एकाइ–दस

पाठ:-६ नेपालमा श्रमशक्ति, रोजगारी र उधमशीलता

१. नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस् ।

उत्तरः नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरू यसप्रकार रहेका छन्ः
• विभिन्न क्षेत्रगत नीतिहरुलाई यस नीतिसँग सामन्जस्यता कायम गरी रोजगारी सिर्जनातर्फ केन्द्रित गर्न राष्ट्रिय अर्थतन्त्रलाई प्रबर्द्धन गर्दै सबै नागरीकहरुलाई उत्पादन र प्रतिफलमूलक रोजगारीका अवसरहरू उपलब्ध गराउने,
• अनौपचारीक रोजगारलाई क्रमशः औपचारीक पद्धतिमा रुपान्तरण गर्दै रोजगारको गुणस्तरमा सुधार ल्याउने,
• श्रम बजारको आवश्यकता अनुसारको ज्ञान र सीपमा आधारित श्रम शक्ति तयार पार्न उपयुक्त अवसरहरु सिर्जना गर्ने,
• आप्रवासी तथा प्रवासी कामदारको उपयुक्त व्यवस्थापन गर्ने,
• युवालक्षित रोजगारका अवसरहरू सिर्जना गर्न प्राथमिकता दिने,
• अनुसन्धानमा आधारित आधुनिक सूचना प्रणालीको प्रयोग बढाउदै श्रम बजारलाई सबल बनाउने,
• सुमधुर औद्योगिक श्रम सम्बन्धको विकास गरी रोजगार मैत्री लगानीलाई प्रोत्साहन गर्ने।

२.यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ। यसमा कसरी सुधार ल्याउन सकिएला ?

उत्तर : नेपालमा रोजगारीको सम्भावनाहरू अथाह भएकाले प्रस्तुत अवस्थामा पकै पनि सुधार ल्याउन सकिन्छ।
प्रस्तुत नेपालको रोजगारीको अवस्थामा सुधार ल्याउन उपायहरु यसप्रकार रहेका छन्ः
• श्रम बजारको मागबमोजिम सीपमूलक श्रमशक्तिको विकास गर्ने,
• गुणस्तरीय मानव संशाधनको विकास गरी श्रमको उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन उत्पादनको क्रियाशश्रल साधनको रूपमा विकास गर्ने,
• उपलब्ध युवा श्रमशक्तिको उपयोगमार्फत कृषि क्षेत्रमा विद्यमान अनुत्पादक शक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमार्फत कृषि क्षेत्रमा स्थानान्तरण गर्न सकेमा अर्थतन्त्रको संरचनात्मक परिवर्तन ल्याउने,
• रोजगारी र श्रमको हकको कार्यान्वयन गर्ने,
• उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सिर्जना गर्ने,
• प्रमुख गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने आदि ।

३. प्रस्तुत सफलका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस् ।

मेरो सपना

सपना भनेको जीवनको लक्ष्य हो। सपना बिना जीवन अधुरो नै हुन्छ त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो जस्तो लाग्छ मलाई । हामी धेरै जनाको सपना जीवनमा सुख पाउने र सफल हुने नै हुन्छ। तर, कसरि जीवन सुखी हुन्छ र सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा भने ख्याल भने राख्दैनौ । जसले गर्दा सपनाहरु अधुरो रहन्छन । जे होस् यो सपना भन्ने कुरा उमेर, वाताबरण र संगतमा भर पर्ने कुरा रहेछ । सानो छँदा मिठो खाने र राम्रो लाउने सपना थियो तर ठूलो भएर केही बुझ्ने भएपछि यतिमै सीमित रहेनछ मेरो सपना भन्ने बुझे । एउटा सफल र उद्यमशील व्यवसाय हुने मेरो जीवनको लक्ष्य बन्न पुग्यो ।

उद्यम भनेको नितान्त नौलो सोच सहितको नौलो किसिमको व्यापार गर्नु हो । परम्परागतरूपमा चलिआएको व्यापारको अनुकरण नगरेर नयाँ किसिमको व्यापार गर्नु र ग्राहकहरूलाई त्यस किसिमको व्यापारमा आबद्ध गराउनु हो। त्यसकारण उद्यमीहरूले नयाँनयाँ किसिमका व्यापारको खोजी गर्दछन् र त्यो नयाँ व्यापारमा संलग्न हुन सामान्य नागरिकलाई प्रेरित गर्दछन्। उद्यमहरूले समाजलाई गति दिन्छन् । थप रोजगार दिन्छन् । थप आय सृजना गर्छन्।

अतः समाज रूपान्तरणको हिसाबले मैले यस पेशालाई अनुसरण गरेको हुँ। वर्तमान र भविष्यमा पनि मानिसहरूको बेरोजगारीका कारण उत्पन्न हुने समस्यालाई हल गर्ने उद्देश्यले मैले यस पेशाबाट राम्रो नतिजा दिन्छ भन्ने सोचेको छु।

४. हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।

हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ?

