगत्तै उनले वि.सं. २०१२ वैशाख १ गते शाही सल्लाहकार सरकारको गठन गरी उनीहरूको सल्लाहबमोजिम प्रत्यक्ष शासन सुरु गरे । त्यस्तै तिब्बतमा निर्वासित जीवन बिताइरहेका डा. के. आई सिंहलाई आममाफी दिई नेपालमा बोलाए । नेपालमा उनलाई भव्य स्वागत गरी वि.सं. २०१४ श्रावण ११ मा उनकै नेतृत्वमा सरकार गठन गरे । तीन महिनापछि यो सरकार पनि विघटन गरी राजा महेन्द्रले प्रत्यक्ष शासन गरेका थिए । तसर्थ राजा महेन्द्रलाई महत्वाकाङ्क्षी राजा भनिन्छ ।

आर्थिक अवसरमा वृद्धि हुनु, मानव अधिकार, मौलिक हक, स्वतन्त्रताको प्रत्याभूति हुन् जस्ता सकारात्मक प्रभाव देखिन् निष्कर्ष र सुझाव : जनताको सहभागिताले पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्थाको स्थापना हुन पुग्यो | पञ्चायत विरोधी आन्दोलनका सकारात्मक प्रभाव बढी रहन गएको पाइयो । राजनीतिक दलले जनअपेक्षाअनुसार काम गर्नुपर्ने देखिन्छ |

Similar Posts

Leave a Comment