एकाइ-६ हाम्रो पृथ्वी

पाठ ५ शीत प्रदेश

अभ्यास

१. शीत प्रदेशको अवस्थिति उल्लेख गर्नुहोस् ।
उत्तर: शीत प्रदेश पृथ्वीको दुवै गोलार्धमा ६० देखि ९० डिग्री अक्षांशसम्मको ध्रुवीय प्रभाव क्षेत्रमा अवस्थित रहेको छ । यस अर्न्तगत पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशीय क्षेत्रमा साइबेरियन हावापानी, उत्तरी गोलार्धको ७० देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा टुन्ड्रा हावापानीको क्षेत्र पाइन्छ । त्यस्तै दक्षिणी गोलार्धको ६६ देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा अने अन्टार्कटिका हावापानी रहेको छ ।

२. टाइगा भनेको के हो ? यसको महत्त्व बुँदागत रुपमा प्रस्तुत गर्नुहोस् ।
उत्तर : पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशमा पाइने साइबेरियन हावापानीको क्षेत्रमा पाइने कोणधारी धनावनको क्षेत्रलाई टाइगा भनिन्छ । यसको महत्व बुँदागत रूपमा निम्न छन् :-

> विशाल क्षेत्रमा फैलिएको यो वन यहाँका मानिसको मुख्य आर्थिक उपार्जनको स्रोत रहेको

> कागज बनाउन चाहिने अर्थ तरल पदार्थ यहाँको वनस्पतिबाट तयार पारिने

> यहाँको मुख्य पेसा काठको व्यवसाय अर्थात् लम्बरिङ यसै वनबाट सञ्चालन हुने

३. अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । किन ? कारण दिनुहोस्
उत्तर : अति चिसो ठाउँ हुँदा पनि टुन्ड्रा प्रदेशका आदिवासीहरू हिउँकै घर इग्लुमा बस्छन् । यसको मुख्य कारण यहाँ स्थायी रूपमा बसोबास गर्ने प्रचलन अत्यन्त न्यून मात्र रहेको छ । यहाँका एस्किमो र इन्युट जातका मानिस फिरन्ते आदिवासीका रूपमा रहेका छन् । उनीहरू अस्थायी घर बनाएर अस्थायी रूपमा मात्र बसोबास गर्छन् । त्यस्तै यिनीहरूको पेसा हिउँमा पाइने सिल माछा र हिम भालुको सिकार गरेर जीविकोपार्जन गर्ने हो ।

४. शीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ । के कारणले यस्तो भएको होला ?
उत्तर : पृथ्वीको दुवै गोलार्धमा ध्रुवीय प्रभावको क्षेत्रमा शीत प्रदेश अवस्थित छ । यहाँ प्रायः वर्षभरि सूर्यको किरण छड्के पर्छ । यस प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा सूर्यको उत्तरायण र दक्षिणायनका कारण दिन र रातको लम्बाइमा धेरै अन्तर हुन्छ । सूर्य उत्तरायण भएको वेलामा दक्षिणी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ भने सूर्य दक्षिणायन भएको बेलामा उत्तरी ध्रुवीय क्षेत्र प्रायः अन्धकार हुन्छ । तसर्थशीत प्रदेशको अति उत्तरी र दक्षिणी केही भागमा छ महिना दिन र छ महिना रात हुन्छ ।

Similar Posts

Leave a Comment