एकाइ – छ
पाठ:-४ लोकतन्त्र
अभ्यास
१. विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
उत्तरः जनताद्वारा जनताका लागि जनताले नै तय गरेको विधिद्वारा गरिने शासन पद्धतिलाई प्रजातान्त्र भनिन्छ र यही प्रजातन्त्रको परिवर्तित एवम् विकसित रूपलाई लोकतन्त्र भनिन्छ । आम नागरिकले आफ्नो देशको विकासमा नयाँ सोच र अवधारणालाई जोड दिँदै नागरिक शासन, स्वतन्त्रता र मानवअधिकारको प्राप्तिलाई प्राथमिकता दिँदै लोकतन्त्रको मान्यतालाई व्यवहारमा उतार्न खोजिएको हो र विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका मूल कारणहरू पनियीनै हुन् ।
जनताहरु अत्यन्तै दबिएका थिए, राजाको एकलौटी अधिकार थियो, जनताहरु गरिबी, शोषण अर्थात बेरोजगारी जस्ता यावत् समस्याहरुबाट ग्रसित भइसकेका थिए। उनीहरुलाई आफ्नो मौलिक हक र अधिकारको बारेमा चेतना आइसकेको थियो थोरै भएपनि शिक्षित भैसकेका थिए र आफ्नो अधिकार को बारेमा जानकार हुँदै गइरहेका थिए । यो सँगसँगै नयाँ-नयाँ क्रान्तिहरु र नयाँ-नयाँ परिवर्तनहरू भइसकेका थिए । यस्तै घटनाहरुले देशका जनताहरुमा लोकतन्त्रका लागि, आफ्नो मौलिक हक अधिकार र स्वतन्त्रताकालगी संघर्ष गर्नुपर्छ भन्ने प्रभाव पर्यो ।
लोकतन्त्रमा सामाजिक समावेशिता र विकासमा समताको अवधारणालाई भित्र्याउन र नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर गर्नेगरी (Voice and Choice ) अधिकार प्रदान गरेको हुन्छ। विकासमा सुशासन र जनउत्तरदायीको बहस लोकतन्त्रको मार्फत गरेको हुन्छ ।
अन्ततः लोकतन्त्रका यस्ता सकारात्मक पक्षहरूका कारण विश्वमा लोकतान्त्रिक आन्दोलन फैलँदै गएको हो ।
२. एक देशमा भएको परिवर्तनको प्रभाव अरु देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
उत्तर: ‘एक देशमा भएको परिवर्तनको प्रभाव अरु देशमा पनि पर्दछ’ यस सन्दर्भलाई विश्वमा भएका विविन्न घटनाक्रमहरुले पुष्टि गरिसकेका छन्। एउटा देश अथवा क्षेत्रमा भएको परिवर्तनको प्रभावले गर्दा नै समग्र विश्वका देश, क्षेत्रमा परिवर्तन सम्भव भएको छ र हुँदै जाने छा
उदाहरणका लागि हामीले विश्वमा स्वतन्त्रका लागि भएको विभिन्न परिवर्तनको प्रभावलाई लिन सक्छौं। अमेरिकीहरू बेलायती उपनिवेशबाट मुक्त हुनका लागि सन् १७७५ देखि १७८३ सम्म आन्दोलन गरे। यस युद्धमा अमेरिका विजयी भयो । अमेरिकी स्वतन्त्रता सङ्ग्राममा सहयोग गर्न फ्रान्सले अमेरिकाको पक्षमा सेना पठाएको थियो। ती सैनिक जवानले अमेरिकनहरूले आफ्नो देशका निम्ति बलिदान गरेको देखेका थिए। त्यसैले अमेरिकी स्वतन्त्रता सङ्ग्रामपछि स्वदेश फर्केका फ्रान्सेली सैनिक जवानले फ्रान्समा राजतन्त्रको विरुद्धमा आन्दोलन गरेका थिए। सन् १७८९ मा भएको राज्य क्रान्तिपछि फ्रान्समा लुई सोहीको शासनका साथै गणतन्त्रको स्थापना भएको थियो। फ्रान्सको राज्यक्रान्ति प्रभाव सम्पूर्ण विश्वमापन्यो । सन् १९१७ मा रुसमा भएको जार शासन विरुद्धको आन्दोलनपछि साम्यवादको स्थापना भयो । सन् १९११ मा चीनमा भएको राज्यक्रान्तिपछि छिङ वंशको शासनको अन्त्य र गणतन्त्रको स्थापना भएको थियो। प्रजातन्त्रको आन्दोलन संगसंगै १२ अगस्ट १९४६ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भयो ।
दोस्रो विश्व युद्धपछि विश्वभरि लोकतन्त्र र स्वतन्त्रताको प्रभाव पन्यो छिमेकी देशको स्वतन्त्रताको आन्दोलन र विश्वका अरु देशमा भएको लोकतन्त्र र स्वतन्त्रताको आन्दोलनको प्रभाव नेपालमा पनि पन्यो । वि.सं. २००७ साल फागुन ७ (१९ फेब्रुअरी १९५१) मा नेपालमा राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो । नेपालमा वि.सं. २०६२ २०६३ को आन्दोलनपछि वि.सं. २०६५ जेष्ठ १५ (२८ मई २००८) मा गणतन्त्रको स्थापना भएको हो । अन्ततःयसरी एक देशमा भएको परिवर्तनको प्रभाव अरु देशमा पनि पर्दछ भन्ने सन्दर्भ पुष्टि हुन्छ।
३. नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
उत्तरः लोकतन्त्र (शाब्दिक अर्थ “मान्छेको शासन”, संस्कृत लोक, “जनता”, तन्त्र, “शासन”, ) एक यस्तो शासन व्यवस्था छ जसमा जनता आफ्नो शासक आफै चुन्छन । लोकतन्त्र शासनको एउटा व्यवस्था हो ।
प्रत्येक नागरिकले शासन गर्ने कार्यमा प्रत्यक्ष रूपमा भाग लिन पाउने शासनको किसिम ‘डेमोक्रेसी’ (प्रजातन्त्र) को नाम हुँदै ‘नयाँ नेपाल मा लोकतन्त्र भएर नेपालीको जनजिब्रोमा भिजिसकेको छ । २०६२/०६३ सालको आन्दोलनपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्यपछि नेपालमा लोकतन्त्रको स्थापना भएको थियो।
नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको यसप्रकार रहेका छन्:
• नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा स्थापना,
• स्वतन्त्र एवं निष्पक्ष आवधिक निर्वाचन, शान्तिपूर्ण तरिकाबाट सरकारको निर्माण तथा परिवर्तन,
• नेपालको सार्वभौमसत्ता एवम् राजकीयसत्ता नेपाली जनतामा निहित,
• नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रूपमा स्वीकार गरिएको,
• राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिको व्यवस्था,
• नेपालको इतिहासमा पहिलो पटक जनताबाट घोषणा भएको संविधान,
• संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश तथा स्थानीय तह गरी
• तीन तहको हुने र नेपालमा सातवटा प्रदेश रहने व्यवस्था गरिएको,
• नेपालको कार्यकारिणीको अधिकार यो संविधान र कानूनबमोजिम मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था,
• अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगको व्यवस्था ।