एकाइ-चार

पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप

१. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ?

उत्तर : सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ ।

२. सामाजिक समस्याबाट बच्नका लागि उपायहरू बुझाइ दिनुहोस्।

उत्तर : सामाजिक समस्याबाट बच्ने उपायहरू निम्न छन् :-
(क) समस्याको प्रकृति, सिर्जित अवस्थाका आधारमा समस्या समाधानका विभिन्न विकल्पमध्ये सही विकल्प छानीकार्यान्वयन गर्ने
(ख) कुलतमा लागेका साथीको सङ्गत नगर्ने
(ग) राम्रा र सिर्जनशील कार्यहरूमा आफूलाई लागि व्यस्त राख्ने।
(घ) भविष्य निर्माणमा प्रतिबद्ध हुने
(ड) अभिभावक वा परिवारका सदस्यसँग सुमधुर सम्बन्ध स्थापित गर्ने ।

३. तपाईंको वरपरका प्रमुख सामाजिक समस्याको सूची तयार गर्नुहोस् ।

उत्तर: मेरो वरपरका प्रमुख सामाजिक समस्याहरू :-
(क) घरेलू हिंसा
(ख) धूमपान तथा मद्यपान
(ग) फजुल खर्च र देखासिकी
(घ) बालविवाह
(घ) दुर्व्यसन
(ड) भ्रष्टाचार

४. बालविवाह रोक्नका लागि तपाईंले के के प्रयास गर्न सक्नुहुन्छ?

उत्तर : बालविवाह रोक्न मैले निम्न प्रयत्न गर्न सक्छु :-
(क) चेतना जगाउने (ख) बालविवाह भइरहेको थाहा पाए प्रहरीमा जानकारी गराउने (ग) बालक्लबका माध्यमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने

५. कुलतबाट बच्ने उपायहरू लेख्नुहोस् ।

उत्तर : कुलतबाट बच्ने उपायहरू :-
(क) साथीको प्रस्तावलाई इन्कार गर्ने
(ख) असल साथीको मात्र सङ्गत गर्ने
(ग) परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर राख्ने
(घ) देखासिकीमा नलाग्ने
(ङ) सिर्जनशील कार्य गरी समय बिताउने र भविष्य निर्माणमा प्रतिबद्ध हुने ।

Similar Posts

Leave a Comment