एकाइ – तीन

पाठ-४: तनाव व्यवस्थापन

अभ्यास

(क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?
उत्तरः
माथिको घटनामा तनाव सिर्जना गर्ने कारण यसप्रकार रहेका छन्:

• सहरको बसाई खर्चिलो हुनु,

• परिक्षा कसरि राम्रो गर्ने भन्ने चिन्ता हुनु,

• खर्चको समस्या हुनु,

• पारिवारिक चिन्ता हुनु,

• राति निन्द्रा नलाग्नु, लागे पनि कम लाग्नु,

• खाना खान मन नलाग्नु,

 •पढाइमा ध्यान केन्द्रित नहुनु आदि ।

(ख) तनावले ज्ञानहरिलाई कस्तो असर पारेको छ ?

उत्तरः तनावले जानहरिलाई पारेको असर यसप्रकार रहेका छन्ः

• मनमा नकारत्मक कुराहरू खेल्ने वा बढी आइरहने,

• पढाइमा ध्यान केन्द्रित नहुने,

• निन्द्रा नलाग्ने,

• खाना खान मन नलाग्ने ।

(ग) तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदा के के

उत्तरः व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्था तनाव हो । वातारणमा आएको परिवर्तनका कारण व्यक्तिमा देखिएको शारीरिक तथा मानसिक परिवर्तनको स्थिति नै तनाव हो

योगले तन र मनमा फूर्ति आउँछ। योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ । नियमित योग गर्ने मानिस र योग नगर्ने मानिसमा तुलना गर्ने हो भने योग नगर्ने मानिसभन्दा योग गर्ने मानिस स्वस्थ, तनावमुक्त, तन्दुरुस्त देखिन्छन्। योग शारीरिक मानसिक र आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह हो। स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ । स्वस्थ मानिसको चिनारी रोग मात्र नभएको भन्ने हुँदैन। मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक र सामाजिक अवस्थामा पनि स्वस्थ रहन आवश्यक हुन्छ। यसरी शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक उपाय भनेको योग र ध्यान नै हो। योगका कारण शारीरिक, मानसिक अवस्था निर्मल रहन्छ र यही शारीरिक, मानसिक अवस्था राम्रो भयो भने मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ ।

तनाव व्यवस्थापनमा योग र ध्यानले पुर्याउने फाइदाहरू निम्नानुसार रहेका छन्ः

• चिन्ता, पिर, तनाव वा दबाब मुक्त गर्ने,

• मनलाई एकिकृत गर्छ,

• शरीरमा खुसि ल्याउने,

• अनावश्यक खर्च वा कार्य गर्ने प्रविधिको अन्त्य गर्ने,

• सकारात्मक कुराहरूबाट शारीरिक तथा मानसिक सन्तुष्टि प्रदान गर्ने ।

(घ) ‘तनाव व्यवस्थापनमा ज्ञानहरिले अपनाएका रणनीतिहरू वास्तवमा सकारात्मक छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः तनाव व्यवस्थापनमा जानहरिले अपनाएका रणनितीहरू सिर्जनशील छन् र उपयुक्त पनि छ कुनै काम वा कुराले हाम्रो मस्तिष्कमा दबाब, झञ्झट, झमेला, दुःख, कष्ट, पिर, वेचैनि, हैरानि आदि उत्पन्न हुनुलाई तनाव भनिन्छ भने तनाव व्यवस्थापन भन्नाले यस्ता प्रकारका मानसिक समस्याहरूको सामाधान गर्ने वा निवाहरण गर्नुलाई तनाव व्यवस्थापन भनिन्छ ।

मानसिक तनावको व्यवस्थापन सकारात्मक र नकारत्मक ढङ्गले गर्दछन् तर तनावको व्यवस्थापन विभिन्न रणनितीहरूको प्रयोग गरी सकारात्मक ढङ्गले गर्नुपर्छ । ज्ञानहरिले अपनाएका रणनीतिहरू यसप्रकार रहेका छन्ः

• उनले ध्यान र योग गरे,

• चित्रकला र सङ्गीतमा संलग्न भए,

 • एकान्त प्रेमबाट टाढा रहे.

 • असल साथीसँग घुलमिल गरेर सल्लाह लिए,

 • सन्तुलित भोजन र दैनिक व्याम गरे,

• परिवारका सदस्यहरूसँग सञ्चार गरे,

अन्तिममा उनले गरेका यसप्रकारका क्रियाकलापबाट उनले नयाँ जीवन पाएका छन्, स्वस्थ, तनावमुक्त र तन्दुरुस्त भए ।

(ङ) तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ । के तपाईं यस भनाइसँग सहमत हुनुहुन्छ, आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।

उत्तरः तनाव हुनुभन्दा पनि त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुछ बढी महत्वपूर्ण हुन्छ, म यस भनाइसँग सहमत छु । धेरै थोरै तनाव सबैमा हुन्छ । आफ्नो समग्र विकासका लागि पनि तनाव आवश्यक छ, आदि आदि सुन्नमा आउँछन्। हामीले हाम्रो सोचद्वारा नै तनाव निम्त्याउँछौं, यो आवश्यक ठान्दछौं र त यो आउँछ। अन्यथा तनाव नभएको मानिस पनि बन्न सक्छौं हामी त्यसको लागि आफूलाई, आफ्नो मनलाई, आफ्नो स्वभावलाई, बानीव्यवहारलाई, आचरणलाई व्यवस्थापन गर्नुपर्छ।

तनावको निवारणको उपाय भनेको आफैंमा समझको विकास हुनु नै हो । जुन कुरा आफ्नो हातमा छैन त्यसप्रति तनाव लिएर कुनै फाइदा हुँदैन । मानसिक रूपमा नकारात्मक सोचको विकास गर्नु, नकारात्मक ऊर्जा फैलाउनु, नकारात्मक कुरामा चासो दिनु र कुलत त्याग्न नसक्नु तनावका कारण हुन् । अरूका कुरा र व्यवहारलाई हामी व्यवस्थापन गर्न सक्दैनौं तर ती कुराहरूबाट आफू जोगिएर बस्न भने सक्छौं । यही नै आफैँले आफैँलाई व्यवस्थापन गर्ने सही तरिका हो।

अतः तनाव होइन आफैँलाई व्यवस्थापन गर्ने कला हो – आफूसँग जे छ त्यो नदेख्ने र जे छैन त्यसप्रति आशक्ति हुने स्वभाव परास्त गर्नु । सबैले आफूसँग भएको मौलिक गुण र क्षमता पहिचान गर्न भुलेर अरूको प्रतिष्ठा र पदलाई खुसी देख्ने प्रवृत्ति त्याग्नु । आन्तरिक स्थिरता, कोमलता, शान्ति र स्वतन्त्रता हाम्रा आन्तरिक सम्पदा हुन्, यो सम्पदालाई भोग्नुजस्तो खुसी अरू के होला भन्ने ज्ञान राख्नु । आफ्नो अहंकारप्रति जागृत हुनु र सरल एवं सहज जीवन बिताउने कोशिस गर्नु ।

Similar Posts

Leave a Comment