एकाइ–दस

पाठ:-४ स्थानीय, औपचारिक र अनौपचारिक कारोबार

१. ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्रम हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ ।‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः अनौपचारिक कारोबार अर्थतन्त्र सुधारको बाधक हो, यसले राज्यलाई घाटा मात्रै हुन्छ । यसर्थ, मुलुकको समृद्धिका लागि अनौपचारिक कारोबार बाधक हो भन्दा फरक पर्दैन | अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा बढ्दै जानु भनेको मुलुकको समुन्नति र समृद्धिका लागि निश्चय नै नकारात्मक हो ।

अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ नै साथै यसले सामाजिक अस्थिरता पनि निम्त्याउँछ । यसको बढोत्तरीले एकातर्फ राज्यको कर चुहावट बढिरहेको हुन्छ भने अर्कातर्फ मुलुकमा अनेकौं बेथिति र विसंगति सिर्जना भइरहन्छन् । यसले आर्थिक तथा वित्तीय अपराध बढ्ने मात्र नभई मुलुकमा विधिको शासनको पनि उपहास भइरहेको छ । यस्तै, राजनीतिक तथा प्रशासनिक आडमा पनि अनौपचारिक कारोबार फस्टाइरहेको र यसबाट नवसम्भ्रान्त वर्गको समेत उदय भइरहेको पाइन्छ र यसबाट समाजमा आपराधिक गतिविधि बढेको छ। अनौपचारिक च्यालनमा रहेको कारोबारले सरकारले लागू गरेका नीति नियमको प्रभावकारी कार्यान्वयनमा बाधा पुर्याउँछ नै । अर्कोतिर राजस्वको नोक्सानी मात्रै हुँदैन, आर्थिक अपराधमा समेत वृद्धि गराउँछ । अनौपचारिक कारोबारको सोझो प्रभाव राजस्व प्रणालीमा पर्छ। भन्सारमा चोरी पैठारी र न्यून बीजकीकरणजस्ता गतिविधिमा वृद्धि हुन्छ।अनौपचारिक कारोबारको हिस्सा बढी भएकाले पनि मुलुकको अर्थतन्त्रको सुधारका लागि सरकारले लागू गरेका नीति नियमहरु प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। तिनले नतिजा दिन सकेका छैनन्। अर्कोतर्फ, राज्यको कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुँदा अनौपचारिक कारोबार फस्टाउँदै गएको छ। यसबाट राज्यले बर्सेनि अब राजस्व नोक्सानी बेहोरिरहेको छ । अनौपचारिक कारोबारले बहुआयामिक प्रभाव पार्दछ । अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दा त्यसले स्वस्थ र प्रतिस्पर्धात्मक बजारमा नकरात्मक असर पार्ने देखिन्छ। अनौपचारिक कारोबारले उत्पादकत्व र आर्थिक वृद्धिमा समेत असर पुग्दछ।

अनौपचारिक कारोबार नियन्त्रण सम्भव भए पनि यसलाई शून्यमा झार्न भने सकिँदैन । यसर्थ, सकेसम्म यसको न्यूनीकरण गर्दै लैजाने राज्यको नीति हुनुपर्छ । यस्तै ती क्षेत्र उत्पादनमूलक भए तिनले खपत गर्ने कच्चापदार्थको परिमाण तथा ऊर्जालगायतको खपतका सम्बन्धमा यकिन तथ्यांक हुन सके मात्र मुलुकले विभिन्न समयमा प्रक्षेपण गर्दै लागू गर्ने नीति कार्यान्वयन सम्भ छ । नत्र, अनौपचारिक कारोबारको नियन्त्रण भन्दै विपन्न वर्गको रोजीरोटी खोस्ने काम मात्र भयो भने त्यसलाई दुर्भाग्य नै मान्नुपर्छ । अर्कातर्फ यसको फाइदा ठूला व्यवसायीले समेत लिइरहेको बेलाबखत देखिन्छ ।

२. तलको तालिका भर्नुहोस्ः

स्थिनय कारोवारलाई औपचारीक कारोबारमा रुपान्तरण गर्ने उपाय:
• मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को शुभारम्भ,
• विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने,
• नेपालको परम्परागत आर्थिक गतिविधिमा रोक लगाएर व्यवस्थित बनाउने,

