एकाइ – सात: हाम्रो विगत

पाठ ९ दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका

अभ्यास

अभ्यास

१. द्वितीय विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तर : द्वितीय विश्वयुद्धका परिणाम :-

(क) अपार धनजनको क्षति यस युद्धमा करिब २ करोड २० लाख मानिस मारिएको र ११ सय खरब डलर रकम खर्च भ अनुमान गरिएको छ ।

(ख) विश्व दुई ध्रुवमा विभाजित र शीतयुद्धको सुरुआत : यस युद्धपछि रुस र अमेरिका शक्तिशाली भए । यी दुई राष्ट्रब वैचारिक र राजनीतिक मतभेदसमेत बढ्न गयो । सैन्य युद्ध नभए पनि दुई राष्ट्रबिचको सम्बन्ध चिसो भयो ।

(ग) आर्थिक पुनः निर्माणका नाममा विभिन्न प्रतिस्पर्धी संस्थाको स्थापना : अमेरिकाको नेतृत्वमा नाटोको स्थापना भयो रुसले पनि वार्सा सन्धि सङ्गठन स्थापना गर्यो । त्यस्तै रुसले मोलोटोभ प्लान बनायो भने अमेरिकाको मार्सल प्लान सुरु भयो ।

(घ) उपनिवेशवादको अन्त्य र विश्वभरि प्रजातान्त्रिक लहर : दोस्रो विश्वयुद्धपछि विश्वभरि नै उपनिवेशवादको अन्त्य भयो र प्रजातान्त्रिक आन्दोलनको लहर चल्यो ।

(ङ) संयुक्त राष्ट्रसङ्घको स्थापना : लन्डन घोषणापत्र र एटलान्टिक चार्टर जस्ता सम्झौताको जगमा टेकेर घोषणापत्र तयार पारी सन् १९४५ अक्टोबर २४ मा विधिवत् रूपमा संयुक्त राष्ट्रसङ्घको स्थापना भयो ।

२. एटलान्टिक चार्टर भनेको के हो ?

उत्तर : लन्डन घोषणापत्र जारी भएको तीन महिनापछि सन् १९४१ अगस्ट १४ मा विश्वशान्तिका लागि अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन रुजवेल्ट र बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले आन्ध्र महासागरमा युद्धपोतभित्र रहेर एउटा घोषणापत्र तयार पारे । यसलाई एटलान्टिक चार्टर भनिन्छ ।

३. पर्लहार्वर घटना जापानका लागि किन घातक हुन पुग्यो ?

उत्तर : दोस्रो विश्वयुद्धमा अमेरिका तटस्थ बसेको थियो । यसरी युद्धमा तटस्थ रहेको अमेरिकाको पर्ल हार्वरमा रहेको अमेरिकी सेना र पानी जहाजमाथि जापानले बम हानी सन् १९४९ अप्रिल ७ मा ध्वस्त बनायो । त्यसपछि अमेरिकाद्वारा जापान, जर्मनी र इटालीका विरुद्ध युद्धको घोषण गरी युद्ध प्रारम्भ भयो सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमा सहर र नागासाकी सहरमा एटम बम प्रहार गर्यो । त्यसपछि न आत्मसमर्पण गर्न बाध्य भयो । तसर्थ हा घटना जापानका लागि घातक हुन पुग्यो ।

४. दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारण के के हुन् ? लेख्नुहोस् ।

उत्तर : दोस्रो विश्वयुद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नुपर्नाका कारण निम्न छन् :-

(क) जापानका कारण युद्धमा तटस्थ रहेको अमेरिकाले पनि युद्धको घोषणा गर्नु

(ख) इटालीले युद्धमा हार मानी आत्मसमर्पण गर्नु

(घ) इटालीका शासक मुसोलिनीको हत्या हुनु ।

(ग) जर्मनीको कब्जामा रहेको पेरिस मित्र राष्ट्रका संयुक्त फौजद्वारा मुक्त गर्नु र जर्मनीको भयानक क्षति हुनु

५. नेपालका राणा शासक ब्रिटिश सरकारप्रति बफादार हुनाका कारण के के हुन् ? स्पष्ट पार्नुहोस् ।

उत्तर : नेपालका राणा शासक ब्रिटिश सरकारप्रति बफादार थिए । सुगौली सन्धिपछि नेपाल ब्रिटिश सरकारबिचको सम्बन्ध निकै राम्रो थियो । ब्रिटिशहरूले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सुरु गरेका थिए । त्यसबेला विश्वभरि नै अङ्ग्रेजहरूको उपनिवेश रहेको थियो । उनीहरू शक्तिशाली थिए । त्यसैले ब्रिटिश सरकारसँग बफादार भएमा नेपालमा आफ्नो सत्ता टिकाउन सजिलो हुन्छ भन्ने राणाहरूको बुझाइ रहेको थियो । उनीहरूप्रति बफादार बनेर राणाहरूले धेरै फाइदा पनि लिएका थिए ।

Similar Posts

Leave a Comment