एकाइ – दुई

पाठ-४: इन्टरनेटबाट सूचना तथा अध्ययन सामग्रीको खोजी र प्रयोग

अभ्यास

(क) सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।

उत्तरः सर्च इन्जिन भनेको सूचन तथा जानकारीहरूको भण्डार हो । यस्तो भण्डारबाट सूचना प्राप्ति सजिलो बनाउनका लागि विभिन्न सर्च इन्जिनहरु को विकास गरिएको छ । सर्च इन्जिनहरू मार्फत इन्टरनेटमा राखिएको विभिन्न सूचनालाई सहज रुपाना खोजी गर्न सकिन्छ । वेबसाइटको सर्च गर्ने बक्समा खोजी गर्ने विषय टाइप गरेमा यसका बारेमा विभिन्न सूचना प्राप्त हुन्छ ।

सर्च इन्जिनको महत्त्व यसप्रकारको छः

१. सूचना आदान प्रदान छिटोछरितो गर्न सकिने,

२. घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने,

३.कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,

४. घरमै बसेर खरिदबिक्री गर्न सकिने,

५. आफ्ना विचार भावना राख्न सजिलो हुने ।

(ख) कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।

उत्तरः सर्च इन्जिनहरु यसप्रकार रहेका छन्ः

१. गुगल (Google)

१. Yahoo

३. Bing

विशेषताहरु:

• यसले विश्वको कुनै पनि ठाउको सूचनालाई विद्युतीय गतिमा विश्वका मानिस हरुलाई सहजरुपमा पुर्याउने काम गर्छ ।

• कम्प्युटर संजालका माध्यमबाट यसले एउटा कम्प्युटर र अर्को कम्प्युटरका बिचमा सूचना प्रवाह गर्ने काम गर्दछ ।

• यसमा विश्वमा घटेका घटना, समाचार, ब्यापारिक गतिविधिआफिसम्पूर्ण कुराको जानकारी प्राप्त गर्न सकिन्छ ।

• यसले विश्वको कम्प्युटरका बिचमा सूचना र संचार प्रवाह गरी अन्तर्सम्बन्ध स्थापना गरीदिने काम पनि गर्छ ।

• विभिन्न खोज र अनुसन्धानलाई सजिलो बनाउन सहयोग गरेको छ ।

Similar Posts

Leave a Comment