एकाइ-६ हाम्रो पृथ्वी

पाठ ९ अफ्रिका महादेश

अभ्यास

१. ‘भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ । यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् ।

उत्तर : अफ्रिका महादेशलाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ । यो क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो । यसको चारैतिरबाट महासागरले घेरेको छ | भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा यो महादेशको अधिकांश क्षेत्रको हावापानी विषम छ यहाँ सात प्रकारको हावापानी पाइन्छ । भूमध्यरेखीय भूभाग तथा कङ्गो बेसीमा उष्ण तथा ओसिलों हावापानी पाइन्छ भने सहारा मरुभूमि रहेको उत्तरतर्फको हावापानी अत्यन्त गर्मी र शुष्क छ । दक्षिण पूर्वी भागमा उष्ण मौसमी हावापानी रहेको छ भने दक्षिण अफ्रिकी उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हन्छ । त्यस्तै पश्चिमोत्तर क्षेत्र र दक्षिण पश्चिम क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ भने दक्षिण पूर्वका टापू क्षेत्रमा मौसमी हावापानी पाइन्छ|

२. सभाना क्षेत्रलाई संसारको चिडियाखाना किन भनिन्छ ? कारणहरू दिनुहोस् ।

उत्तर : हावापानीको विविधताले गर्दा अफ्रिका महादेशमा वनस्पतिमा पनि विविधता पाइन्छ । यस महादेशको भित्री मध्य भागमा कम वर्षा हनाले विशाल रूपमा फैलिएका घाँसे मैदान छ । यसलाई सभाना भनिन्छ । यहाँ जेब्रा, जिराफ, हात्ती, जलगैंडा, अस्ट्रिच, इम् जस्ता विभिन्न जीवजन्तु पाइन्छ संसारमा पाइने अधिकांश प्रकारका जीवजन्तुहरू यहाँ प्रशस्त मात्रामा पाइने हनाले यस क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ ।

३. ‘अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो ।’ यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

उत्तर : अफ्रिका महादेशमा आठ सयभन्दा बढी जातजातिका मानिसको बसोबास रहेको छ र यहाँ दुई हजारभन्दा बढी भाषा बोलिन्छ । यो महादेश विविधता स्थल हो । मिश्र, गिजाको पिरामिड, नाइल नदीको सभ्यता यहाँका प्राचीन सभ्यता हन् । सभाना संसारकै चिडियाखानाका रूपमा प्रसिद्ध छ सभाना र भेल्ड जस्ता विशाल घाँसे मैदान र सयौं प्रजातिका वन्यजन्तुको वासस्थान, इजिप्टको पिरामिड र भिक्टोरिया भरना यहाँका पर्यटन आकर्षण गर्न सम्पदा हन् । त्यसैले अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो |

४. अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।

उत्तर : अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी निम्न छन् :-

(क) भूमध्यरेखीय भूभाग र कङ्गो बेसीम उष्ण तथा ओसिलो हावापानी पाइने

(ख) उत्तरतर्फ सहारा मरुभूमि रहेको क्षेत्रमा अत्यन्त गर्मी र शुष्क हावापानी पाइने

(ग) दक्षिण उच्चसमस्थलीय क्षेत्रमा ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हावापानी पाइने

(घ) पश्चिमोत्तर क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइने

(ङ) दक्षिण पूर्वका टाप क्षेत्रमा मौसमी हावापानी पाइने

५. नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिच तुलना गर्नुहोस् ।

उत्तर : नेपालको लेकाली घाँसे क्षेत्र ११०० फिटदेखि १६०० फिटसम्मको उचाइमा लेकाली हावापानीको क्षेत्रमा पाइन्छ । आठ नौ महिनासम्म हिउँ रहनु, वर्षा हिमपातका रूपमा रहनु यहाँको विशेषता हो । कृषि कार्य नभए पनि मुख्य पेसाका रूपमा पशुपालन रहेको छ । यहाँ उपत्यका क्षेत्रमा ठूला घाँसे मैदान रहेका छन् । ग्रीष्ममा यहाँ गोठ राख्ने गरिन्छ । भेल्ड अफ्रिकाको खुला क्षेत्र हो । घाँस र साना साना झाडीले ढाकेको मैदानी क्षेत्रलाई अफ्रिकामा भेल्ड भनिन्छ ।

३. नेपाल भूकम्पीय जोखिमको क्षेत्र हुनुका कारण प्रस्तुत गर्नुहोस् ।

उत्तर : नेपाल हिमालय पहाडको काखमा रहेको क्षेत्र हो । नेपालको भूखण्डमुनि दक्षिणतर्फको इन्डियन प्लेट निरन्तर रूपमा उत्तरतर्फ रहेको तिब्बत प्लेटको दक्षिणी भागमा प्रतिवर्ष २ से.मि. का दरले घुसिरहेको पाइएको छ । यसरी चट्टान वा प्लेटहरूको घुस्ने वा जुध्ने क्रममा केही अवरुद्ध हँदा नेपालमा भूकम्प जान्छ । यसरी भूकम्प जाने क्रमसँगै हिमालय पर्वत शृङ्खला अग्लो हुँदै गइहेको अनुसन्धानले बताएको छ । २५०० कि.मि. लामो हिमालय शृङ्खलामध्ये मध्य भागको ८०० कि.मि. खण्ड नेपालमा पर्छ । तसर्थ नेपाल भूकम्पीय जोखिमको क्षेत्र हनुको कारण हो ।

४. भूकम्पको उद्गम बिन्दु र केन्द्रबिन्दुबिच फरक छुट्याउनुहोस् ।
उत्तर : पृथ्वीको सतहभन्दा ठिकमुनि भूकम्पको उत्त्पत्ति हने भागलाई उद्गमबिन्द् भनिन्छ भने उद्गमबिन्दुभन्दा ठिकमाथि पृथ्वीको सतह जहाँ हलचलको पहिलो झड्का महसूस हुन्छ, त्यस भागलाई केन्द्रबिन्दु भनिन्छ ।

५. भूकम्प कसरी मापन गरिन्छ ? तरिका उल्लेख गर्नुहोस् ।
उत्तर : भूकम्प मापन गर्ने यन्त्र सिस्मोग्राफ वा सिस्मोमिटरमा स्केल जडित ग्राफ रहेको हन्छ । यसको तल्लो भाग अर्थात् आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल झुन्ड्याइएको हन्छ । भूकम्पले जमिन हल्लाउँदा सिस्मोग्राफको आधार पनि हल्लिन पुग्छ र त्यहाँ रहेको स्प्रिङले भूकम्पको मापन गर्दछ यसबाट भूकम्पको वेग, उद्गमबिन्दु र केन्द्रबिन्दु पत्ता लगाउन सकिन्छ ।

Similar Posts

Leave a Comment