एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग
पाठ ३ – संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू
अभ्यास
१. संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सूची तयार पार्नुहोस् ।
उत्तर : संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू निम्न छन् :-
(क) अन्तर्राष्ट्रिय श्रम सङ्गठन
(ख) खाद्य तथा कृषि सङ्गठन
(ग) विश्व स्वास्थ्य सङ्गठन
(घ) अन्तर्राष्ट्रिय मुद्रा कोष
(ङ) संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठ
(च) विश्व बैड्क
(छ) अन्तर्राष्ट्रिय दुर सञ्चार सङ्घ
(ज) विश्व हुलाक सङ्घ
(झ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ
(ञ) विश्व जलवायु सङ्गठन
(ट) विश्व बौद्धिक सम्पत्ति सङ्गठन
(ठ) अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन
(ड) संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन
(ढ) अन्तर्राष्ट्रिय कृषि विकास कोष
(ण) विश्व पर्यटन सङ्गठन ।
२. युनेस्कोले नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।
उत्तर : काठमाडौँमा युनेस्कोको कार्यालय सन् १९९८ मा स्थापना भएको थियो । त्यसबेलादेखि यो कार्यालयले शान्ति निर्माणमा योगदान पुयाउने उद्देश्यले शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचना जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ । युनेस्कोले नेपालमा गरिबी निवारण, दिगो विकास र अन्तरसांस्कृतिक संवादलाई बढावा दिन शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान दिएको छ । युनेस्कोले नेपालमा सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न, महिला सशक्तीकरण र साक्षरतामा ध्यान केन्द्रित गर्न, भूकम्पपछिको सांस्कृतिक सम्पदाको पुनस्थापना गर्न, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवादलाई प्रवर्धन गर्न, वैज्ञानिक ज्ञान परिचालन गर्ने, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास र वकालत गर्न काम गरिरहेको छ । यसले देशका अन्य विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गरेर काम गर्ने गर्छ । यसरी सबैका लागि शिक्षाको अवसर प्रदान गर्न युनेस्कोले सहयोग गरेको छ । त्यस्तै सांस्कृतिक सम्पदाको संरक्षणमा पनि यसले सहयोग गरेको छ । तसर्थ नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा युनेस्कोको योगदान निकै महत्त्वपूर्ण रहेको पाइन्छ ।
३. विश्व हुलाक सङ्घको उपयोगिता अहिलेको समयमा कति सान्दर्भिक छ जस्तो लाग्छ ? तर्क प्रस्तुत गर्नुहोस् ।
उत्तर : विश्व हुलाक सङ्घ ९ अक्टोबर १८७४ मा स्थापित र १ जुलाइ १९४८ मा संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था बनेको हो । यसले मुख्य रूपमा सुरक्षित, कुशल र व्यवस्थित रूपमा विश्वभर हुलाक वस्तु वितरण गर्ने कार्य गर्दछ । यसै गरी निश्चित नियमअनुसार एक राज्यले अर्को राज्यमा पठाउने हुलाक वस्तुहरूको दर निर्धारण गर्ने कार्य समेत गर्दछ । हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउनु यसको प्रमुख कार्य हो । यसका हॉल १९२ राष्ट्र सदस्य रहेका छन् । यस संस्थाले भौतिक तथा डिजिटल दुवै रूपमा आफ्ना सेवा उपलब्ध गराउँछ । यसले आधुनिक प्रविधिको प्रयोग गरी विश्व हुलाक सेवालाई सुरक्षित, भरपर्दो, व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ । यस संस्थाले सल्लाहकार, मध्यस्थता र सम्पर्क भूमिका पूरा गर्छ र आवश्यक भएमा प्राविधिक सहयोग प्रदान गर्दछ । यसले अन्तर्राष्ट्रिय मेल एक्सचेन्जको लागि नियमहरु गर्दछ र मेल, पार्सल र वित्तीय सेवाहरूको मात्रामा वृद्धि गर्न र ग्राहकहरूको लागि सेवाको गुणस्तर सुधार गर्न सिफारिस गर्दछ । तसर्थ अहिले पनि यसको उपयोगितामा कमी आएको छैन । यसको सान्दर्भिकता आज पनि उत्तिकै छ हिजो जति थियो ।
४. नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने विशिष्टीकृत संस्थाहरू पहिचान गरी तिनीहरूका कार्य उल्लेख गर्नुहोस् ।
उत्तर : नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने विशिष्टीकृत संस्थाहरू :-
(क) खाद्य तथा कृषि सङ्गठन
(ख) अन्तर्राष्ट्रिय कृषि विकास कोष
६. निषेधाधिकार भनेको के हो ? यसको प्रयोग कसले गर्छ ?
उत्तर : संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्राप्त गरेको प्रस्तावित कार्यमा रोक लगाउने अधिकार वा विशेषाधिकारलाई निषेधाधिकार भनिन्छ । यसलाई भिटो पनि भनिन्छ । यसको प्रयोग संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रहने ५ स्थायी सदस्य राष्ट्रले गर्छन् । यसअन्तर्गत अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत पर्दछन् ।