एकाइ – तीन

पाठ-३:-सञ्चार

अभ्यास

१. सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्च तत्त्वहरूको सूची बनाउनुहोस् ।

उत्तरः सञ्चार भनेको कुनै सन्देशलाई एक स्थानबाट अर्को स्थानमा पठाउनु तथा त्यसको अर्थ बुझ्नु हो । एल ए एलेन (L.A. Allen ) ले सञ्चारलाई अरूको मस्तिष्कसँग समझदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यको योग हो भनेका छन् ।

सञ्चार तिन प्रकारका हुन्छन, ति हुन्:

क. मौखिक सञ्चार

ख. लिखित सञ्चार

ग. साङ्केतिञ्च

सञ्चारका तत्त्वहरू यसप्रकार रहेका छन्ः

• सूचना प्रवाह (Sender)

• सूचना (Message)

• प्रसार हुने प्रक्रिया (Channel)

• सूचना प्रापक (Recipient )

• सूचना प्राप्ति, स्वीकार र बुझाइ ।

२. प्रभावकारी सञ्चारका अवरोधहरू उल्लेख गर्नुहोस् ।

उत्तरः सञ्चार प्रणालीमा विभिन्न तत्त्वहरूले बाधा उत्पन्न गर्न सक्छन् । ती तत्त्वहरूलाई सञ्चारका अवरोधक भनिन्छ । व्यक्तिगत वा सामूहिक रूपमा गरिने सञ्चार बुला तथा दोहोरो हुनुपर्दछ । कुनै बाधा अवरोध उत्पन्न हुनुहुँदैन। तर कहिलेकाहीँ सञ्चार प्रक्रियामा विभिन्न अवरोधहरू आइपर्छन् । प्रभावकारी सञ्चारमा देखा पर्ने प्रमुख अवरोधहरू निम्नानुसार छन्ः

(क) मनोवैज्ञानिक अवरोध (Psychological Barriers )

-सञ्चार प्रक्रियामा संलग्न पक्षहरूको मनोवैज्ञानिक अवस्थाले प्रभावकारी सञ्चारमा अवरोध उत्पन्न हुन सक्दछ । व्यक्तिमा भएको सूचना छनोटको प्रवृत्ति, सूचनाको बोझ, आवेग र लैङ्गिक शैलीले प्रभावकारी सञ्चारमा अवरोध सिर्जना हुन सक्छ ।

(ख) भाषिक अवरोध (Semantic Barriers)

-भाषा वा शब्दको गलत अर्थको कारणले सञ्चार प्रक्रियामा अवरोध उत्पन्न हुन सक्दछ । भिन्न भिन्न समाजमा फरक फरक भाषा हुन्छ । देश, धर्म, संस्कृति र उमेरले समेत भाषामा प्रभाव पार्दछ । प्रेषकको भाषा वा अभिप्राय प्रापकले बुझेन भने अर्थको अनर्थ हुन सक्दछ ।

(ग) भौतिक अवरोध (Physical Barriers)

-यो सञ्चार प्रक्रियाको समयमा उत्पन्न हुने वातावरणीय अवरोध हो । यसअन्तर्गत भौतिक प्रबन्ध दुरी, ध्वनि जस्ता कुराहरू पर्दछन् ।

(घ) सङ्गठनात्मक अवरोध (Organizational Barriers)

-सङ्गठनभित्रको आन्तिरिक तत्त्वले समेत सञ्चार प्रक्रियामा बाधा उत्पन्न गर्न सक्दछ । यसअन्तर्गत खराब योजना, जटिल संरचना, मर्यादा अहम्ता जस्ता कुराहरू पर्दछन् ।

३.प्रभावकारी सञ्चारका माध्यमहरू उल्लेख गरी तिनीहरूले तपाईंको जीवनमा पारेको प्रभाव विश्लेषण गर्नुहोस् ।

