एकाइ – सात: हाम्रो विगत

पाठ ३ वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू

अभ्यास

१. पञ्चायती व्यवस्थाको परिचय दिई यस व्यवस्थाको उदय र पतनका कारण लेख्नुहोस्

उत्तर: समयमा नै विधानसभाको निर्वाचन हुन नसक्दा सङ्क्रमण काल लामो समयसम्म रहन गयो । यस अवधि अस्थिर अवधिका रूपमा चिनिन पुग्यो । भ्रष्टाचार, अनियमितता, दलहरूबिचमा बेमेल जस्ता थुप्रै समस्या देखापरे । यसैलाई आधार मानेर राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते संसद र सरकारलाई निलम्बन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । त्यसपछि देशमा निर्दलीय शासन व्यवस्थाको सुरुआत भयो । वि.सं. २०१७ पुस २२ गतेबाट राजाले विधिवत् रूपमा पञ्चायती व्यवस्थाको सुरुआत गरे । यस व्यवस्थालाई कानूनी वैधता दिन २०१९ साल पुस १ गते नेपालको संविधान, २०१९ घोषणा भईलागु भयो ।

यस व्यवस्थाको उदयका कारणहरू निम्न छन् :-

(क) २००७ सालमा पूर्ण अधिकार प्राप्त नहन

(ख) विधान सभाबाट संविधान निर्माण गर्ने र दिल्ली सम्झौता कार्यान्वयन नहन

(ग) दलहरूमा आपसी बेमेल हुन् र अनुभव तथा परिपक्वताको कमी रहन

(घ) राजा महेन्द्रको प्रत्यक्ष शासन गर्ने चाहना

(ङ) भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढ्न

(च) संसदीय व्यवस्था नयाँ हुन्, जनतामा चेतनाको कमी रहन तथा वैदेशिक हस्तक्षेप बढ्न ||

यस व्यवस्थाको पतनका कारणहरू निम्न छन् :-

(क) निरङ्कुशता

(ख) जनतामा शिक्षा र चेतनास्तर बढ्दै जान

(ग) मौलिक हक र मानव अधिकारको हनन न

(घ) राजनीतिक दलहरू एकजुट भई आन्दोलन गर्न र जनसहभागिता बढ्न

(ङ) विरोधीलाई दमन गर्ने र हत्या गर्ने क्रममा वृद्धि ह

(च) भ्रष्टाचार बढ्न् ।

२. अन्तरिम सरकार भनेको के हो ?

उत्तर : राजनीतिक परिवर्तनपछि अर्थात् कुनै एक परिपाटी वा व्यवस्था हटेपछि नयाँ व्यवस्थालाई विधिवत् रूपमा स्थापना गर्ने जिम्मेवारी पाएको अन्तरिम कालको सरकारलाई अन्तरिम सरकार भनिन्छ । वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय अन्तरिम सरकार गठन गरी संविधान निर्माण गर्ने र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको थियो ।

३. निरङ्कुशता भनेको के हो ? यस व्यवस्थाका बेफाइदा लेख्नुहोस् ।

उत्तर : निरङ्कुशतालाई निरङ्कुशतन्त्र पनि भनिन्छ । स्वेच्छाचारिता, छाडापन र शासकको स्तुति गान गर्नुपर्ने व्यवस्थालाई निरङ्कुशता भनिन्छ। यसमा जनताको मौलिक हक र मानव अधिकारको प्रत्याभूति गरिएको हुँदैन यस व्यवस्थाका बेफाइदा निम्न छन् :-

(क) एकतन्त्रीय केन्द्रीकृत शासन व्यवस्था हुने

(ख) शासकहरूको गुणगान गाउनुपर्ने

(ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति नहने

(घ) विरोधीहरूको दमन र हत्या गरिने

(ङ) आवधिक निर्वाचन नहने

च) एकात्मक केन्द्रीकृत शासन व्यवस्था हुने

(छ) गरिबी, अन्याय, अत्याचार बढी हने ।

४. जनमत सङ्ग्रह भनेको के हो ? नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्नुहोस् ।

उत्तर : कुनै विषयमा जनताको राय वा विचार थाहा पाउनका लागि जनमत सङ्ग्रह गरिन्छ । विशेष परिस्थितिमा समसामयिक विषयमा जनताको मत बुझ्ने यो प्रयास विश्वका विभिन्न देशमा अपनाइएको छ । जनमत लिन चाहिएको विषयको पक्ष वा विपक्ष, समर्थन वा विरोधमा जनताले आफ्नो मत प्रकट गर्दछन् । दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिन गरिने मतदान वा जनताको राय नै जनमत सङ्ग्रह हो । तत्कालीन पाकिस्तानी प्रधानमन्त्रीलाई फाँसी दिएको विरोधमा नेपालका विद्यार्थी सङ्गठनले पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रहरी हस्तक्षेत्र भएपछि आक्रोशित विद्यार्थीले आन्दोलन निरन्तर अगि बढाए । यो आन्दोलनमा जनताको पनि साथ र समर्थन रह्यो । त्यसपछि बाध्य भएर राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते सुधारिएको पञ्चायती व्यवस्था वा बहदलीय शासन व्यवस्था भन्ने दुईओटा विकल्पसहित जनमत सङ्ग्रहको घोषणा गरे । तसर्थ नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि विद्यार्थी आन्दोलन रहेको देखिन्छ ।

५. बहुदलीय व्यवस्थाका सबल पक्ष उल्लेख गर्नुहोस् ||

उत्तर : बहदलीय व्यवस्थाका सबल पक्ष निम्न छन् :-

(क) प्रजातान्त्रिक शासन व्यवस्था हुने

(ख) आवधिक निर्वाचनका माध्यमबाट निर्वाचित जनप्रतिनिधिले शासन सञ्चालन गर्ने

(ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति हने

(घ) विकेन्द्रित र जनमुखी शासन व्यवस्था हुने

(ङ) गरिबी निवारण, अन्याय, अत्याचारको अन्त्यका लागि विशेष व्यवस्था हुने

(च) शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको राम्रो प्रबन्ध गरिने |

Similar Posts

Leave a Comment