उद्यमशीलता (अन्ट्रप्रनरशीप) को आर्थिक वृद्धिदर बढोत्तरीमा प्रत्यक्ष सकारात्मक सम्वन्ध छ । यी दुईबीचको स्वतः सम्बन्ध दर्शाउने यो अवधारणा अर्थशास्त्रीय अध्ययनमा सम्भवतः सबभन्दा स्वभाविक स्वीकृतिको मानिन्छ । नेपालका सन्दर्भमा, हामीले सुगारटाई गरेको अन्ट्रप्रनरशीपले मुलुकको आर्थिक वृद्धिमार्फत समग्र विकासलाई सघाउन सक्यो वा सकेन ? यदि सकेको छैन भने त्यसका के कारण होलान् ? हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यो छोटो आलेखले तिनै कारण केलाउने प्रयास गर्नेछ ।

नेपाली उद्यमी व्यवसायीहरुले उपभोक्तहरु अहिलेसम्म जानकार नभएका नयाँ बस्तु वा सेवाहरु बिरलै बजारमा प्रवेश गराउन सकेका छन् । वास्तवमा नेपालको अन्ट्रप्रनरशीप लिम्पिङ एण्ड हर्डिङ’को निरन्तर शिकार भएको छ । आफ्ना खुट्टा सग्लो हुँदाहुँदै पनि अगाडिको मानिस खोच्याएर हिड्यो भने त्यसरी हिड्ने र भिड जता दौडिएको छ, बजार सम्भाव्यता अध्ययन नै नगरी त्यतै भेडाको बथानजस्तै दौडिने यो प्रवृत्ति घरेलु वा निर्यात बजार दुवैतर्फ देखियो ।

नेपालले आफ्नै अर्धदक्ष, अदक्ष वा परम्परागत शीप भएको जनशक्ति उपयोग हुनसक्ने र “ब्याकवार्ड लिङ्क’ भएका बस्तुहरुको पहिचान गर्न अझै सकेको छैन । पन्ध्र खर्ब रुपैयाको व्यापार घाटालाई सन्तुलनमा ल्याउन केही अर्ब रुपैयाँ मूल्यका हस्तकलाका सामान बेचेर सम्भव छैन । यसबाहेक, राज्यका नीति बनाउने र निजी क्षेत्रका उद्यमी व्यवसायीहरुले उल्लेख्य आकारमा व्यापार र नाफा हुनसक्ने, तुलनात्मक र प्रतिस्पर्धी दुवै लाभ भएका कुनै बस्तु पहिचान गर्न सकेका छैनन् । सम्भावित बजार अध्ययनको चासो समेत देखिएको छैन ।अन्प्रनरशीप विकासका लागि अत्यावश्यक सम्भावना, उत्पादन र बजारको ‘इकोसिष्टमको पहिचान र परिभाषा सबभन्दा पहिले अपरिहार्य भएको छ।

नेपाल परम्परागत रुपमै अन्ट्रप्रनरशीप पटक्कै नभएको मुलुक विल्कुलै होइन । खासगरी नेपालका विशिष्ट पहिचान भएका र परम्परागत शीप उपयोग भएका बस्तुहरु कै उत्पादनलाई औद्योगिक मात्रामा उत्पादन, आन्तरिक उपभोग र वाह्य बजार विस्तारमा राज्य र व्यवसायीहरु केन्द्रित हुन सकेको भए हाम्रो भएको श्रमशक्ति व्यर्थ हुने थिएन । त्यही शीपमा आधारित अन्नरशीप सबभन्दा सहज हुन्थ्यो । तर, अहिले ठीक उल्टो परिस्थिति निर्माण भएको छ । कृषि, काष्ठ, कपास, धातु, चर्म, संगीत आदि सबै परम्परागत शीप युवापुस्तालाई हस्तान्तरण गरिएको छैन । र, त्यसको सट्टा उद्यम र व्यवसाय गर्न आवश्यक आधुनिक र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक शीप दिन सिद्यो मुलुक असफल भएको छ ।

सारमा, परिभाषामा व्यवहारिक प्रष्टता मूल प्रस्थान विन्दु हो । जीविकोपार्जन सहयोग अन्प्रनरशीप होइन । राज्यका नीतिहरु हाम्रा उत्पादन सम्भाव्यताहरुलाई पहिचान गर्न र आर्थिक कुटनीतिसहितको परिचानबाट तिनलाई बजारीकरण गर्नमा केन्द्रित हुनुपर्छ । अहिले जस्तो शीप र कच्चा पदार्थ उपलब्ध छ त्यसै आधारित अन्ट्रप्रनरशीप मात्रले लाभ दिन्छ । नयाँ उत्पादन, नयाँ शीप र अरुले ओगटिसकेको बजारमा प्रतिस्पर्धाका कथा आकर्षक हुन सक्छन् ।

