एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ २ पर्यटन प्रवर्धन

अभ्यास

१. पर्यटन उद्योग भनेको के हो ? यसको महत्व चर्चा गर्नुहोस् ।

उत्तर : तीर्थाटन, दृश्यावलोकन, पर्वतारोहण, मनोरञ्जन, अध्यययन अनुसन्धान आदि विभिन्न उद्देश्य राखेर एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने कार्य पयटन हो भने पर्यटकलाई विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटक पथप्रदर्शक, आवास र खानपिनको लागि होटल तथा होमस्टेको व्यवस्था, यातायातको प्रबन्ध, दृश्यावलोकन गराउने, पदयात्रा आदि क्रियाकलाप पर्यटन उद्योगअन्तर्गत पर्दछन्ने पालमा पर्यटन उद्योगको महत्व दिनदिनै बढिरहेको छ । यो राष्ट्र विकासको महत्वपूर्ण आधार पनि हो । कुल ग्राहस्थ उत्पादनमा करिब दश प्रतिशत योगदान पर्यटन उद्योगको रहेको छ । पर्यटन उद्योगबाट देशलाई आर्थिक समृद्धिको बाटोमा डोयाउन सकिन्छ । पर्यटन उद्योगको महत्वलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :-

(क) रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन

(ख) देशको आम्दानीमा वृद्धि

(ग) घरेलु तथा साना उद्योगको विकास

(घ) व्यापार तथा कला संस्कृतिको प्रवर्धन

(ङ) ग्रामीण क्षेत्रमा रहेका परम्परागत उत्पादनको प्रचारप्रसार र विकास

(च) कृषिजन्य उत्पादनको व्यावसायिकरण

(छ) विश्वमा राष्ट्रको प्रचारप्रसार ।

२. नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ ? उल्लेख गर्नुहोस् ।

उत्तर : ऱ्याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल आरोहण, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट, पदयात्रा आदि जस्ता साहसिक कार्यका लागि हुने पर्यटनलाई साहसिक पर्यटन भनिन्छ । नेपाल साहसिक पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ । यहाँ पर्वतारोहण र पदयात्राका लागि विश्वकै सर्वोच्च शिखरहरू र अन्नपूर्ण लगायतका पदमार्ग रहेका छन् । पदमार्गका लागि त नेपाल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । त्यस्तै सुनकोसी, त्रिशुली, कर्णाली लगायतका नदीहरू याफ्टिङका लागि प्रख्यात मानिन्छन् । नेपाल प्याराग्लाइडिङ, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट जस्ता थुप्रै साहसिक पर्यटनको सम्भावना रहेको मुलुक हो । तसर्थ नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

३. नेपालमा पर्यटन प्रवर्धनका उपाय उल्लेख गर्नुहोस् ।

उत्तर : नेपालमा पर्यटन प्रवर्धनका लागि निम्नलिखित उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ :-

(क) पर्यटकीय स्थलको खोजी, प्रवर्धन र आवश्यक पूर्वाधारको विकास गर्नुपर्छ ।

(ख) पर्यटकको आकर्षण र सुरक्षाका लागि राजनीतिक स्थिरता र शान्तिको वातावरण कायम हुनुपर्छ ।

(ग) पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्छ ।

(घ) प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र संवर्धनमा विशेष ध्यान दिनुपर्छ ।

(ङ) पर्यटन उद्योगको विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ ।

(च) पर्यटकको आगमन प्रक्रियालाई सरल र सुलभ बनाउनुपर्छ ।

४. तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरू चालिनुपर्छ ? बुँदागत रूपमा टिपोट गर्नुहोस् ।

उत्तर : नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न निम्न कदम चालिनुपर्छ :-

(क) पर्यटकीय स्थलको व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्छ ।

(ख) मौलिक कला संस्कृतिको संरक्षण, संवर्धन गर्नुपर्छ ।

(ग) पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा र सुरक्षाको सुनिश्चिता गर्नुपर्छ ।

(घ) साहसिक पर्यटन, प्राकृतिक स्थलहरू, धार्मिक स्थलहरू र ऐतिहासिक स्थलहरूमा आवश्यक पर्ने पूर्वाधारको विकास गरी प्रचारप्रसा गर्नुपर्दछ ।

(ङ) बाह्य पर्यटक आगमनका लागि भिसा प्रक्रिया सरल बनाउनुपर्छ र आन्तरिक पर्यटन अभिवृद्धिका लागि कर्मचारीलाई पर्यटन भत्ताको व्यवस्था गर्नुपर्छ ।

५. पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

उत्तर : पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक प्रभाव :-

पर्यटकका राम्रा कुराको सिको गर्न सकिने, सामाजिक विकृति र विसङ्गति क्रमशः न्यूनीकरण हुने, रोजगारीका सम्भावना बढ्ने, आर्थिक क्षेत्र चलायमान हुने र राष्ट्रिय आयमा वृद्धि हुने, मौलिक कला, संस्कृतिको संरक्षण हुने पर्यटकको आगमनले पार्न सक्ने नकारात्मक प्रभाव :-

पर्यटकका गतिविधि नियन्त्रण गर्न नसकिए विभिन्न विकृति भित्रन सक्ने, फोहोरहरूको व्यवस्थापन कठिन हुन सक्ने, लागु औषध दुर्व्यसन मौलाउन सक्ने

Similar Posts

Leave a Comment