एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ८ राजस्व

अभ्यास

अभ्यास

१. राजस्व भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस् ।

उत्तर : राज्यले विभिन्न स्रोतबाट आम्दानी गर्छ । यसरी प्राप्त हुने आम्दानीलाई राजस्व भनिन्छ । यसलाई सार्वजनिक आय पनि भनिन्छ । कर राजस्व र गैरकर राजस्वबिच निम्न लिखित फरक छ :-

कर राजस्वगैरकर राजस्व
क) यो कानुनबमोजिम नागरिकले राज्यलाई भुक्तानी गर्नुपर्ने अनिवार्य रकम हो ।क) यो कानुनले तोकेका बाहेकका अन्य स्रोतबाट | प्राप्त हुने सरकारको आम्दानी गैरकर राजस्व हो ।
(ख) आयकर, सवारी कर, भूमि कर, मूल्य | अभिवृद्धि कर आदि यसका उदाहरण हुन् ।ख) उपहार, अनुदान, शुल्क, दण्ड तथा जरिवाना, | सार्वजनिक सम्पत्ती आदि यसका उदाहरण हुन् ।

२. प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरूको सूची बनाउनुहोस् ।

उत्तर : प्रत्यक्ष कर र अप्रत्यक्ष करका फाइदाहरू निम्न छन् :-

(क) राज्यको नियमित आम्दानीको स्रोतका रूपमा रहेका हुन्छन् ।

(ख) राज्यले करबाट प्राप्त रकम सार्वजनिक हित र लोककल्याणकारी कार्यका लागि खर्च गर्छ ।

(ग) प्रत्यक्ष कर प्रगतिशील हुन्छ भने अप्रत्यक्ष करको दायरा फराकिलो हुने भएकाले कर छली गर्न सकिँदैन ।

(घ) मुलुकलाई आत्मनिर्भर बनाउन मदत गर्छ ।

(ङ) धनीलाई कर र गरिबलाई राहतको नीतिबाट सामाजिक न्याय कायम गर्न सकिन्छ ।

(च) अति आवश्यक वस्तु तथा सेवाको उत्पादनलाई प्रोत्साहन गर्न मदत पुग्छ ।

३. “कर तिर्नु नागरिकको मुख्य दायित्व हो ।” यस भनाइलाई उदाहरणसहित व्याख्या गर्नुहोस् ।

उत्तर : मुलुकको आर्थिक विकासमा लागि करको महत्व र आवश्यकता रहेको छ । अधिकतम कर परिचालनबाट मात्र मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ । राज्यले नागरिकबाट कर लिएन भने नागरिकलाई सेवा सुविधा प्रदान गर्न सक्दैन । त्यस्तै विकासका पूर्वाधारको पनि निर्माण गर्न सक्दैन । कर प्रणाली प्रभावकारी भएको देश सक्षम अर्थतन्त्र भएको देश मानिन्छ । राज्यलाई सक्षम र आत्मनिर्भर बनाउने काम प्रत्येक नागरिकको हो । राज्य जनताका लागि र जनता राज्यका लागि भन्ने कुरा सबैले बोध गर्नु आवश्यक छ । त्यस्तै हामीले तिरेको कर हाम्रै समृद्धिका लागि हो भन्ने सबैले सोच्नु आवश्यक छ । तसर्थ कर तिर्नु नागरिकको मुख्य दायित्व हो ।

४. मूल्य अभिवृद्धि करको परिचय दिनुहोस् ।

उत्तर : वस्तु तथा सेवाको उत्पादन तथा वितरणको विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ । यो कर वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने अप्रत्यक्ष कर हो । नेपालमा वि.सं. २०५४ बाट सुरु भएको मूल्य अभिवृद्धि कर हाल १३ प्रतिशत कायम गरिएको छ ।

५. भन्सार महसुल भनेको के हो ? नेपालको सन्दर्भमा यसको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : विदेशबाट आयात गरिने मालवस्तु र विदेशमा निर्यात गरिने वस्तुहरू वा आयात निर्यात गर्दा भन्सार बिन्दुमा कानुनबमोजिम लिइने करलाई भन्सार महसुल भनिन्छ । भन्सार महसुललाई राजस्वको महत्वपूर्ण स्रोत मानिन्छ । त्यसैले प्रत्येक देशहरूले आफ्ना सीमावर्ती क्षेत्रमा भन्सारका प्रशासनिक एकाइहरू स्थापना गरेका हुन्छन् । नेपालले पनि मुख्य नाकाहरूमा मुख्य भन्सार र अन्य स्थानमा छोटी भन्सार स्थापना गरेको छ । उक्त भन्सा कार्यालयबाट आयात तथा निर्यात गरिने वस्तुहरूमा कानुनबमोजिम कर लगाई सङ्कलन गरिन्छ । भन्सा विभागका अनुसार नेपालको राजस्व स्रोतमध्ये आधा भन्सारले समेट्छ । भन्सार महसुल, मूल्य अभिवृद्धि कर, शूल्क, भन्सार दस्तुर र भन्सारको अन्य आय यसमा समेटिएको हुन्छ । आर्थिक वर्ष ०७७, ७८ मा कुल राजस्वमा ४५ प्रतिशत र कर राजस्वमा ४८ प्रतिशत भन्सारको हिस्सा छ । तसर्थ अन्तःशूल्क, कृषि सुधार नेपालको सन्दर्भमा भन्सार महसुलको महत्व रहेको छ ।

Similar Posts

Leave a Comment