एकाइ- -नौ

पाठ:-४ उमेर संरचनाको सङ्क्रमण र जनसाङ्ख्यिक लाभांशको उपयोग

१. जनसाङ्ख्यिक सङ्क्रमण र उमेर संरचनाको सङ्क्रमणको छोटो परिचय लेख्नुहोस् ।

उत्तरः जीवनमा एकचोटिमात्र घटित जन्म र मृत्यु जस्ता घटनाहरूलाई जनसांख्यिकीय घटना (Demographic Events) भनिन्छ । जनसाङ्ख्यिक घटना जन्म र मृत्यु का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण (Demographic Transition ) भनिन्छ ।
उमेर वा उमेर समूहअनुसार जनसङ्ख्याको वितरणलाई जनसङ्ख्याको उमेर संरचना भनिन्छ । उमेर संरचनालाई एक एक बसें उमेर समूह, पाँच पाँच बसें उमेर समूह, दश दश बसें उमेर समूह र बह उमेर समूहमा वर्गीकरण गरेर अध्ययन गरिन्छ। विशेषगरी नेपालको उमेर अनुसारको जनसाङ्ख्यिक विश्लेषणमा १४ वर्षमुनिका र ६० वर्षभन्दा माथिका उमेर समूहलाई आश्रित जनसङ्ख्या र १५ देखि ५९ वर्ष उमेर समूहलाई सक्रिय जनसङ्ख्या भनिन्छ ।

. जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई कसरी प्रभाव पार्दछ, आफ्नो विचार लेख्नुहोस्

उत्तरः उच्च मृत्युदर र उच्च प्रजनन दरको अवस्थाबाट न्यून मृत्युदर र प्रजनन दर जनसाङ्ख्यिक सङ्क्रमणले उमेर संरचनामा प्रत्यक्ष प्रभाव पार्दछ । त्यस्तो अवस्थामा जनसङ्ख्याको सङ्क्रमण सानो उमेर संरचनाबाट ठुलो उमेर संरचनामा परिवर्तन हुन्छ । यो प्रक्रियालाई उमेर संरचनाको सङ्क्रमण भनिन्छ । बाल आश्रित जनसङ्ख्याबाट आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा र आर्थिक रूपले सक्रिय जनसङ्ख्याबाट वृद्धा आश्रित जनसङ्ख्या परिवर्तन हुने यो अवस्था जनसाङ्ख्यिक सङ्क्रमणको एक विशेष अवस्था हो।
उमेर संरचनाको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरणमा मृत्युदर घट्छ र प्रजनन दर बढ्छ । यस्तो अवस्थामा बालबालिकाको सङ्ख्यामा वृद्धि हुनाले उमेर संरचनाको सङ्क्रमण ठुलो उमेरबाट सानो उमेरतिर सर्दछ । दोस्रो अवस्थामा प्रजनन दर पनि घट्ने हुनाले बालबालिकाको सङ्ख्या घट्छ र बच्चा जन्माउन तथा काम गर्न सक्ने उमेरको जनसङ्ख्यामा वृद्धि हुन्छ । त्यसैगरी तेस्रो अवस्थामा यदि प्रजनन दरको घट्दो अवस्था यथावत् रहिरहेमा बालबालिका र वयस्कहरूको सङ्ख्यामा ह्रास आउँछ भने वृद्धवृद्धाको सङ्ख्या बढ्छ ।
जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रभावित पार्दछ । घट्दो जन्मदरले यो प्रक्रियालाई लामो समयसम्म निरन्तर प्रभाव पार्दछ । त्यसैले उमेर संरचनाको सङ्क्रमण एक लामो प्रक्रिया पनि हो । यसले वृद्धवृद्धाको सङ्ख्यामा वृद्धि गरी जनसङ्ख्याको पिरामिडलाई पनि प्रभावित पार्दछ । संसारमा जापानलाई वृद्धवृद्धाको देश भनेर चिनिन्छ किनकि सन् १९५० देखि २०१० सम्ममा यहाँको जन्मदरमा निरन्तर कमी आएकाले उमेर संरचनामा पनि व्यापक रूपमा परिवर्तन आएको थियो ।

