एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पाठ ६ – समसामयिक घटना

अभ्यास

१. समसामयिक घटना भनेको के हो ?

उत्तर : समसामयिक घटना विश्वमा नै आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक प्रभाव पार्ने वर्तमान समयमा घटेका घटना हुन् । यस्ता घटना बहुपक्षीय हुन्छन् । जलवायु परिवर्तन, विपत्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदिसँग यस्ता घटना सम्बन्धित हुन्छन्

२. समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ ?

उत्तर : समसामयिक घटना बहुपक्षीय हुने तथा यस्ता घटनाहरू जलवायु परिवर्तन, विपत्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदिसँग सम्बन्धित हुने भएकाले निकै महत्त्वपूर्ण मानिन्छन् । यस्ता घटनाहरूले विश्वव्यापी रूपमा प्रभाव पार्दछन् । यस्ता घटनाका बारेमा जानकारी राख्नाले ज्ञानको क्षितिजलाई फराकिलो बनाउन सकिन्छ । विश्लेषणात्मक र समालोचनात्मक क्षमता बढाउन सकिन्छ । त्यसका सकारात्मक र नकारात्मक प्रभावका बारेमा समीक्षा गरी नकारात्मक प्रभाव न्यूनीकरणका उपाय सुझाउन र सचेत बन्न सकिन्छ । समसामयिक घटनाका बारेमा जानकारी रानाले असल नागरिकको दायित्व पनि निभाउन सकिन्छ । तसर्थ समसामयिक घटनाको जानकारीले विद्यार्थीको सोचाइ र व्यवहारलाई समयसापेक्ष बनाई सकारात्मक सोचले युक्त र विश्वबन्धुत्वको भावनाले ओतप्रोत भएको व्यक्तित्व निर्माण गर्न सकिन्छ ।

३. तपाईंको समुदायमा घटेका समसामयिक घटनासँग सम्बन्धित रही रही एक समाचारको नमुना तयार पार्नुहोस् ।

उत्तर : घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा ३ भदौ, धनुषा, अझै पनि महिला तथा बालबालिकामा हुने गरेको विभिन्न हिंसात्मक क्रियाकलापमा कमी आउन नसकेको भनी विभिन्न संस्थाहरूले गरेको अध्ययनले देखाएपछि रौतहटको चन्द्रपुर नगरपालिकाले घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ । कार्यक्रमको घोषणा गर्दै नगर प्रमुख सञ्जय काफ्लेले घरेलु हिंसाको न्यूनीकरणका लागि अबदेखि नगरपालिकाले कडा कानुनी उपचारको बाटोसमेत अवलम्बन गर्ने बताए । नगर प्रमुख काफ्लेले कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारीसमेत दिएका थिए । कार्यक्रमका अन्य वक्ताहरूले सामाजिक सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेकोमा नगर प्रमुखलाई धन्यवाद दिएका थिए । कार्यक्रममा कार्यकारी अधिकृतले नगरपालिकाले दर कार्यक्रममा नाममा सहकारीलगायतका संस्थाले गर्ने फजुल खर्ची कार्यक्रमलाई प्रतिबन्ध लगाउने तयारी भइरहेको समेत जानकारी दिए ।

४. सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम लेख्नुहोस् ।
उत्तर : सन् २०२२ को सर्वश्रेष्ठ ओस्कार अवार्ड पाउने चलचित्रको नाम कोडा हो ।

Similar Posts

Leave a Comment