एकाइ – तीन

पाठ-५: अन्तरवैयक्तिक सिपहरु

अभ्यास

अन्तरवैयक्तिक सिपहरू

१. अन्तरवैयक्तिक सिप भनेको के हो ?

उत्तरः आफूले नजानेका कुरा अरुसँग सोधेर र आफ्ना विचार राखेर अरुसँग सञ्चार गर्ने सिप अन्तरवैयक्तिक सिप हो । वैयक्तिक दक्षता र अन्तरसंवाद सिप विकास गर्ने भएकाले यसलाई जनसिप पनि भनिँदो रहेछ। यसले व्यक्तिको अन्तर विकास गरी सामाजिक परिवेशमा आफूलाई समायोजन गर्न सहयोग गर्दछ ।

२. अन्तरवैयक्तिक सिप किन महत्त्वपूर्ण छ ?

उत्तरः आफूले नजानेका कुरा अरुसँग सोधेर र आफ्ना विचार राखेर अरुसँग सञ्चार गर्ने सिप अन्तरवैयक्तिक सिप हो । अन्तरवैयक्तिक सिपले हामीलाई अरुका कुरा सक्रियतापूर्वक सुनेर समूहमा काम गर्न, उत्तरदायित्व बहन गर्न, नेतृत्व सिप विकास गर्न, उत्प्रेरित हुन, धैर्य र सहानुभुति विकास गरी लचकदार व्यक्तिव विकास गर्न सहयोग गर्ने हुनाले महत्वपूर्ण छ । अन्तरवैयक्तिक सिपका अन्य महत्व यसप्रकार रहेका छन्ः

यसले जीवनमा आइपर्ने समस्या समाधान गर्न सिकाउँछ ।

आफ्नो लक्ष्य प्राप्तिका लागि चुनौती सामना गर्न सिकाउँछ ।

• अरुलाई विश्वासमा लिएर आफ्ना काम सफल बनाउन सकिन्छ ।

• आफ्ना कामलाई व्यवस्थित गर्न सकिन्छ ।

• आफ्ना आचार विचार र संवादको संस्कृति परिवर्तन गर्न सकिन्छ ।

सामाजिक सञ्जालमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि हामीले यी कुराहरूमा ध्यान केन्द्रित गर्नु पर्दछ

• छलफल, बैठक र सेमिनारमा भाग लिने,

• असल मानिस र असल विषयबाट असल विचार सिक्ने साधनका रुपमा लिने,

• साथी सञ्जाल बनाउने, विज्ञसँग सम्पर्क बढाउने, ज्ञान सीप आर्जन गर्ने,

• अनावश्यक साइट नहेर्ने, अस्वस्थ मनोरञ्जन नगर्ने र खराब नियतिका मानिससँग सम्बन्ध नबनाउने,

• सामाजिक संजालबाट कसरी अन्तरव्यक्ति सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने कुरा पढ्ने

३. अन्तरवैयक्तिक सम्बन्ध सुधार गर्ने उपायहरू लेख्नुहोस् ।

उत्तरः अन्तरवैयक्तिक सिप भनेको मनको मैलो फालेर ज्ञानको थैलो भर्ने माध्यम हा े । त्यसैले यसको सम्बन्ध सुधार गर्ने उपायहर यसप्रकार रहेका छन्ः

क. हामीले रिस, ईर्ष्या, डाहजस्ता संवेग नियन्त्रण गर्नुपर्छ ।

ख. मैले मात्रै जानेको छु भन्ने बिर्सेर अरुको विज्ञता र अनुभवको सम्मान गर्नुपर्छ।

ग. अरुका इच्छा, आकाङ्क्षा बुझ्नुपर्छ ।

घ. अरुप्रति सहानुभूति, अग्रगामी सोच राख्नुपर्छ ।

ङ. अरुलाई होच्याएर र दमन गरेर होइन, सम्मानपुर्वक कुरा गर्नु पर्दछ ।

च. घमन्ड त्याग गरी, असल सन्देश अरुलाई सुनाएर सम्बन्ध सुधार गर्न सकिन्छा ।

४. अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्नुपर्छ ?

