एकाइ – एक

पाठ-३ सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा

अभ्यास

१. कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित समाचार तयार पार्नुहोस् ।

 संखुवासभामा प्रहरीले भेट्टायो चोरीका ६ मोटरसाइक

२१ साउन, संखुवासभा ।

इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ। केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि थालिएको अनुसन्धानका क्रममा ६ मोटरसाइकल फेला पारिएको हो ।

चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार ट्राफिक प्रहरीसमेतको सहयोगमा गरको अनुसन्धानका क्रममा मोटरसाइकल चोरीमा संलग्न चैनपुरका २१ वर्षीय सन्देश शेर्पा पनि पक्राउ परेका छन् ।

“विशेष चेकजाँचका क्रममा सुमन कार्कीले चलाएको बा ९६ प ३६०२ नम्बरको मोटरसाइकल रोकर जाँच गर्दा च्याचिस नम्बर र इञ्जिन नम्बर मिलेन,’ उनले भने, ‘त्यसपछि कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानका गर्ने क्रममा उक्त मोटरसाइकल शेर्पाले बेचेको पाइएको थियो । उनीबाट अन्य मोटरसाइकलबारे पनि सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको छ ।

२. पाठमा उल्लिखित कुनै एक सिपसँग सम्बन्धित हुने गरी कथा, कविता, गीत, संवाद, चिठी र चित्रमध्ये कुनै एकको रचना गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।

                                               मेरो देश

– सोफिया बानो

            कति खोजें देश मैले बोकी मानचित्र आखिरमा देश पाएँ आफ्नै छातीभित्र देश हेर्न लेक, बेंसी, तराई सबै धाएँ  बुझ्दाखेरि आफ्नो देश आफैंसित पाएँ

जुन दिन छातीभित्र देश मैले भेटें डाँडाकाँडा जताततै देशैदेश देखें मेची, कोसी, सेती, काली, कर्णालीका तीर आफ्नै रगत बगे जस्तो आफ्नै मुटुनिर

पहाड, मधेश, हिमाल सबै मेरो घरबार सबै जात, सबै वर्ग मेरो परिवार नेपालीको आँसु पुछ, देशले मलाई भन्छ नेपाललाई बिर्से भने कसले मलाई गन्छ ?

३. सामाजिक अध्ययनमा प्रयोग हुने सिपहरु उल्लेख गर्नुहोस् ।

उत्तरः सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल उद्देश्य बालबालिकालाई असल देशभक्त चरित्रवान, सक्षम र सिर्जनशील नागरिक तयार पार्नु हो। यसका लागि विद्यार्थीमा विभिन्न प्रकारका जीवनोपयोगी सिप सिर्जनशील सिप र कही विषयगत सिपहरू हासिल हुनुपर्दछ । यस्ता सिपले व्यक्तिलाई जीवनभर समाजमा सहज रूपमा जिउन सहयोग गर्दछन् ।

सामाजिक अध्ययनमा प्रयोग हुने सिपहरु यसप्रकार रहेका छन्ः

क. नक्सा अध्ययन गर्ने र नक्सा उतार्ने सिप,

ख. विभिन्न विधाका माध्यमबाट अभिव्यक्त गर्ने गीत, कविता, निबन्ध, संवाद, नाटक, चिठी आदि सिर्जनात्मक सिप,

ग. समाचार सम्पादकीय सम्पादकलाई चिठी, सामाजिक सन्जालमा कमेन्ट र पोस्ट गर्ने जस्ता समाचार सफलन, लेखन र प्रस्तुतीकरण सिप,

घ. छलफल, सहयोग, सहकार्य मेलमिलाप समानुभूति आदि सामाजिक सिप, ङ. स्तम्भचित्र, रेखाचित्र, चलचित्र, ग्राफ निर्माण जस्ता तथ्याङ्क प्रस्तुति सिप,

Similar Posts

Leave a Comment