तर, ती नेपालका लागि उपयोगी सावित हुन सकेनन् । हुने सम्भावना पनि कम छ । नयाँ र आधुनिक विश्वस्तरीय शीपयुक्त अन्ट्रप्रनरहरु उत्पादनका लागि अर्थशास्त्रीय र व्यवस्थापकीय शिक्षाका दिने संस्थाहरुको अभावलाई सम्वोधन गर्नुपर्छ। इन्क्युवेशन सेन्टरहरुले राम्रा व्यवसायी उत्पादनको अवसर दिनुपर्छ र त्यसको सकारात्मक प्रभाव सिंगो बजार र अर्थतन्त्रभरि फैलिने र उत्पादकत्व दीगो हुने गरी व्यवसायमैत्री वातावरण राज्यले उपलब्ध गराउनु पर्छ।

५. ‘आलश्यं कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ि अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ । “ चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कथाको दृष्टान्त तयार पार्नुहोस् ।

अल्छी! “लघु कथा”

अब त ठुलो भैईस कुनै काम धन्दा गर बाबु । भबिस्यमा काम आउँछ यसरी हल्लेर केपाउँछस?छोरा,कमाउँने दिन ईनै ता हुँन । आमाले आफ्नो अल्छि छोरालाई बडो प्यार सँग सम्झाउँछिन आमाँ हेर्दै रहनुश म यो दुनियाँको सबै भन्दा धनी मन्छे बनेर देखाउँछु एकदिन ! भन्दै अल्छिले आमालाई आस्वासन दिन्छ।खै बा कहिले आउँला त्यो दिन भन्दै आमाले गहिरो स्वास लिन्छिन।उन्को बिचार मा आफु बाँच्दा बाँच्दै छोरा कतै काम लागे हुनेथ्यो भन्ने आस थियो। तर छोरा भने एक नम्बरको अल्छि थियो । यस्तै दिन बित्दै गए आफुले आर्काको काम गरेर त्यो छोरालाई पनि पालेकी थिईन। तन्नेरी छोरा कतै काम ढंगको नगर्ने उस्लाई कसैले काम मा पनि राख्दैनथे । खाली धनी बन्ने सपना देखि राख्थ्यो।

दिन बित्दै गए आमा पनि छोरा लाई एक्लै छाडेर गईन। अब उ कहिले कसैले दिए खाने न दिए भोकै बस्ने र आफुलाई कष्ट दिने बाहेक केहि गर्थ्यो भने धनी बन्ने दिब्य सपना देख्थ्यो, त्यो बाहेक अरू केहि गर्दैन थ्यो। मुख्याले आफ्ना गाई हेर्ने गोठालो राखेको थियो दिन भरी बगरमा बसेर धनी बन्ने सपना देखि रह्यो गाई हराए पछि मुख्याले पनि उस्लाई काम बाट हटाएछ। हिँजो आजकै दिनमा श्रद्धा चलेको बेला कसैले भोको देखेर उस्लाई एउटा माटाको हाँडीमा खीर खाला बिचरो भनेर हाँडी भरी खिर ल्याएर दिईछन। अल्छीले खुसी भएर भोक लागेको बेला हतारमा खान थाल्यो तर खिर को गास मुखमा नपुग्दै उस्लाई धनी बन्ने सपना याद आयो। उस्ले अब त्यो खिर खाएन आफु सुत्ने खाटको माथी निरालमा त्यो खिरको हाँडी झुडायो । आफु तल सुतेर हाँडि तिर हेरी रहेको थियो की उस्ले सपना देख्न सुरु गय्रो। अब यो खिर बजार लगेर दुई रुपियामा बेच्छु, त्यो दुई रुपियाको दुईटा भाले पोथी चल्ला किन्छु, अनि धेरै कुखुराहरु हुन्छन सबै कुखुराहरु बेच्छु अनि त्यो पैसाले बाख्राहरु किन्छु । बाख्राहरु ले बगाल बडाउँछ त्यो सबै बाख्रा बिक्री गर्छु अनि बिबहा गर्छु। घाँडा किनेर हट हट गर्दै मुख्या बाजे जस्तै भलाद्मी बन्छु। बिहे भयपछि मेरा छोरा छोरी जन्मिन्छन । अनि कसैले एबा यो ले कसैले उ ले भनेर अताउँछन । त्यसपछि मलाई रिस उठ्छ ।

यही लठ्टा उचालेर सबैलाई यस्तै गरी ढाई ढाई हिरकाउँछु भन्दै लौरो हावामा घुमाएको के थियो खीरको हाँडिमा लागेर त्यो माटाको हाँडी फुट्छ सबै खिर घोप्टीन्छ भुँईमा । त्यस पछि उस्ले थई त्यो खिर खाएको भए ता पेट भरीन्थ्यो ! भनेर पछुताउँछ।

Similar Posts

Leave a Comment