एकाइ – चार

पाठ-४: पुँजीवादी युग र आधुनिक विश्व

अभ्यास

१. पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् ।

उत्तरः मानव समाज विकासक्रममा मानव समाज ढुङ्गे युग, कृषि युग, सामन्त युग हुँदै वर्तमान पुँजीवादी औद्योगिक युगमा आइपुगेको हो। यसै सन्दर्भमा पुँजीवादी व्यवस्था र सामन्तवादी व्यवस्था बिच को असामानताको कुरा गर्नुपर्दा यी दुवै व्यवस्थाले छुट्टाछुट्टै युग र संस्कृतिको प्रतिनिधित्व गर्दछ । पुँजीवादी व्यवस्था औद्योगिक उत्पादनमा आधारित छ भने सामन्तवादी व्यवस्था कृषि उत्पादनमा आधारित छ। पुँजीवादी व्यवस्थामा मानिससँग भएको धन, सम्पति र पुँजीलाई पहिलो स्थानमा राखिन्छ भने सामान्तवादी व्यवस्थामा बढीभन्दा बढी जमीन ओगटी खेती गर्न मानिसहरु हाडबाजी गर्दथे। त्यसैगरी पुँजीवादी व्यवस्था पूर्ण रुपमा प्रविधिमैत्री उत्पादन व्यवस्था हो भने सामन्तवादी उत्पादन व्यवस्थामा अत्यधिक कम प्रविधिको प्रयोग भएको पाइन्छ । पूँजीवादी व्यवस्था भएको देशमा सामान्तया पूँजीपतिले देशको राजनीति सञ्चालन गर्छन् भने सामन्तवादी व्यवस्थामा सामन्तहरुको पहुँच राजनीतिमा थियो ।

सामन्तवादी सामाजिक राजनैतिक व्यवस्था रहुन्जेल यो विश्वमा खासै विकास निर्माणको कार्य भएको थिएन भने वर्तमान पूँजीवादी व्यवस्थामा यो वर्तमान विश्व यातायात का साधन र इन्टरनेटको आविस्कार भएसँगै ग्लोबल भिलेजमा रुपान्तरण भइसकेको छ। युरोपियन देशहरु विकासको चरम विन्दुमा पुगिसकेका छन् । सामन्तवादी युगमा हुने कृषि मजदुर र दासहरु माथि हुने शोषण, दमन र भेदभाव वर्तमान पूँजीवादी औद्योगिक युगमा औद्योगिक मजदुरहरु र अत्यन्तै गरीब मानिसहरु जाथि हुने गरेको छ । सामन्तवादी युगसम्म समाजका हरेक क्षेत्रहरु परम्परागत सोच र धर्मबाट बढी प्रभावित थियो भने वर्तमान पूँजीवादी व्यवस्थामा समाजका हरेक क्षेत्रमा आधुनिक सोच र प्रविधिको प्रयोग भएको पाइन्छ । दया, माया, मानवता र धर्म गौण बनिसकेको छ । व्यक्तिवादी सोच र नाफामुलक मानव यत्रतपत्र व्याप्त छ ।

२. युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।

उत्तरः (एक टेलिभिजनने इतिहास शास्त्रीसँग अन्तवार्ता लिएको थियो । सो अन्तर्वार्ताका महत्त्वपूर्ण अंस यहाँ प्रस्तुत गरिएको छ।)

पत्रकारः नमस्ते विज्ञज्यू! हाम्रो यो टेलिभिजनमा तपाईंलाई स्वागत छ । युरोपको औद्योगिक

क्रान्ति के हो र कस्तो क्रान्ति हो ? प्रस्ट पारिदिनुहुन्छ कि ?

शास्त्री : हजुर, नमस्ते । राम्रो जिज्ञासा राख्नुभयो । सुरुमा म औद्योगिक क्रान्तिको सन्दर्भमा केही कुरा राख्न चाहन्छु । १८ औं शताब्दीमा बेलायतबाट सुरु भई युरोप हुँदै बाँकी विश्वभरि नै औद्योगिक क्षेत्रमा भएको रुपान्तरण (Transformation) लाई औद्योगिक क्रान्ति भनिन्छ । औद्योगिक क्षेत्रमा आएको अप्रत्यासित, द्रुत र आश्चर्यजनक परिवर्तन नै औद्योगिक क्रान्ति हो । जसमा सदियौं देखिको कृषि युगको अन्त भएको, औद्योगिक युगको उदय भएको र समग्र आर्थिक गतिविधिमा ऐतिहासिक रूपमै परिवर्तन आएको थियो । यस्तो घटना सन् १७६० को दशकदेखि सुरु भै १८४० सम्ममा अत्यन्तै विकसित अवस्थामा पुगेको थियो । त्यो समयमा आर्थिक विधामा केबल वृद्धि मात्र भएको थिएन, रूपान्तरण नै भएको थियो । विना रक्तपात औद्योगिक क्षेत्रमा आमूल परिवर्तन भएको कारण पनि यस घटनालाई औद्योगिक क्रान्ति भनिएको हो ।

पत्रकार: ए! त्यसो भए औद्योगिक क्रान्तिलाई मुख्यतः कुन कुन क्षेत्रमा भएको रूपान्तरण चिनिन्छ ?