३. जनसाङ्ख्यिक लाभांश र जनसाङ्ख्यिक अवसरको झ्यालबिचको सम्बन्ध आफ्नै शब्दमा व्याख्या गर्नुहोस् ।

उत्तरः
देशमा उपलब्ध जनसंख्यामा आर्थिक रुपले सक्रिय हुन सक्ने जनसंख्याको बाहुल्यता रहेको अवस्था नै जनसाङ्ख्यिक लाभांश हो । अर्को अर्थमा, देशको कुल जनसंख्यामा श्रम जनसाङ्ख्यिक लाभांश । गर्न सक्ने वा आर्थिक रुपले स्वावलम्वी वा सक्रिय हुन सक्ने जनसंख्या धेरै भएको अवस्था हो जनसाङ्ख्यिक लाभांश ।
जनसाङ्ख्यिक सङ्क्रमणका क्रममा प्रजनन दर कम हुने अवस्था निरन्तर रहिरहेमा कुनै एक निश्चित समय अवधिसम्म मात्र जनसायिक लाभांशको अवस्था रहिरहन्छ । यस्तो जनसाङ्ख्यिक लाभांशको अवस्थाले कुनै पनि देशको आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई जनसाङ्ख्यिक अवसरको झ्याल (Demographic Window of Opportunity ) भनिन्छ । यस्तो अवस्थामा लगानी र बचतका कारण आर्थिक वृद्धिदर बढ्छ । कुनै पनि देशले यस अवस्थाको सही सदुपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । सन् १९६० को दशकको जनसाङ्ख्यिक
लाभांशको अवस्थामा सिङ्गापुर, कोरिया, थाइल्यान्ड एवम् मलेसियाले ठुलो आर्थिक प्रगति गरेका थिए ।जनसाङ्ख्यिक अध्ययनका विभिन्न प्रतिवेदनअनुसार नेपालमा जनसाङ्ख्यिक अवसरको भ्याल (Demographic Window of Opportunity) करिब ५५ वर्ष (सन् १९९२ देखि सन् २०४७) सम्म रहने अनुमान गरिएको छ। यस अवधिको हाल (सन् २०२०) सम्ममा करिब २८ वर्ष बितिसके को छ भने २७ वर्ष बाँकी रहेको छ । यस अवधिमा आर्थिक रूपले सक्रिय जनसङ्ख्याको आर्थिक विकासमा सदुपयोग गर्न सकेमा देशको चौतर्फी विकासका सम्भावना रहन्छन् । यद्यपि जनसाङ्ख्यिक अवसरको भ्यालको आजसम्मको अवधिलाई अध्ययन गर्दा अधिकांश आर्थिक रूपले सक्रिय जनसङ्ख्या बेरोजगार रहेको र धेरै सङ्ख्यामा विदेसिएको देखिनुले देशको आर्थिक विकासमा चुनौती देखिएको छ ।
अन्ततः जनसाङ्ख्यिक लाभांशलाई जनसाङ्ख्यिक अवसरको रुपमा उपयोग गर्नका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छः
(क) .देशमा उपलब्ध श्रमशक्तिको अधिकतम उपयोग गरी कुल गार्हस्थ उत्पादन वृद्धि गर्ने,
(ख). देशको आम्दानी र बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने,
(ग) .दक्ष जनशक्ति उत्पादनमा उचित लगानी गर्ने,
(घ) .समयमै जनशक्ति प्रक्षेपण गरी योजना निर्माण र कार्यान्वयनलाई अगाडि बढाउने,
(ङ) एकीकृत बस्ती विकासमार्फत जनसङ्ख्या व्यवस्थापनलाई सहज बनाउने,
(च) भविष्यमा वृद्धि हुने जेष्ठ नागरिकको सङ्ख्यालाई अनुमान गरी सामाजिक सुरक्षाको क्षत्रमा लगानी गर्ने आदि।

Similar Posts

Leave a Comment