एकाइ-६ हाम्रो पृथ्वी

पाठ १ : हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

अभ्यास

१. हावापानी भनेको के हो ?
उत्तर : कुनै स्थान विशेषको लामो अवधिको मौसमी वा वायुमण्डलको औसत अवस्थालाई हावापानी भनिन्छ ।

२. तराईमा उत्तरी मोहडा र पहाडमा दक्षिणी मोहडा भएको घरलाई भौगोलिक हिसाबले उपयुक्त मानिन्छ । किन ? कारण दिनुहोस् ।
उत्तर : तराईमा अत्यधिक गर्मी हुने भएकाले पूर्व वा दक्षिण फर्काइएको घरमा बढी गर्मी हुने भएकाले उत्तर मोहडा भएको घर र पहाडमा चिसो मौसम हुने भएकाले चाँडै घाम लागोस् भनेर पूर्व वा दक्षिण मोहडा भएको घर बनाउनु भौगोलिक हिसाबले उपयुक्त मानिन्छ ।

३. कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किन ? कारण दिनुहोस् ।
उत्तर : कैलालीको धनगढी र गोरखा जिल्लामा अवस्थित सामागाउँ बस्ती लगभग एउटै अक्षांशमा पर्दछन् तर धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ । किनभने हावापानीलाई अक्षांशका साथै उचाइले पनि प्रभाव पार्दछ। लगभग प्रत्येक १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । कैलालीको धनगढी निकै होचो भूभाग हो भने सामागाउँ निकै अग्लो भूभागमा पर्दछ । तसर्थ धनगढीमा अत्यन्तै गर्मी र सामागाउँमा अत्यन्तै जाडो हुन्छ ।

४. कालोमाटो भएको क्षेत्रमा हावापानी न्यानो हुनाको कारण के होला ?
उत्तर : कालोमाटो भएको क्षेत्रमा माटाले ताप सोस्दछ । यसको कारणले गर्दा यस्ता क्षेत्रको हावापानी न्यानो |

५. छिमेकी देश भारतको मुम्बईमा वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्लीमा तापक्रमको भिन्नता बढी हुन्छ, किन होला ?
उत्तर : सामुद्रिक क्षेत्रको प्रभावले समुद्र वरपरको भागमा सुरम्य हावापानी हुन्छ भने जमिनको भित्री भागमा सामुद्रिक प्रभाव नपर्ने हुनाले शुष्क हुन्छ । जमिन र पानीको क्षेत्रमा हावापानीको अवस्था फरक हुन्छ । मुम्बई समुद्र छेउँमा भएकाले वर्षैभरि तापक्रममा भिन्नता हुँदैन तर दिल्ली समुद्रबाट टाढा भएकाले तापक्रम विषम हुन्छ ।

६. विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरूको सूची तयार गरी कुनै दुईको वर्णन गर्नुहोस् ।

उत्तर : विश्वको हावापानीलाई प्रभाव पार्ने तत्त्वहरू निम्न छन् :-
(क) अक्षांश
(ख) उचाइ
(ग) जमिनको मोहडा
(च) सामुद्रिक धार
(छ) वायुको स्वभाव र दिशा
(घ) सामुद्रिक दुरी
(ज) वनस्पति र माटो
(ङ) पहाडको उपस्थिति

(क) अक्षांश :- हावापानीलाई अक्षांशीय फैलावटले प्रभाव पार्दछ । भूमध्यरेखामा सूर्यको किरण सिधा पर्छ भने यसबाट जति जति उत्तरी वा दक्षिणी ध्रुवतिर गयो त्यति नै सूर्यको किरण छड्के पर्छ । यसले गर्दा भूमध्यरेखीय क्षेत्रमा तापक्रम बढी हुन गई गर्मी र ध्रुवीय क्षेत्रमा तापक्रम कम भई जाडो हुन्छ ।

(ख) उचाइ :- भूसतहको उचाइ बढ्दै जाँदा हावाको उपस्थिति पातलो हुँदै जान्छ । अर्थात् कम उचाइमा हावाको उपस्थिति बाक्लो र बढी उचाइमा हावाको उपस्थिति पातलो हुन्छ । १६५ मिटर उचाइ बढ्दा १ डिग्री सेल्सियस तापक्रम बढ्छ । तसर्थ उचाइअनुसार हावापानी फरक हुन्छ।

Similar Posts

Leave a Comment