एकाइ–दस

पाठ:-५ कृषि,उद्योग र निर्माण

१.“नेपालमा कृषि र उद्योग एक अर्काका परिपुरक हुन् ।” यस भनाइलाई पुष्टि गर्दै कृषिको व्यवसायीकरण र औद्योगिक विकासका उपायहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः नेपाल विकासका लागि पहिलो सर्त भनेको कृषि तथा औद्योगिक उत्पादनको वृद्धि गर्नु हो । नेपालीको आयस्रोत नबढी देश विकास सम्भव छैन। कृषिजन्य वस्तुको उत्पादनले देशलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ भने औद्योगिक उत्पादनले विकास। कृषि मानव जीवनको अस्तित्वको आधार हो भने उद्योग आर्थिक विकासको मेरुदण्ड हो। आर्थिक वृद्धिको व्यापक परिवर्तन गर्न कृषिमा आधारित अर्थतन्त्रबाट उद्योग क्षेत्रतर्फ अगाडि लाग्नुपर्छ । देशमा खाद्यान्न अभाव, कुपोषण र गरिबीबाट मुक्त हुन कृषिको विकास र कृषिजन्य उद्योगको विकास अपरिहार्य रहेको छ । नेपालको निर्यात बढाउन कृषि र उद्योगका उत्पादन बढाउनैपर्छ । उद्योगको उत्पादनसँगै कृषिको व्यवसायीकरण, औद्योगिक वातावरण र राजनीतिक प्रतिबद्धता भए निकासी बढ्न गई व्यापारघाटा कम हुँदै जान्छ । त्यसैले यी कुराहरूबाट नेपालमा कृषि र उद्योग एक अर्काका परिपुरक हुन् भन्ने प्रष्ट हुन्छ ।

नेपालमा कृषि क्षेत्रको विकासको लागि मुख्य चुनौतीहरु भनेको अनुदान दुरुपयोगको वातावरण, लगानी गर्न नसक्ने कमजोर निजी क्षेत्र, आवश्यक पूर्वाधार जस्तै बाटो, पुल, सिंचाइ सुविधा आदिको समस्या, कठिन भूगोल, साना किसान र छरिएर रहेका बस्तीहरु एवं साना किसानहरुको उत्पादनलाई एकत्रित गर्न कठिनाइ आदि हुन् । यी यावत समस्याहरूको समाधानका लागि उपयुक्त विकल्प कृषिको व्यवसायीकरण हो ।

कृषिको व्यवसायीकरण गर्ने उपायहरू निम्नानुसारका छन्:
• कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्ने तर्फ कार्यक्रम केन्द्रीत गर्ने,
• स्थान विशेषको सम्भाव्यता, तुलनात्मक लाभ एवं प्राथमिकताको आधारमा बाली, वस्तु विशेषका पकेट क्षेत्रहरूको विकास गरी व्यवसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीको विकास गर्ने,
• कृषि विकास कार्यक्रमहरूलाई विश्व व्यापार संगठन एवं क्षेत्रीयस्तरका व्यापार सम्झौताहरुबाट प्राप्त अवसरहरूको अधिकतम लाभ लिने तर्फ उन्मुख गराउने,
• गुणस्तरीय कृषि उत्पादन श्रोत सामाग्रीहरूको उपलब्धता सर्वसूलभ तुल्याउने र उपलब्ध श्रोत साधनहरूको उच्चतम सदुपयोग गरी उत्पादनशीलता बढाउने,
• कृषिलाई सम्मानीत पेशा बनाउनुको साथै कृषि व्यवसायमा युवा वर्गलाई आकर्षित गर्ने।

उद्योग आर्थिक विकासको मेरुदण्ड हो । देशमा उद्यमशीलता, रोजगारी सिर्जना, आर्थिक गतिशीलता र रुपान्तरणमा उद्योग क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । विगतमा भएका राजनीतिक संक्रमण, बन्द हड्ताल, र विद्युत आपूर्तिमा कमीको कारण औद्योगिक उत्पादनको विकासले गति लिन सकेन । पछिल्लो समयमा विद्युत आपूर्ति सहज भएतापनि औद्योगिक वस्तुको उत्पादन र उत्पादकत्व प्रतिस्पर्धी हुन सकेको छैन ।

