एकाइ – सात: हाम्रो विगत
पाठ १० स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
अभ्यास
१. ऐतिहासिक स्थल भन्नाले के बुझिन्छ ?
उत्तर : शासकहरूले वा जनताद्वारा बनाइएका प्रशासनिक भवन वा दरबार वा तत्कालीन नियम कानुन, चलन, रीतिरिवाज सम्बन्धी स्थलहरूलाई ऐतिहासिक स्थल भनिन्छ । किनभने यिनीहरूले हाम्रो विगतलाई देखाउँछन् ।
२. हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको संरक्षण किन गर्नुपर्दछ ?
उत्तर : ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको हामीले संरक्षण गर्नुपर्छ किनभने यिनीहरू विगतलाई देखाउँछन् । हामीले विगतमा के कस्तो उन्नति गरेका रहेछौ, हाम्रो कलाकौशल कस्तो रहेछ,, हाम्रो कालीगढहरूको श्रम, तत्कालीन सामाजिक तथा आर्थिक अवस्थाबारेमा जानकारी दिन्छन् । यी हाम्रा पहिचान हुन् । हाम्रा सांस्कृतिक सम्पदा हुन् । हाम्रो समाजले कतिको उन्नति प्राचीनकालमा गरेका रहेछन् भन्ने जानकारी हामी पाउँछौं । यसकारण हामीले ऐतिहासिक, धार्मिक तथा पुरातात्विक स्थलहरूको संरक्षण गर्नुपर्छ ।
३. हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व उल्लेख गर्नुहोस् ।
उत्तर : हाम्रा ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक स्थलको महत्त्व यसप्रकार रहेका छन :-
• तिनीहरूले हामीलाई हाम्रो विगतमा जोड्छन् ।
• तिनीहरूले हामीलाई हाम्रो साझा मानवताको बारेमा सिकाउँछन् ।
• तिनीहरूले सांस्कृतिक समझ र सहिष्णुता बढावा दिन्छन्।
• यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन्छ ।
• उनीहरूले रोजगारी र शैक्षिक अवसरहरू प्रदान गर्छन् ।
• तिनीहरू राष्ट्रिय गौरव र पहिचानको स्रोत हुन् ।