उत्तर: दुई पक्षहरूबिच सूचना आदानप्रदान गर्ने र अर्थ बुझ्ने प्रक्रियालाई सञ्चार भनिन्छ । एक पक्षले अर्को पक्षलाई कुनै जानकारी पठाउने प्रक्रिया नै सञ्चार हो। सञ्चार व्यक्ति, समूह र संस्था विचमा हुने गर्दछ । सञ्चारअन्तर्गत बोल्ने, सुन्ने, पढ्ने, लेख्ने, हेर्ने आदि क्रियाकलापहरु पर्दछन् । यी क्रियाकलापहरूको मुख्य उद्देश्य नै व्यक्तिले अरुलाई सूचना पठाउनु तथा अरूबाट सूचना प्राप्त गर्नुहो ।

प्रभावकारी सञ्चारका माध्यमहरू निम्नानुसार छन्:

क. दुई वा दुईभन्दा बढी पक्ष वा व्यक्ति

ख. सञ्चारको माध्यम

ग. प्रेषक (सूचना पठाउने)

घ. प्रापक (सूचना पाउने)

ङ. प्राप्त सूचना स्वीकार गर्नु

च. सूचनालाई सही रूपमा बुझ्नु

छ. सूचनाको प्रतिक्रिया जनाउनु

प्रभावकारी सञ्चारका माध्यमहरूले मानिसको जिवनम यसप्रकारको प्रभाव पार्दछ:

क. लक्ष्य प्राप्तिमा सहजता,

ख. कार्यसम्पादनमा समन्वय,

ग. सहभागिता बढाउ,

घ.दुई पक्षबीचको सम्बन्ध सुधार हुने,

ङ. अन्तरकार्यालय तथा बाहिर्य वातावरणसँग सहकार्यमा सहज,

च. सूचना जानकारीमा पहुँच वृद्धि हुने ।

४. प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्न सहयोग गर्दछ भन्ने तथ्यलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तरः सञ्चार दुई पक्षहरूबिच हुने एक व्यवस्थित प्रक्रिया हो। यो एउटा सिप वा कला हो । यसमा सूचना, जानकारी, विचार र भावनाहरू पठाउने, प्राप्त गर्ने तथा बुझ्ने कार्य गरिन्छ । सञ्चारको माध्ययमबाट नै एकले अर्काको इच्छा, चाहना र भाव बुझ्न सक्दछ । सूचना वा सन्देशलाई उपयुक्त ढङ्गबाट साङ्केतीकरण गरिसकेपछि सूचना वा सन्देशहरूको आदान प्रदान गर्न यस्ता माध्ययमको आवश्यकता पर्दछ । प्रत्यक्ष भेटघाट, टेलिफोन, मोबाइल फोन, रेडियो, टेलिभिजन, चिठीपत्र, पत्रपत्रिका, इन्टरनेट, फ्याक्स भिडियो आदि प्रचलनमा रहेका मुख्य सञ्चार माध्यम हुन्।

प्रभावकारी सञ्चारले प्रभावकारी सम्बन्ध स्थापना गर्ने मात्र नभई निम्नानुसार सहयोग पनि गर्दछ:

क. प्रभावकारी योजना, समन्वय, नियन्त्रण, अनुगमन, मूल्याङ्कन र साङ्गठनिक कार्यवातावरण मार्फत सङ्गठनको सुधार गर्न,

ख. कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वस्तुगत बनाउन,

ग. अन्तर निकाय समन्वय कायम गर्न,

घ. सङ्गठनका क्रियाकलापहरूको प्रचार प्रसार गर्न,

ङ. सेवा प्रवाहमा सहजिकरण ल्याउन,

च. पारदर्शिता प्रवर्द्धन गर्न,

छ. प्रभावकारी निर्णय गर्न,

ज. सेवा प्रवाहमा नागरिक सहभागिता अभिवृद्धि गर्न,

झ. जनताको जनविश्वास कायम राख्न,

ट. वातावरणीय अनुकूलता कायम गर्न ।

ञ. सङ्गठनमा कार्यरत कर्मचारीलाई सङ्गठन प्रति उत्प्रेरित गराउन,

Similar Posts

Leave a Comment