उत्तरः हामीले अन्तरवैयक्तिक सम्बन्ध विविन्न माध्यमबाट सुधार गर्न सक्छौ, त्यसमध्ये आजको युगमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाल सबैभन्दा प्रभावकारी र उत्तम विकल्प बन्दै आएको छ । आज विश्वमा अवस्थित सबै कुना कुनाका मानिसहरु सामाजिक सञ्जालमा जोडिएका छन् । अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि सामाजिक सञ्जाललाई हामीले कसरी प्रयोग गर्छौं भन्नेमा भर पर्दछ ।

सामाजिक सञ्जालमा अन्तरवैयक्तिक सम्बन्ध सुधारका लागि हामीले यी कुराहरूमा ध्यान केन्द्रित गर्नु पर्दछ

• छलफल, बैठक र सेमिनारमा भाग लिने,

• असल मानिस र असल विषयबाट असल विचार सिक्ने साधनका रुपमा लिने,

• साथी सञ्जाल बनाउने, विज्ञसँग सम्पर्क बढाउने, ज्ञान सीप आर्जन गर्ने,

• अनावश्यक साइट नहेर्ने, अस्वस्थ मनोरञ्जन नगर्ने र खराब नियतिका मानिससँग सम्बन्ध नबनाउने,

• सामाजिक संजालबाट कसरी अन्तरव्यक्ति सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने कुरा पढ्ने

५. असल नेतृत्व विकास गर्न के के गर्न सकिन्छ ?

उत्तरः नेतृत्व व्यक्ति, समूह र सङ्गठनको अगुवाइ गर्ने कार्य हो । अरूलाई उत्प्रेरित गर्ने कला पनि हो । नेतृत्व गर्न इच्छाशक्ति, सिर्जनात्मकता र विनम्र भाव चाहिन्छ । आत्मानुशासन, नियमको पालना, सहनशीलता र धैर्याविना नेतृत्व सम्भव छैन। यसका लागि बुद्धि, स्वच्छता र सार्वजनिक व्यक्तित्व आधार हो । हुनु पनि आवश्यक छ । नेतृत्व अन्तरवैयक्तिक सम्बन्ध विस्तारको असल नेतृत्व विकास गर्नका लागि हामीलाई यसप्रकारका कार्यहरू आवश्यक पर्दछः

 • सामुहिक विचारलाई सम्मान गर्दै विभिन्न क्षेत्रमा काम गर्न सक्ने सक्रिय समूह निर्माण गर्नुपर्दछ,

• समूहबीच वैयक्तिक र अन्तरवैयक्तिक सञ्चार सम्मन्वय र सहयोगको वातावारण विकास गर्नुपर्दछ,

• निर्णय गर्ने क्षमता र समस्या समाधान गर्ने शिल्प पनी परिष्कृत बनाउनुपर्दछ,

• अस्वस्थ आलोचना नकारात्मक सोच अपहेलना र गलत सन्देश प्रवाह गर्नुहुँदैन,

• विचार, निर्णय र चुनौतिको खोजि कार्यन्वयन र सामाधान

६. टोलीकार्य भनेको के हो र यसबाट कसरी नेतृत्व विकास हुन्छ?

उत्तरः टोलीकार्य समूहमा काम गर्ने सिप हो। समूहमा काम गर्दा व्यवस्थापक र कामदार व्यक्ति हुन्छ। काम गर्दागर्दै मानिसहरूले सिक्छन् र त्यसलाई नेतृत्वका रूपमा परिणत गर्छन् । टोनी कार्य संवाद, योजना, बैठक र सहकार्यमा अरुसंग मिलेर काम गर्ने दक्षता र गुणस्तर हो ।

टोलीकार्यबाट नेतृत्व विकास गर्न यी कुराहरूको कार्यान्वयन गर्नुपर्दछः

• समूहमा खुला र इमानदारीपूर्वक काम गर्नुहोस् ।

• सामूहिक लक्ष्य निर्धारण गर्नुहोस् ।

• आफ्ना सफलतालाई सम्मान गर्नुहोस् ।

. • समूह लागि स्रोत र दक्षता विकासको व्यवस्था गर्नुहोस् ।

• समूहका प्रत्येकलाई समस्या समाधानमा सहभागी बनाउनुहोस् ।

• सबैलाई उत्तरदायी बनाउनुहोस्, व्यक्ति व्यक्तिविच सम्बन्ध विस्तार गर्नुहोस् ।

• सबैप्रति सहानुभूति राखी खुला दृष्टि राख्नुहोस्, सबैलाई सम्मान गर्नुहोस् ।

Similar Posts

Leave a Comment