अनौपचारिक कारोबारलाई नियन्त्रण गर्ने उपायः

• अनौपचारिक कारोबारलाई निरुत्साहित गर्न बढी रकम कारोबार नगदमा गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याउने,
• बैंक कारोबारमा खातावालको केवाइसी (ग्राहक पहिचान) नियमित अद्यावधिक, एक लाखभन्दा माथिको कारोबारमा अनिवार्य परिचयपत्र लगायत व्यवस्था गर्ने,
• अनौपचारिक अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने,
• अनौपचारिक कारोबारको सोझो प्रभाव राजस्व प्रणालीमा पर्ने हुँदा करका दायराहरु विस्तार गरेर त्यस्तो कारोबारलाई औपचारिक बनाउने,
• असंगठित रूपमा स्थापित प्रतिष्ठानहरुलाई निश्चित समयसम्म दर्ता प्रक्रिया, कर, दस्तुर, इजाजतपत्र नवीकरण लगायतमा छुट जस्ता कार्यक्रमहरुमार्फत औपचारिक कारोबारको दायरामा ल्याउन प्रोत्साहन गर्ने, ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने,
• नेपालको परम्परागत कारोबार गतिविधि र दक्षिणतर्फ खुला सीमाका कारण अनौपचारिक अर्थतन्त्र बढेको हो। त्यसैले भन्सार प्रणाली राम्रोसँग व्यवस्थापन हुने हो भने यसको आकार घट्ने निश्चित छ, त्यसैगरी, राजस्व चुहावटको संवेदशील क्षेत्र र वस्तुको ठोस पहिचान गरी राजस्व चुहावटका लागि वस्तुगत कार्य योजना बनाई त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।

औपचारिक कारोबारलाई व्यवस्थित गर्ने उपाए:
• मुलुकमा औद्योगिकरण र व्यवसायीकरण बढाउँदै लैजाँदा पनि कारोबार स्वतः औपचारिक दायराभित्र आउँछ,
• कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिएर यस क्षेत्रको संगठित विकास गर्न किसानहरुलाई बैंक कर्जामा सहज पहुँच, कर तथा राजस्व छुट जस्ता प्रोत्साहन दिने खालका नीतिगत व्यवस्था गर्ने,
• राजस्व चुहावट नियन्त्रण गर्ने अभिप्रायले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को शुभारम्भ गर्ने ।

३. औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?

उत्तरः आर्थिक विकास बहुआयामिक तथा जटिल प्रक्रिया हो । मुलुकको कूल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय उत्पादन, प्रति व्यक्ति आयको सकारात्मक वृद्धिका साथै सामाजिक, र संस्थागत विकास भई आमजनताको जीवनस्तरमा आएको बढोत्तरी आर्थिक विकास हो र औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ।

औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मान्ने कारणहरू यसप्रकार रहेका छन्ः
• आर्थिक विकासको नेतृत्व गर्ने, सहजकर्ता, समन्वयकर्ता,
• समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
• सामाजिक न्यायसहितको आर्थिक प्रणालीको निर्माण गर्ने,
• व्यावसायिक मूल्य र मान्यताको आधारमा व्यवसाय सञ्चालन गर्ने,
• वस्तु तथा सेवाहरूको गुणस्तर अभिवृद्धि र सेवा सर्वसुलभ रूपमा जनतालाई उपलब्ध गराउने,
• मुलुकको आर्थिक वृद्धि, राजश्व परिचालन र उद्यमशीलता वृद्धिमा योगदान गर्ने,
• उपभोग्य वस्तुको सरल आपूर्ति तथा वितरण गर्दै सुपथ मूल्य कायम गरी उपभोक्ता हित प्रवर्द्धन गर्ने,
• व्यापार घाटा कम गर्ने,
• राष्ट्रिय आम्दानीमा वृद्धि गर्ने

४.स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?

उत्तरः स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवा त्यहीं बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । परम्परागत रूपमा लुगा सिउने, फलामका भाँडा तथा औजारहरू बनाउने, मर्मत गर्ने, खेती गर्ने, पशुपक्षीपालन तथा बिक्रीवितरण जस्ता कार्य पनि स्थानीय कारोबार हुन् । स्थानीय कारोबारले स्थानीय आवश्यकता पूरा गर्दछ । त्यसैले यसलाई थप प्रभावकारी र सबल बनाउन आवश्यक छ ।

स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउने उपायहरु यसप्रकार रहेका छन्ः
• कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिएर यस क्षेत्रको संगठित विकास गर्न किसानहरुलाई बैंक कर्जामा सहज पहुँच, कर तथा राजस्व छुट जस्ता प्रोत्साहन दिने खालका नीतिगत व्यवस्था गर्ने,
• राजस्व चुहावट नियन्त्रण गर्ने अभिप्रायले मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को शुभारम्भ गर्ने,
• नेपालको परम्परागत कारोबार गतिविधिलाई व्यवस्थित गर्ने,
• विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने,
• स्थानीय कारोबारमा अनौपचारिक कारोबारलाई निरुत्साहित गर्न बढी रकम कारोबार नगदमा गर्न नपाइने व्यवस्था कार्यान्वयनमा ल्याउने ।

Similar Posts

Leave a Comment