एकाई: ११

पाठ:-५ योग तथा ध्यान

१). प्राणायाम भनेको के हो ?

उत्तरः
प्राण र आयाम दुई शब्दबाट प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु हो । त्यसैले प्राणयाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ । प्राणायामको माध्यमबाट श्वासबाट प्राप्त हुने ऊजालाई निकै मात्रामा बढाउन सकिन्छ । प्राणायामका विभिन्न तरिकाहरू छन् ।

 मुख्य तरिकाहरू यहाँ प्रस्तुत गरिएका छन् ।
• भ्रामरी प्राणायाम
• कपालभाति प्राणायाम
• नाडीशोधन अनुलोम विलोम प्राणायाम (Alternate Nostril Breathing)

२. योग र ध्यानको महत्त्व बताउनुहोस् ।

उत्तरः
योग ‘युज’ धातुबाट बनेको हो। योगको अर्थ जोड्नु हुन्छ । त्यसैले योगले समस्त जीवलाई रिस, आवेगबाट बचाउँछ र व्यक्तिमा सामूहिक भाव सिर्जना गर्दछ र द्वन्द्वबाट बचाउँछ ।

शारीरिक,मानसिक तथा आध्यात्मिक रुपमा तन्दुरुस्त, निरोगी रहनको लागि योगको महत्त्व छ | योग गर्नाले मानिसको शरीरमा आलस्यता हटदछ, स्मरण शक्ति बढाउछ, सकारात्मक सोचको विकास हुन्छ, कार्यक्षमताको वृद्धि, मानासिक शान्ति, रोगप्रतिरोधी क्षमाताको वृद्धि, उर्जा प्राप्ति, आत्मज्ञानको प्राप्ती लगायतका सकारात्मक गुणको बिकास, तथा शरीर मन र आत्मा बिचको समन्वय हुन्छ । ध्यान मन स्थिर रहेको अवस्था हो। जब मनमा विचार, इच्छा, स्मृति र महत्त्वाकाङ्क्षा केही रहदैन त्यति बेला मौनको स्थितिमा पुगिन्छ, त्यो मौनता नै ध्यान हो ।
ध्यानका महत्त्व निम्नानुसारका छन्:
• मन शान्त र निश्चिन्त रहन्छ,
• जीवनमा आउने समस्याहरूले मनलाई प्रभावित गर्न सक्दैन,
• शरीरको पाचन शक्ति सन्तुलित हुन्छ,
• आपसी सम्बन्धहरूमा सकारात्मकता बढ्छ,
• करुणा भावको विकास हुन्छ,
• आफ्नो वास्तविक स्वरूपलाई जान्नतर्फ मन अग्रसर हुन्छ ।

३. योग र ध्यानले शरीर र मनलाई स्वस्थ राख्दै व्यक्तित्व विकासमा मदत गर्दछ, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः
योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै छ । यसले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । योग र ध्यान गर्ने तरिका धेरै छन् । यी फरक-फरक शैलीमा गरिने योग र ध्यानले हाम्रो अंगअंगमा फाइदा पुग्छ । यसले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग र ध्यान हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।

कुनै एक दिन हामीले योगको अभ्यास गयौँ भने त्यो दिनभरि हाम्रो मन शान्त हुन्छ । हाम्रो विचलित मन र विचारलाई शान्त बनाउने, शरीरलाई स्वस्थ राख्ने एक मात्र उपाय भनेको योग र साधना हो । यदि योग गर्यो भने हामीले हाम्रो जीवनलाई नयाँ रूप दिन सक्छौं। योग र ध्यानको उपाय हामी स्वस्थ बन्नका लागि उचित उपाय हो। स्वस्थ जीवन शैलीका लागि योग र ध्यान आवश्यक हुन्छ। त्यसैले हामीले योग र ध्यानको अभ्यास गर्नुपर्छ। ध्यानका कारण हामी एकीकृत बन्न सक्छौँ। हाम्रो विचार र मन खलबलिएको बेलामा हाम्रो विचार र मनलाई एक चित्त बनाउन योग र ध्यानले मद्दत गर्दछ । हामीले कुनै पनि काम गरिरहेको बेलामा काममा हाम्रो मन एकीकृत गर्न सक्दैनौं। यस्तो अवस्थामा योग, साधना गर्न सकेमा मनमा डर, त्रास र तनावको वातावरण हटी मनलाई एकीकृत पारेर कामलाई सम्पन्न गर्न सकिन्छ । योगका कारण हाम्रो स्मरणशक्ति बढ्छ। योगका कारण हामी तनावमुक्त हुन सक्छौँ र हाम्रो मानसिक स्वास्थ्य पनि स्वस्थ रहन्छ। हामीले योग गरेमा कुनै पनि रोगलाई पराजित गरेर स्वस्थ जीवन शैलीलाई कायम राख्न सक्छौँ। यसरी योग र ध्यान गयौँ भने हामी स्वस्थ बन्न सक्छौँ ।
रोग लाग्नुका तीन मात्र कारण छन्ः गलत आहार विहार, गलत विचार र गलत जीवनशैली हुन्। यदि गलत अहारविहार, गलत विचार र गलत शैली कुनै मानिसमा छ भने त्यो मानिस रोगी हुन्छ तर योग गर्ने बानी भएको मानिसमा यी सबै कुराको सन्तुलन मिलेको हुन्छ र त्यो मानिस स्वस्थ हुन्छ । हालको मानव जीवनमा सौखिन शैली, उच्च मसालेदार खानेकुरा, अव्यवस्थित खानपान र शारीरिक व्यायामको कमीको कारण विभिन्न प्राणघातक रोगहरू मुटु तथा मृगौलाका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएको पाइन्छ । विभिन्न प्राणघातक रोगहरूबाट बाच्नका लागि योगको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । तसर्थ मानव जीवनमा योग र ध्यानको ठूलो महत्व रहेको हुन्छ । मानव जीवनमा योग र ध्यानको कारण अव्यवस्थित मानव जीवनलाई पनि व्यवस्थित गर्न सकिन्छ । यसरी हामीले योग गरेमा मानव जीवन शैलीलाई स्वस्थ राख्न सक्छौँ।

Similar Posts

Leave a Comment