एकाइ – सात: हाम्रो विगत
पाठ ४ वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक
अभ्यास
१. मध्यावधि निर्वाचन भनेको के हो ?
उत्तर : सामान्यतया आमनिर्वाचन पाँच पाँच वर्षमा हुने गर्दछ । यदि कुनै कारणवश पाँच वर्ष नपुगी सो समयभन्दा अगि नै निर्वाचन गराउनु परेमा त्यस्तो निर्वाचन नै मध्यावधि निर्वाचन हो । नेपाली काङ्ग्रेसको आन्तरिक कलहका कारणले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरी वि.सं. २०५१ कार्तिक २९ मा मध्यावधि निर्वाचन गराएका थिए ।
२. वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक तथा सामाजिक उपलब्धिको सूची तयार गर्नुहोस् ।
उत्तर : वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक उपलब्धि :-
(क) कलकारखानाहरू निजीकरण
(ख) बैङ्क र वित्तीय संस्थाहरूको विकास र विस्तार तीव्र गतिमा
(ग) सूचना तथा सञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति हु
(घ) अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता र प्रभावमा वृद्धि हुनु I
वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख सामाजिक उपलब्धि :-
(क) जनताको राजनीतिक चेतनास्तरमा अभिवृद्धि भइरहनु
(ख) अधिकारका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने धारणाको विकास हुनु
(ग) शैक्षिक संस्थाहरूको स्थापना र विकास हुनु
(घ) समावेशी र सामाजिक न्यायमा आधारित शासन व्यवस्थाको प्रारम्भ हुनु
३. “ वि.सं. २०६१ माघ १९ को घटना सिर्जना हुनुमा राजनीतिक दल पनि उत्तिकै जिम्मेवार छन् ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।
उत्तर : वि.सं. २०५६ मा भएको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको थियो । पाटीभित्रको आन्तरिक कलहका कारणले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले वि.सं. २०५९ असार ८ गते प्रतिनिध सभा विघटन गराई मध्यावधि निर्वाचन सिफारिस गरे । माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने भन्दै निर्वाचन सार्न सिफारिस गरेपछि राजाबाट असंवैधानिक कदम चाली प्रत्यक्ष शासन आफ्नो हातमा लिने काम भयो । तसर्थ वि.सं. २०६१ माघ १९ गतेको राजाको कदम सिर्जना हुनुमा राजनीतिक दल विशेष गरी नेपाली काङ्ग्रेस बढी जिम्मेवार रहेको थियो ।
४. वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय उल्लेख गर्नुहोस् ।
उत्तर : वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय :-
(क) नेपालको व्यवस्थापिकासम्बन्धी सम्पूर्ण अधिकार प्रतिनिधि सभाबाट प्रयोग गरिने छ ।
(ख) नेपालको सम्पूर्ण कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने छ । ‘श्री ५ को सरकार’ का सट्टामा ‘नेपाल सरकार प्रयोग गरिने छ ।
(ग) शाही नेपाली सेना’ को नाम परिवर्तन गरी ‘नेपाली सेना’ रहने छ ।
(घ) राजपरिवारको आय र सम्पत्तिमाथि कर लगाइने छ ।
५. अल्पमतको सरकार भनेर कस्तो सरकारलाई बुझाउँछ ? मनमोहन अधिकारीले किन अल्पमतको सरकार गठन गरेका थिए ?
उत्तर : प्रतिनिधि सभाको कुल सिट सङ्ख्याको बहुमत नपुगेको अवस्थाको सरकार अल्पमतको सरकार हो । तत्कालीन व्यवस्थाअनुसार कुनै पनि दलको बहुमत नभएका खण्डमा सबैभन्दा ठुलो दलले सरकार गठन गर्न पाउने व्यवस्था थियो । २०५१ कार्तिक २९ गतेको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउ नसकेपछि चुनावमा सबैभन्दा ठुलो दल बनेको नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले अल्पमतको
सरकार गठन गरेका थिए ।
उत्तर : सामाजिक उपलब्धि :-
(क) समावेशी र सामाजिक न्यायमा आधारित समाज निर्माण
(ख) सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी सबैलाई विकासको मूलधारमा ल्याएको
(ग) साक्षरतादरमा वृद्धि
(घ) जनताको चेतनास्तर हवात्तै बढेकaning
(ङ) द्वन्द्वको अन्त्य भई शान्ति स्थापना
(च) मेलमिलाप, सहकार्य र सहयोगको आदान प्रदान तीव्र ।