एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ९ आवधिक योजना

अभ्यास

अभ्यास

१. आर्थिक योजनाको परिचय दिनुहोस् ।

उत्तर : आर्थिक योजना मूलतः आर्थिक गतिविधिसँग सम्बन्धित हुन्छ । यसलाई सरकारद्वारा आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त गर्न तयार पारिएको योजनाबद्ध आर्थिक क्रियाकलापका रूपमा लिइन्छ । यसप्रकार देशमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखेर प्राथमिकता क्रमका आधारमा खर्च छुट्याएर देशको आर्थिक विकासका लागि बनाइने योजनालाई आर्थिक योजना भनिन्छ । यस्तो योजना निश्चित समयावधिका ला बनाइने भएकाले आवधिक योजना पनि भन्ने गरिन्छ ।

२. चालु योजनाका लक्ष्य तथा उद्देश्य लेख्नुहोस्

उत्तर : चालु योजनाको लक्ष्य :- समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने आधार योजनाका रूपमा रहने छ । सोबर्मोजिम समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवाद उन्मुख लोककल्याणकारी राज्यका रूपमा रूपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार निर्माण गर्ने । चालु योजनाका उद्देश्य :-

(क) सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्ने

(ख) गुणस्तरीय स्वास्थ्य तथा शिक्षा, स्वस्थ तथा सन्तुलित वातावरण, सामाजिक न्याय र जवाफदेही सार्वजनिक सेवा कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई परिष्कृत र मर्यादित वनयापनको अनुभूति गराउनु

(ग) सामाजिक, आर्थिक रूपान्तरण तथा स्वाधिन राष्ट्रिय अथतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु ।

३. चालु योजनाका मुख्य मुख्य कार्यक्रमको सूची बनाउनुहोस् ।

उत्तर : चालु योजनाका मुख्य मुख्य कार्यक्रम निम्नानुसार छन् :-

(क) आर्थिक क्षेत्र

(ख) सामाजिक क्षेत्र

(ग) पूर्वाधार क्षेत्र

(घ) लोकतन्त्र र सुशासन

(ङ) अन्तरसम्बन्धित विषय क्षेत्र

Similar Posts

Leave a Comment