एकाइ – सात

पाठ:-४ बहुसांस्कृतिक र सामाजिक एकता

अभ्यास

१. तपाईं को समुदायमा भएका विविधताको सूची बनाई त्यहाँ भएको एकताको उदाहरणहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः म बस्ने समाज नेपालको राजधानी काठमाडौं हुनाले स्वभाविक रुपमा यहाँ धार्मिक विविधता, सांस्कृतिक विविधता र जातिय विविधता रहँदै आएको छ। देशका विभिन्न क्षेत्र, समुदाय र भूगोलबाट आएर यस क्षेत्रमा साझा फूलबारीका रूपमा रहँदै आएका छन् । यसलाई विविधताभित्र एकता पनि भन्न सकिन्छ ।

हाम्रो देशको विविधता र एकताले नै नेपाल बनेको हो । हामी नेपालीहरु बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिकरुपमा रहेका हौं। यद्यपि यस विविधताका बीचको एकताको स्थितिले नै प्रष्ट पार्दछ कि हामी हाम्रा विविध संस्कृति र चिन्तनका बीच सहिष्णु, उदार र गुणग्राही रहँदै आएका छौं । यसो नभएको भए हाम्रो यो विविधता नै रहने थिएन । यसले आजसम्म निरन्तरता पाउने थिएन । अनि यसमा विभिन्न सांस्कृतिक धाराहरुको समिश्रण विभिन्न श्रोतहरुबाट हुन पाउने पनि थिएन । यस प्रकार हाम्रो यो अनेकताका बीच एकता नरहेको भए नेपाल भन्ने देश जुन विश्वमा १७ वटा देश मात्र अस्तित्वमा रहेका बेलामा पनि अस्तित्वमान रहेको प्राचीन देश हो, त्यो रहने नै थिएन । आजको हाम्रो देशका अध्ययनशील विचारकहरुले आग्रहरहीत र तटस्थ भएर अध्ययन, बिश्लेषण र विचार गर्ने हो भने नेपाली संस्कृतिको यो जुन असल परम्परा छ । त्यसले विविधतालाई सहर्ष स्वीकारेको छ । अनि अन्तरघुलनको बाटो लिएर हामी अघि बढेका छौं । अन्त्यमा, हाम्रा एक चर्चित साहित्यकार महाकवि लक्ष्मीप्रसाद देबकोटाले भने जस्तै यो हाम्रो सुन्दर, शान्त तर विशाल देश नेपालका हामी निवासीहरु प्रकृतिपूजकदेखि हिन्दू, बौद्ध,मुस्लिम, इसाई लगायतका विभिन्न धर्म, सम्प्रदाय एवं दर्शनमा आस्था राख्ने आस्तिकदेखि धर्ममा आस्था नराख्ने नास्तिक अर्थात चार्बाकका अनुयायी अर्थात   त्भौतिकबादी धाराका अनुयायीहरुसम्म पनि यही देशमा छौं। लामो समय देखिको यो विविधतालाई स्वीकार्नु र मान्यता दिनु वास्तवमा यो हाम्रो संस्कृतिको अत्यन्तै सबल र एउटा सफल पक्ष हो।

२. पाठमा प्रस्तुत तथ्याङ्क वा त्यस विषय सँग सम्बन्धित अद्यावधिक तथ्याङ्कलाई चक्रचित्र वा स्तम्भचित्रमा प्रस्तुतगर्नुहोस्।

उत्तरः २०६८ सालको जनगणना अनुसार नेपालमा धार्मिक समुदायको तथ्यांकमा आधारित चक्रचित्र:

२०६८ सालको जनगणना अनुसार नेपालमा धार्मिक समुदायको तथ्यांकमा आधारितस्तम्भचित्र:

स्रोतः केन्द्रिय तथ्यांक बिभाग, २०६८

३. बहुसांस्कृतिकत नै गर्नुहोस् । नेपालीको पहिचान हो यस भनाइलाई पुष्टि

उत्तरः हाम्रो देशको विविधता र एकताले नै नेपाल बनेको हो । क्षेत्रफलको हिसाबले नेपाल विश्वको मध्यम आकारको मुलुक मानिन्छ । यद्यपि नेपाल विविधताले भरिपूर्ण छ । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट देख्न पाइन्छ । यसर्थ, नेपाल बहुजातीय, बहुभाषिक, धार्मिक र सांस्कृतिक देश हो । क्षेत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङजस्ता जनसंख्याको आकारका हिसाबले ठूला जनजातिलगायतका १२५ जातजातिका मानिसहरू यहाँ बस्छन् । यिनीहरूको मातृभाषाको रूपमा आ-आफ्नै भाषा छन् । भनिएको पनि छ- “नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो ।“ यहाँ १० वटा धर्म मान्ने मानिसहरू बस्छन् । हिन्दू धर्म मान्ने मानिसहरू शिव, दुर्गा आदिको पूजा गर्छन् । बुद्ध धर्मका अनुयायीहरुले भगवान बुद्धलाई पुजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई अल्लाह भन्दछन् । इसाई धर्म मान्नेहरू चर्चमा गएर क्राइस्टको प्रार्थना गर्दछन् । किरात धर्म मान्नेहरू पारुहाङ र सुङनीमा (सुम्निमा) लाई मान्दछन् । नेपाल संस्कृतिमा धनी राष्ट्र हो । बहुभाषी, बहुजाति र बहुधर्मका मानिसका आ-आफ्नै भेषभूषा र संस्कृति छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको । समाजभित्र विभिन्न धर्म, पेसा, जातजाति, संस्कृति, भाषा भाषी, भेषभुषा, खानपान, हुन्छ रहनसहन, चाड पर्व, उत्सव आदि भएका मानिसहरू बसोबास गर्दछन् । यसैअनुरूप समाजमा विभिन्न गतिविधि हुने गर्दछ । समाजमा हुने विभिन्न राजनैतिक, धार्मिक, आर्थिक, सांस्कृतिक गतिविधिदेखि लिएर ज्ञान-विज्ञान, साहित्य, कला, मनोरञ्जन आदि जस्ता सम्पूर्ण गतिविधि राष्ट्रलाई पहिचान गराउने तत्वहरू हुन् ।

यिनै विविधताले नै नेपाललाई विश्वमै पृथक एवं मौलिक पहिचानका रुपमा स्थापित गरेको छ ।विश्वमा नेपाल सगरमाथाको देश, भगवान गौतमबुद्धको देश, वीरहरूको देश, शान्तिको भूमि,मन्दिरै मन्दिरको देशका नामले पनि चिनिन्छ । विश्व सम्पदा सूचिमा नेपालका दश स्थानसमावेश छन्। ती ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय, राष्ट्रिय निकुञ्ज अन्तर्गतका सम्पदा हुन्। नेपाल एक विविधताले भरिपूर्ण सुन्दर देश हो । नेपालमा हिमाल, पहाड र तराईको भौगोलिकसमिश्रण छ भने संस्कृतिमा पनि उत्तिकै विविधता छ, त्यो विविधतामा एकता छ ।समयक्रमसँगै नेपालको राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक आदि

Similar Posts

Leave a Comment