एकाई: ११

पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

(क). मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्।

उत्तरः
स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ । मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिक सदुपयोग T गर्न जरुरी हुन्छ । हाम्रा असीमित आवश्यकता सीमित धनले एकै पटकमा पूरा गर्न सम्भव हुँदैन । यसका लागि हामीले आवश्यकताको प्राथमिकीकरण गर्नुपर्छ । प्राथमिकीकरण गर्दा छिटो पूरा गर्नुपर्ने महत्त्वपूर्ण आवश्यकतालाई पहिलो प्राथमिकतामा राखिन्छ र उक्त आवश्यकतालाई पूरा गरिन्छ । सीमित धनलाई अधिक सदुपयोग गर्ने, अनावश्यक खर्च नगर्ने, सञ्चय वा बचत गर्ने जस्ता बानीको विकासले मितव्ययी जीवनशैली अपनाउन सहजता प्रदान गर्छ ।
मितव्ययी हुनु एउटा जीवन जिउने कला पनि हो। यस्तो कला जानेको व्यक्तिले उसको नजरमा परेका हरेक वस्तुको अर्थपूर्ण उपयोग गर्ने सोच बनाउन सक्छ उसले आज गरिएको खर्च, भोलिका लागि लगानी बनाउन सक्छ। महत्त्वका वस्तु तथा अन्य आवश्यकतालाई समयमै चिन्न सक्छ र तुलनात्मक रूपमा दिगो र बहुआयामिक फाइदा हुने कुरामा ध्यान पुर्याउन सक्छ । यस्ता व्यक्तिबाट समाज र राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा पनि सहयोग पुग्ने गर्दछ ।

(ख). तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।

उत्तरः
मितव्ययी जीवनशैली आफैमा एक जीवन उपयोगी सीप हो। यो जीवन उपयोगी शिक्षा पनि हो। मित्यव्ययी जीवनशैली सहज र सरल जीवनयापनको तरिका हो। आधार पनि हो । यसले तडक भडक एवम् देखासिकीको लागि अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहि गर्दछ। आफ्नो हैसियत, क्षमता र आम्दानीको सापेक्षतामा जीवन जिउने अभ्यास गर्न उत्साहित गर्छ।

मैले मितव्ययितालाई व्यवहारमा यी प्रकारले अवलम्बन गर्दै आएको छुः
• बुद्धि र विवेकको प्रयोगमा,
• अवसर र सम्भावनाहरुको पहिचानमा,
• सामाजिक संस्कार, मूल्यमान्यता तथा चाडपर्वहरु मनाउँदा अनावश्यक गतिविधिहरु गर्नुभन्दा पनि आवश्यकीय पक्षहरुमा,
• अर्कोतिर आरामदायी आवश्यकताहरु पूरा गर्न हामीले विलासी जीवनशैली अपनाउनुभन्दा पनि जीवन सहज र सरल बनाउन आवश्यक न्यूनतम कुराहरुमा,
• आवश्यकतालाई सम्बोधन गर्न सक्ने र आर्थिक रुपमा किफायती हुने सामग्रीहरुमा,
• अनिवार्य / आधारभूत आवश्यकता, आरामदायी आवश्यकता तथा विलासिताको आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा,
• आफ्नो क्षमता, हैसियत र आवश्यकताबीच सन्तुलन कायम गर्दै आर्थिक

Similar Posts

One Comment

Leave a Comment