एकाइ – चार

पाठ-५: वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार

अभ्यास

१. बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः बढ्दो विश्वव्यापीकरण र बसाईसराइका कारण समाज एवम् मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन्। फरक फरक सामाजिक तथा सांस्कृतिक विशेषता भएका मानिसहरुबिचको बढ्दो अन्तरघुलनले सामाजिक तथा सांस्कृतिक आदानप्रदानलाई सघन बनाउँदै लगेको छ ।

कुनै एक मुलुकका मौलिक सामाजिक सांस्कृतिक परिचयहरू अर्को मुलुकमा पनि थालेका छन् । उदाहरणका लागि तीज अमेरिका, अस्ट्रेलिया, क्यानाडालगायतका मुलुकहरूमा मनाउन थालिएको छ भने क्रिसमस नेपाल, भारत, चीन आदि देशहरूमा समेत व्यापक रूपमा मनाउन थालेको छ । यसरी एक मुलुकका सामाजिक र सांस्कृतिक विशेषताहरू अर्को मुलुकमा विकसित हुन थालेका छन् । हिजोआज संसारभर नै बसाइसराइको दर बढ्दै गएको छ । गाउँबाट सहरतिरको बसाइसराइ त धेरै वर्ष अगाडिदेखि विश्वव्यापी प्रक्रिया बनेर स्थापित भइसकेको थियो भने हाल आएर कम विकसित तथा विकासशील देशहरूबाट आर्थिक रूपले विकसित देशहरूमा बसाई सर्ने प्रक्रियाले समेत व्यापकता पाएको छ। विशेषगरी रोजगारी, शिक्षा, स्वास्थ्य तथा अन्य सुविधा एवम् अवसरको खोजीमा विभिन्न मुलुकहरूमा भइरहेको आन्तरिक मात्रै नभई अन्तर्राष्ट्रिय बसाईसराइले विश्वका समाज एवम् मुलुकहरूको जनसाइख्यिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिदृश्य नै परिवर्तन हुँदै छ ।

अतः बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्व नै एउटा सानो गाउँका रूपमा साँगुरो हुँदै गएको छ र विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।

२. समकालीन विश्वभाषिक, धार्मिक, वर्गीय, लैङ्गिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरुले भरिपूर्ण छ । ‘ आफ्नो तर्कसहित व्याख्या गर्नुहोस्।

उत्तरः विविधता मानवीय समाजको मुख्य विशेषता हो। वर्तमान विश्वमा रहेका समाजहरू नै एक अकांबाट धेरै किसिमले भिन्न छन् । तर विश्वव्यापीकरणले आफ्नो व्यापकतालाई अझ बलियो बनाउदै जाँदा विकसित मुलुकका समाज तथा सामाजिक यथार्थहरूलाई विकासोन्मुख मुलुकका समाजहरूले अ गीकार गर्दै लैजाने प्रयास गरेको देखिन्छ । ऐतिहासिक रूपमा विश्वका प्रत्येक मुलुक आफ्नै विशिष्ट सामाजिक विविधतामा आधारित छन् । त्यसैले विश्वको सामाजिक विविधता निकै व्यापक जटिल एवम् कठिन विषय हो । त्यसकारण यहां समकालीन विश्वका केही मुख्य ‘विविधताको मात्रै चर्चा गरिएको छ ।

समकालीन विश्वमा भाषिक, धार्मिक, वर्गीय, लैंगिक र राजनीतिक प्रणालीगत विविधता जस्ता सामाजिक विविधताहरू मुख्य रूपमा देख्न सकिन्छ । विश्वको जनसङ्ख्याको कम्तीमा १ प्रतिशतभन्दा बढीले आस्था राख्ने धर्महरू इसाई, इस्लाम, हिन्दु र बौद्ध हुन्। UNESCO ले सन् २०१६ मा संसारमा करिब छ हजार पाँच सयभन्दा बढी भाषा बोलिन्छन् भनी उल्लेख गरेको छ । आर्थिक वर्गको विभाजन मुलुकअनुसार फरक फरक खालको भए पनि उच्च मध्यम तथा निम्न वर्ग भनेर अर्थशास्त्रीहरूले परिभाषित गर्ने गरेका छन् । पूर्ण प्रजातन्त्र, नियन्त्रित प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सैनिक तानाशाह, पूर्ण राजतन्त्र आदि जस्ता राजनीतिक प्रणालीका व्यवस्थाहरू संसारमा कायमै छन् ।

यसै गरी विश्वमा छरिएर रहेका समाजहरूमा रहेका परिवारको प्रकार र महत्त्वमा समेत विविधता पाइन्छ । पूर्वीय सभ्यताका परम्परागत समाजहरूमा संयुक्त परिवारहरू पाइन्छन् भने पश्चिमेली मुलुकका समाजहरूमा एकल परिवारहरू पाइन्छन् । परिवारका अतिरिक्त वैवाहिक पद्धति र नाता सम्बन्धहरूसमेत समाज र मुलुकअनुसार फरक फरक प्रकारका पाइन्छन् । यसबाहेक सामाजिक स्तरीकरणका स्वरूपहरूसमेत फरक फरक खालका पाइन्छन् । युरोप, अमेरिका र अफ्रिकाका समाजमा वर्ण र लैंगिक आधारमा हुने स्तरीकरण प्रधान छ त्यसै गरी हिन्दुको बहुलता रहेका मुलुकका समाजहरू लैङगिकका साथै जातका आधारमा विभाजित भएको पाइन्छ ।

३. मानवका आधारभूत सामाजिक आवश्यकताहरू के के हुन्, उल्लेख गर्नुहोस् ।

उत्तरः मानव एक सामाजिक जातिको रूपमा मानिन्छ, त्यसैले यो भन्न सकिन्छ कि कुनै पनि प्रकारको सामाजिक अन्तरक्रिया बिना जीवन मानव व्यवहार भित्र नकारात्मक पक्षमा परिणाम दिन सक्छ। मानवका सामाजिक आवश्यकताको उदाहरणहरू मित्रता, प्रेम, स्नेह, फुर्सत, सम्बन्धित भावना, स्नेह वा सम्मान हो। यी आवश्यकताहरू मनोवैज्ञानिक दृष्टिकोणको अधीनमा छन् र अन्य आवश्यकताहरूको साथमा, बाँच्न र कल्याणको वर्णक्रम बनाउँदछ जुन पुरुष र महिलाले पूर्ण जीवनको लागि चाहिन्छ । अन्य मानवका आधारभूत सामाजिक आवश्यकताहरू निम्नानुसार छन्ः

(क) परसंस्कृति ग्रहण (Acculturation)
(ख) आत्मसात् (Assimilation )
(ग) एकता ( Integration)
(घ) सम्झौता (Accommodation)
(ङ) प्रतिस्पर्धा (Competition)
(च) सहकार्य (Cooperation )
(छ) अनुकूलन (Adaptation )

Similar Posts

Leave a Comment