शास्त्री : औद्योगिक क्रान्तिलाई निम्न ५ क्षेत्रमा भएको Transformation (रूपान्तरण) भनेर पनि चिनिन्छ ।

१) घरेलु उद्योगबाट कारखानामा,

२) कृषि मजदुरबाट कारखाना मजदुरमा,

३) हाते श्रम र सीपबाट औद्योगिक मेशिनरी,

४) जैविक शक्तिबाट मेशिनरी शक्तिमा,

५) पुरानो विचारबाट नयाँ विचारमा

पत्रकार: औद्योगिक क्रान्तिले मानव समाजमा के कस्ता प्रभावहरु परेका छन् त शास्त्री ज्यू? शास्त्री: १८ औं शताब्दीको मध्यबाट बेलायतमा सुरु भई १९ औं शताब्दीको मध्यसम्म क्रमशः युरोप हुँदै विश्वभर फैलिएको एक महान, अभूतपूर्व रक्तहिन र विश्व व्युँत्याउन सफल औद्योगिक क्रान्तिका दुवै सकारात्मक र नकारात्मक प्रभावहरु छन् ।

महान औद्योगिक क्रान्तिको प्रभावलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

• ठूला ठूला कलकारखानाको उदय,

• ठूला-ठूला औद्योगिक नगरहरूको स्थापना,

• उत्पादन र उत्पादकत्वमा वृद्धि,

• मानवीय जीवनयापनमा सुधार,

• स्वतन्त्र व्यापार सिद्धान्तको जन्म र वैदेशिक व्यापारमा वृद्धि,

• राष्ट्रिय अर्थतन्त्रमा वृद्धि,

• Trade Union Rights को जन्म,

• यातायात प्रणालीको विकास,

ठूला-ठूला वैज्ञानिक खोज अनुसन्धानको विकास आदि

औद्योगिक क्रान्ति एक महान क्रान्ति हुँदा हुँदै पनि यसका पछाडि निम्न नकारात्मक प्रभावहरू रहेका छन्ः

• मजदुरहरूको दयनीय अवस्था भएको,

• बेरोजगारी समस्याको उत्पत्ती,

• घरेलु कुटिर उद्योग धन्दाको अन्त,

• समाजमा दुई वर्ग (पुँजीपती र मजदुर) को उदय,

• वर्ग संघर्षको विजारोपण,

• साम्राज्यवादको विस्तार र उपनिवेशवादको जन्म,

• औद्योगिक पुँजीवादको जन्म,

पत्रकार: आज यहाँ आएर औद्योगिक क्रान्तिको बारेमा धेरै जानकारी दिनुभयो । तपाईंलाई धेरै धन्यवाद छ ।

शास्त्री : मलाई औद्योगिक क्रान्तिको बारेमा महत्त्वपूर्ण कुराहरू राख्ने अवसर दिनुभएकामा तपाईं र यस टेलिभिजन च्यानललाई पनि धन्यवाद दिन्छु ।

३. पुँजीवादी समाज र औद्योगिकीकरण विचको सम्बन्ध प्रस्ट पार्नु

उत्तरः व्यवस्थामा उत्पादनका साधनहरूमा निजी स्वामित्व कायम रहने र समाजमा वस्तुको वितरण र विकास स्वतन्त्र बजारको अवधारणामा आधारित हुने समाजलाई पूँजीवादी समाज भनिन्छ भने औद्योगिक क्षेत्रमा आएको अप्रत्यासित, द्रुत र आश्चर्यजनक परिवर्तन औद्योगिकीकरण । यी दुबैबीच अन्तरसम्बन्ध रहँदै आएको छ।

पुँजीवादी समाज खास गरी औद्योगिकीकरणमा आधारित हुन्छ। पुँजीवादी समाजको विकास हुँदै जांदा उत्पादनको दर र मात्रा बढाउनका लागि जीवाश्म (Fossil) इन्धनबाट चल्ने मेसिनको तीव्र विकास भयो । मेसिन तथा औजारहरूको व्यापक प्रयोगले मानवीय श्रमको प्रयोगलाई ठुलो मात्रामा कटौती गन्यो औद्योगिक उत्पादनमा मानव श्रमको उपयोग कम भएता पनि उत्पादित वस्तुहरूको बजारीकरण तथा सेवा क्षेत्रको व्यापक विस्तारले गर्दा औद्योगिक सहरहरूको विकास हुँदै गयो। ती सहरहरूमा जनसङ्ख्या तीव्र रूपमा बढ्न थाल्यो । औद्योगिक विकासको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले सहरीकरण प्रक्रियालाई अझ व्यापक बनायो । सन् १९०० को सुरुआतसम्म आइपुग्दा रेलमार्गको विकास भइसकेको थियो । समुद्रमा इन्जिनबाट चल्ने ठुला आकारका पानीजहाज चलाउन थालिसकेको थियो । यसपछि सवारी साधनको विकास तीव्र गतिले हुन थाल्यो । यसले आवतजावत र दैनिकीमा ठुलो परिवर्तन ल्यायो । सहर र सहरिया जीवनशैलीले बढीभन्दा बढी जनसङ्ख्यालाई गाउँबाट सहरतर्फ तान्न थाल्यो । यी सबैमा औद्योगिकीकरणले नै प्रमुख भूमिका खेल्यो । जलविद्युत् गृहको स्थापनाको क्रम बढ्न थाल्यो । ऊर्जाका स्रोतहरूमा आएको परिवर्तनले दैनिक उपभोग्य वस्तुको उत्पादनमा नयाँ दिशा दिन थाल्यो । सञ्चारको विकाससमेत व्यापक रूपमा भई टेलिफोन, रेडियो, टिभी र इन्टरनेट मानिसको दैनिक जीवनमा जोडिन आइपुगे । त्यसै गरी शिक्षा क्षेत्रमा आएको परिवर्तनले शिक्षित जनसङ्ख्या बढ्दै गयो । योग्यता भएका मानव संसाधनहरूको उत्पादन हुन थाले । यसले मानव समाजमा शिक्षाको महत्त्व बढायो |

४. पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्व बढी हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।

उत्तरः पुँजीवादी अर्थ व्यवस्थामा उत्पादनका साधनहरूमा निजी स्वामित्व कायम रहन्छ । पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यस्तो समाजमा वस्तुको वितरण र विका स्वतन्त्र बजारको अवधारणामा आधारित हुन्छ । यस्तो व्यापार प्रणालीमा प्रत्येक व्यक्तिले प्रतिस्पर्धामार्फत बढीभन्दा बढी मुनाफा कमाउने प्रयासमा लाग्ने गर्दछन्। पुँजीवादी समाजमा मानिससँग भएको धन, सम्पति र पुँजीलाई पहिलो स्थानमा राखिन्छ।

५.औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्ध छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः व्यवस्थामा उत्पादनका साधनहरूमा निजी स्वामित्व कायम रहने र समाजमा वस्तुको वितरण र विकास स्वतन्त्र बजारको अवधारणामा आधारित हुने समाजलाई पूँजीवादी समाज भनिन्छ भने औद्योगिक क्षेत्रमा आएको अप्रत्यासित, द्रुत र आश्चर्यजनक परिवर्तन औद्योगिकीकरण । यी दुबैबीच अन्तरसम्बन्ध रहँदै आएको छ। पुँजीवादी समाज खास गरी औद्योगिकीकरणमा आधारित हुन्छ ।

पुँजीवादी समाजको विकास हुँदै जांदा उत्पादनको दर र मात्रा बढाउनका लागि जीवाश्म (Fossil) इन्धनबाट चल्ने मेसिनको तीव्र विकास भयो । मेसिन तथा औजारहरूको व्यापक प्रयोगले मानवीय श्रमको प्रयोगलाई ठुलो मात्रामा कटौती गन्यो औद्योगिक उत्पादनमा मानव श्रमको उपयोग कम भएता पनि उत्पादित वस्तुहरूको बजारीकरण तथा सेवा क्षेत्रको व्यापक विस्तारले गर्दा औद्योगिक सहरहरूको विकास हुँदै गयो। ती सहरहरूमा जनसङ्ख्या तीव्र रूपमा बढ्न थाल्यो । औद्योगिक विकासको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले सहरीकरण प्रक्रियालाई अझ व्यापक बनायो । सन् १९०० को सुरुआतसम्म आइपुग्दा रेलमार्गको विकास भइसकेको थियो । समुद्रमा इन्जिनबाट चल्ने ठुला आकारका पानीजहाज चलाउन थालिसकेको थियो । यसपछि सवारी साधनको विकास तीव्र गतिले हुन थाल्यो । यसले आवतजावत र दैनिकीमा ठुलो परिवर्तन ल्यायो। सहर र सहरिया जीवनशैलीले बढीभन्दा बढी जनसङ्ख्यालाई गाउँबाट सहरतर्फ तान्न थाल्यो । यी सबैमा औद्योगिकीकरणले नै प्रमुख भूमिका खेल्यो । जलविद्युत् गृहको स्थापनाको क्रम बढ्न थाल्यो । ऊर्जाका स्रोतहरूमा आएको परिवर्तनले दैनिक उपभोग्य वस्तुको उत्पादनमा नयाँ दिशा दिन थाल्यो । सञ्चारको विकाससमेत व्यापक रूपमा भई टेलिफोन, रेडियो, टिभी र इन्टरनेट मानिसको दैनिक जीवनमा जोडिन आइपुगे । त्यसै गरी शिक्षा क्षेत्रमा आएको परिवर्तनले शिक्षित जनसङ्ख्या बढ्दै गयो । योग्यता भएका मानव संसाधनहरूको उत्पादन हुन थाले । यसले मानव समाजमा शिक्षाको महत्त्व बढायो । अस्तित्वमा आएको समय फरक भएता पनि औद्योगिक र पुँजीवादी समाजको विकास विश्वमा सँगसगै भएको देखिन्छ र यिनका अन्तरसम्बन्ध पनि गहिरो रहँदै आएको देखिन्छ ।

Similar Posts

Leave a Comment