एकाई: ११

पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक

१. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?

उत्तरः
फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ । फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। फुर्सद समय व्यवस्थापनको एक अङ्ग हो । खेलकुद, मनोरञ्जन, आराम र निद्रा जस्ता काममा फुर्सदको समयको उपयोग गर्न सकिन्छ ।

खेलकुद फुर्सदको समयलाई व्यवस्थापन गर्ने महत्त्वपूर्ण तरिका हो । खेलकुदबाट दिमागी विकासका साथसाथै धैर्य गर्न सक्ने सङ्कल्पित हुने तथा खेलमा उदारता दर्साउने जस्ता सिपहरूको पनि विकास हुने गर्दछ। शारीरिक खेलकुदद्वारा शरीरमा सन्तुलन, तागत, शारीरिक समन्वयता तथा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता बढाउन मदत गर्दछ । त्यस्तै गरी मानसिक खेलद्वारा काम गर्ने गति, योजना बनाउने क्षमता, प्रतिक्रिया दिने समय, निर्णय गर्ने क्षमता र स्मरण शक्तिको विकास हुने गर्दछ  । खेलकुदबाट निम्नानुसारका फाइदा लिन सकिन्छ ।

२. मनोरञ्जन उपायहरू के के हुन्, , यसबाट हुने फाइदा लेख्नुहोस् ।

उत्तरः
मनोरञ्जनात्मक क्रियाकलापबाट फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ ।मनोरञ्जनको साझा सरोकार रमाइलो, खुसी र हाँसोसँग छ । यो अनुभुतिसँग सम्बन्धित रहन्छ ।
विभिन्न समारोह, धार्मिक सत्सङ्ग, भजनकीर्तन, पत्रपत्रिका अध्ययन, हास्यव्यङ्ग्य सङ्गीत,खेलकुद, नाटक, गायन, नृत्य आदि सिर्जनशील काममा सहभागी मनोरञ्जन प्राप्त गर्न सकिन्छ। हिजोआज मनोरञ्जनका लागि सूचना प्रविधिमा आधारित screen based) सामग्रीमा बढी समय बिताएको देखिन्छ । यसले परिवार, साथीभाइ र समाजसंगको सम्बन्धमा बाधा पुगेको र सामाजीकरणमा समेत समस्या परेको छ । जसले विद्यार्थीको सिकाइमा समेत असर पर्ने देखिन्छ । त्यस्ता सामग्रीको कम प्रयोग गरी साथी समूह, परिवार तथा नातेदारसंग गरिने मनोरञ्जनलाई बढी जोड दिनुपर्दछ ।

मनोरञ्जनका फाइदाहरु निम्नानुसारका छन्:
• जवान रहन सहयोग गर्दछ,
• दिमागलाई चुस्त बनाउँछ,
• सृजनशीलता बढाउन सक्छ,
• उत्पादकत्व बढाउँछ
• व्यक्तिगत विकास पनि प्रवर्द्धन गर्न सक्छ,
• अनावश्यक कुरामा ध्यान जानबाट रोक्दछ,
• तनाव हटाउन सहयोग गर्दछ।

३. ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर:
कहिलेकाँही हामी यसलाई महत्त्व दिदैनौं, तर राम्रो निद्रा र राम्रो आराम यसले हामीलाई अर्को दिन राम्रो र समस्याहरूको सामना गर्न पर्याप्त र आवश्यक उर्जा दिन्छ । ससाना कार्यलाई उपेक्षा गर्नाले जीवन नै अस्तव्यस्त बन्छ । खानु, पिउनु, सुत्नु र आराम आदि निकै साना र स्वतः सम्पन्न हुने कार्य हुन् तर स्वस्थ रहनका लागि यी कार्यहरू नियमपूर्वक ठीक ढङ्गले गर्नुपर्छ। के हामी ठीक समयमा खाने, सुत्ने र उठ्ने गर्छौ ? यदि यी तीन कुराहरुलाई उचित समयमा व्यवस्थापन गर्न सकिएमा स्वास्थ्यमा सुधार हुन्छ । समयमा खाना नखानाले, समयमा नसुत्नाले समयमा आफ्ना नित्य कार्य सम्पन्न नगर्ने, पर्याप्त आराम नगर्नेले शारीरिक शक्तिमा ह्रास आई बिरामी परिन्छ ।
आराम मानिसको जीवनको अपरिहार्य क्षण हो। आरामबिना मानवजीवन सम्भव छैन प्रकृतिले हरेक जीवलाई आरामको समय निर्धारण गरेको हुन्छ । सामान्य अवस्थामा मानिसले रातीको समयमा आराम गर्दछ तर काम र तनावको प्रकृतिको अवस्थाअनुसार दिवा समयमा पनि मानिसलाई आरामको जरुरत पर्दछ आरामले कार्य दक्षता र सिर्जनात्मक शक्ति बढाउन सहयोग गर्छ। आरामले मानिसलाई पुनर्ताजगी बनाउँछ र थप ऊर्जा प्रदान गर्छ । लामो समयसम्म एकोहोरो काम गर्दा बढी थकान हुने हुँदा बिचविचमा आराम गर्दा काममा थप ऊर्जा प्राप्त हुन्छ ।
निद्राले हाम्रा दिमागी कोषिकाहरूको मर्मत गर्न र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ । हाम्रो दैनिक जीवनका कामकाजलाई सफल र गुणस्तरीय बनाउन निद्रा र आरामले मदत गर्दछ । मानिसले कति समय सुत्ने र आराम गर्ने भन्ने कुरा उसको शारीरिक अवस्था, उमेर र उसको दैनिकी जस्ता कुराहरूमा भर पर्दछ। सुत्दा तनावविहीन भई गहिरो निद्रा सुत्नु स्वास्थ्यका लागि लाभकर मानिन्छ । सामान्यतया वयस्क व्यक्तिका लागि ५ देखि ७ घण्टासम्मको सुताइ राम्रो मानिन्छ । बेलुका चाडै सुत्ने बिहान चाडै उठ्ने वानी राम्रो मानिन्छ ।

४. कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?

उत्तरः
सामान्य मानिसले २४ घन्टामा ७ देखि ८ घन्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने, निर्णय क्षमतामा ह्रास, खाना नरुच्ने, दिसा कब्जियत हुने जस्ता सामान्य समस्या देखिन्छन् ।
लामो समयसम्म निद्राको समस्या रहिरहेमा उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, डिप्रेसनलगायत दीर्घकालीन रोगहरुले आक्रमण गर्छन् । तसर्थ समयमा नै सचेत भई स्वस्थ जीवनशैली अपनाउनु बुद्धिमानी हुन्छ। आवश्यक परेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको परामर्शमा उपचार गराउनुपर्छ ।

कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्ने उपायहरू यसप्रकार रहेका छन्ः
• उल्लेखित कारणहरु केलाएर आफ्नो निद्राको समस्या किन भइरहेको छ पत्ता लगाउने,
• सकेसम्म ती कारणहरुबाट बच्ने अर्थात् आफ्नो जीवनशैली परिवर्तन गर्ने,
• रातिको खानापछि केही समय टहल्ने, हिँड्ने,
• राति सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गर्ने,
• टाउकोमा, कानको वरिपरि तेलले मालिस गर्ने,
• सकेसम्म रातको १० बजे सम्ममा सुत्ने कोशिस गर्ने,
• सुत्नुअघि मोबाइल, कम्प्युटरको प्रयोग नगर्ने,
• सकारात्मक सोचको विकास गर्ने,
• सुत्नुअघि सुन्दर दिनको लागि आभार प्रकट गर्ने,
• दिनभरि आफूले गरेका राम्रा कामहरु सम्झने ।

Similar Posts

Leave a Comment