एकाइ – आठ आर्थिक क्रियाकलाप

पाठ ५ वित्तीय उपकरण

अभ्यास

१. नोट सफा राख्ने उपाय लेख्नुहोस् ।

उत्तर : नोट सफा राख्ने उपाय :-

(क) जतनसाथ प्रयोग गर्नुपर्छ ।

(ख) नोटमा केरमेट गर्नुहुँदैन ।

(ग) नोटमा रङ वा मैलो लगाउनु हुँदैन ।

(घ) टाँचा वा स्टिच लगाउनु हुँदैन ।

(ङ) नोट पट्याउने वा दोबार्ने गर्नुहुँदैन ।

२. सेयरको महत्व उल्लेख गर्नुहोस् ।

उत्तर : सेयरको महत्व :-

(क) सेयरबाट पुँजी सङ्कलन हुन्छ ।

(ख) संस्थाले आफ्नो व्यवसाय विस्तार गर्न र वस्तु उत्पादन गर्न सक्छ ।

(ग) लगानीकर्तालाई लगानीको अवसर प्राप्त हुन्छ ।

(घ) कम्पनीको लाभहानिमा सेयर सदस्यको हिस्सा रहेको हुन्छ ।

(ङ) देशको आर्थिक विकासमा सर्वसाधारणको योगदान पुग्छ ।

३. नेपालमा प्रचलित वित्तीय उपकरणको सूची बनाई प्रत्येकको छोटकरीमा व्याख्या गर्नुहोस् ।

उत्तर : नेपालमा प्रचलित वित्तीय उपकरण :-

(क) बैक खाता

(ख) विद्युतीय बैंकिङ

(ग) एटिएम कार्ड

(घ) क्रेडिट कार्ड

(ङ) बैङ्किङ एप्स

(च) नोट

(छ) सेयर

बैक खाता : बैङ्क वा वित्तीय संस्थाहरूमा सर्वसाधारणलाई वित्तीय कारोबार गर्नका लागि व्यक्ति वा संस्थाको नाममा रहेको विवरणलाई बैङ्क खाता भनिन्छ । यो चल्ली, बचत र मुद्दती गरी प्रकारका हुन्छन् ।

विद्युतीय बैङ्किङ : विद्युतीय मेसिनका सहायताले वित्तीय कारोबार गर्ने सेवा विद्युतीय बैङ्किङ हो । यसमा एसएमएस बैङ्किङ, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ जस्ता सेवा पर्दछन् ।

एटिएम कार्ड : यस कार्डको सहायताबाट बैङ्किङ कारोबार नभएको समयमा समेत मेसिनको सहायताले पैसा झिक्न सकिन्छ ।

क्रेडिट कार्ड : आफ्ना विश्वासिला ग्राहकलाई खातामा आवश्यक रकम नभएको वेलामा पनि सेवा तथा वस्तु खरिद गर्न सकुन् भनेर यो कार्ड उपलब्ध गराएको  हुन्छ ।

४. सेयर लिनका लागि अपनाउनुपर्ने प्रक्रिया उल्लेख गर्नुहोस् ।

उत्तर : अहिले सेयरको कारोबारका लागि डिम्याट खाता अनिवार्य रूपमा खोल्नुपर्ने नियम रहेको छ । नजिकैको बैकमा गएर यस्तो खाता खोल्न सकिन्छ । विभिन्न कम्पनी तथा संस्थाहरूले समय समयमा सेयर निष्कासनको गर्दछन् । त्यस्ता सूचनामा उल्लेख भएबमोजिमको प्रक्रिया पूरा गरेर सेयर लिन सकिन्छ । सूचना निकाल्ने

५. डिम्याट खाता भनेको के हो ? यसका उपयोगिता उल्लेख गर्नुहोस् ।

उत्तर : डिम्याट खाता त्यस्तो विद्युतीय खाता हो जसमा लगानीकर्ताले आफ्नो सेयरलाई विद्युतीय रूपमा राख्नसक्छन् ।अहिले सेयर कारोबार गर्नका लागियो खाता डिम्याट खाता अनिवार्य गरिएको छ । तसर्थ सेयर कारोबार गर्न चाहनेहरूका लाग भई नहुने भएकाले यसको उपयोगिता रहेको छ । यसबाट सुरक्षित र भरपर्दो रूपमा सेयर कारोबार गर्न सकिन्छ ।

Similar Posts

Leave a Comment