औद्योगिक विकासका उपायहरू निम्नानुसारका छन्:
• गुणस्तरीय तथा प्रतिस्पर्धात्मक औद्योगिक उत्पादन एवम् उत्पादकत्व अभिवृद्धिबाट राष्ट्रिय आय र रोजगारीमा बढ़ोत्तरीसहित औद्योगिक वस्तुको निर्यात बढाउने,
• स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी सन्तुलित राष्ट्रिय तथा क्षेत्रीय विकासमा उद्योग क्षेत्रको योगदान बढाउने,
• नविनतम प्रविधि एवम् वातावरणमैत्री उत्पादन प्रकृयालाई प्रयोग गरी उद्योग व्यवसायलाई दिगो एवम् भरपदों क्षेत्रको रुपमा स्थापित गर्ने,
• औद्योगिक विकासका लागि आवश्यक उत्पादनशील जनशक्ति तथा व्यवस्थापकीय क्षमताको विकास गर्दै सबल लगानीको आधार खडा गरी नेपाललाई दक्षिण एशिया क्षेत्र तथा विश्वकै आकर्षक लगानीस्थलको रुपमा स्थापित गर्ने,
• औद्योगिक बौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्ने ।

२ . पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा धेरै जसो व्यक्तिहरूमा रहेको पाइन्छ । अर्कातर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरुलाई जागिर खुवाउने हो नि कहाँ आफै जागिर खोज्दै हिँड्ने हो र भन्छन् । तपाई कसको पक्षमा हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणा प्रति असहमति जनाउँदछु भने अर्कातर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरुलाई जागिर खुवाउने हो नि कहाँ आफैँ जागिर खोज्दै हिँड्ने हो भन्ने धारणा प्रति सहमत भए पनि ‘कहाँ आफैँ जागिर खोज्दै हिँड्ने हो र’ भन्ने धारणाप्रति केही असन्तुष्टि छ किनभने परिआएको कालखण्डमा आफैबाट जागिर सुरुवात गरेर मात्र व्यवसाय गर्नुपर्ने हुन्छ ।

पढेलेखेको मानिसले जागिर खानु अथवा कुनै राम्रै देश तिर सेटल हुनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता दिनानुदिन दरिलो हुदै गैरहेको छ भन्दा अतिउक्ति नहोला । जागिर खानु आम मानिसको एउटा सपना हो र उक्त सपना पुरा गर्न हरपल संघर्स गरिरहेका हुन्छन । जागिरको निमित्व मानिसहरु दिनरात मेहेनत अर्थात् कडा परिश्रम गरिरहेको देख्न सकिन्छ । कति यो संघर्समा सफल हुन्छन त कतिपय पुन प्रयासको लागि केहि समयको लागि विश्राम लिएका हुन्छन । अर्कातर्फ कुनै पनि व्यक्ति जसले आफ्नु अध्यन पुरा गरिसके कुनै व्यवसायमा रुची हुनु पक्कै पनि नौलो विषय होइन । कुनै पनि व्यवसायको माध्यमवाट आफ्नु जिविको पार्जन तथा समाज तथा देशको निमित्व पनि केहि गरौ भनि कुनै लागि परेको छ भने सुरुको अवस्थामा उक्त व्यक्तिलाई निकै अप्ठेरोहरु आइपर्न जान्छ किनकि उसलाई विस्वास गर्ने व्यक्ति निकै कम हुने गर्दछन । वास्तविकता मै भन्नु पर्दा कसैको विस्वास नभएको परिस्थितिमा उसलाई मुख्यत लगानीकै आवस्यकता पर्दछ । नया नया जोस जागर, आइडिया, तथा भिजन नै भएको भएपनि प्रयाप्त लगानीको व्यवस्था हुन नसक्दा निकै अप्ठेरो स्थितिको सिर्जना हुन जान्छ । त्यसको एउटा कारण विस्वास को वातावरण बन्न नसक्नु त छदै छ अर्को भनेको पढेलेखेको मानिसले व्यसाय भन्दा पनि जागिर खाने वा विकसित मुलुकमा गएर धन कमाउनु पर्छ भन्ने सामाजिक मान्यता नै हो भन्दा फरक नपर्ला । एउटा उच्च शिक्षा आर्जन गरेको युवाले आफ्नै गाउघरमा गर्छु भनि कुनै व्यवसाय थाल्यो भने उसलाई विभिन्न प्रश्नको चांग लाग्ने गर्दछ जस्तो कि आधुनिक तरिकाले कृषि पेशा गर्न थाल्यो भने “ हलो जेनै थियो भने, गाईको गोबर सोहोर्ने थियो भने यत्रो वर्ष पढेको के कामरु” तेसै गरेर कुनै शिक्षित व्यक्ति आफ्नु काम गरेर बसेको छ भने एउटा प्रस्न सोध्नेको जमात भेटिन्छ, यत्रो पढेर किन जागिर नखाको, विदेश प्रयास गर्नु नि हो अमेरिका, ऑस्ट्रेलिया तिर के यहाँ बसिरको इत्यादी । यदि जागिर खानु या बिदेशिनु भन्दा आफुले गरिएको व्यापार लै व्यापक बनाउने काम महत्वपूर्ण छ भने किन बिदेशिनु आवस्यक छैन भन्ने कुरा बुझ्ने मानिस धेरै कम मात्रामा मात्र भेट्न सकिन्छ । जव मानिसहरुमा जागिरको खोजि या विदेशिने परम्परा बन्दै गयो भने भोलि को दिन मा देश मा बेरोजगार समस्या अझ भाड्ने निश्चित छ किनकि कुनै व्यक्तिले उद्यमी नगरी कुनै जागिर वा विदेशिने बाध्यता भएको अवस्थामा उसले आफुले उद्यमी गर्दा अरुले प्राप्त गर्न सक्ने जागिर गुम्न जान्छ ।

जागिर खानु वा व्यसाय गर्नु जे गर्न पनि व्यक्ति स्वतन्त्र हुन्छ र पढेलेखेको व्यक्तिले जागिर नखाएर व्यवसाय गर्ने सोच बनाउनु उसको लागि मात्र नभएर समाज र देश को निमित्त्व पनि फाइदा पुग्ने कुरा हो । पढ्नु को उध्येस जागिर नै खानु पर्छ भन्ने मान्यता कहिँ कतै पनि देखिदैन । पढाई र जागिरमा आफ्नु किसिमको सम्बन्ध त अवस्य छ तर पढाई र उद्यमसिलाता मा अझै महत्व पूर्ण सम्बन्ध छ । जव व्यक्तिले उधमशिलाता सुरु गर्दछ उसले नया कुरा सिक्ने त अवस्य छ ।अन्त्यमा, काम आफैमा सानो ठुलो हुदैन, सबै कामको सम्मान गरेपछि देश विकास र आर्थिक समुन्नति तिर अघि बढ्न सरु गर्दछ । त्यसैले पढेलेखेका शिक्षित व्यक्तिले जागिर नै खानुपर्छ, खेती र उद्यम व्यवसाय गर्नुहुँदैन भन्ने धारणाबाट माथि उठ्नु पर्छ, अर्कातर्फ व्यावसायिक कृषक र उद्यमीहरू भने आधुनिक प्रविधिको प्रयोग गरी व्यवसाय गर्ने र अरुलाई जागिर खुवाउने हो र साथसाथै कहिलेकाहीं आफैबाट पनि जागिर शुरुगर्दै जानुपर्ने हुन्छ भन्ने बुझ्न पर्दछ ।

Similar Posts

Leave a Comment