एकाइ – पाँच

पाठ-३: विश्वका भौगोलिक विविधता र जनजीवन

अभ्यास

१.कारण दिनुहोस्ः

(क) मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।

उत्तरः मलेसिया भुमध्यारेखामा पर्दछ, भूमध्य रेखा सूर्यको नजिक छ त्यसैले यसको अधिक ऊर्जा प्राप्त गर्दछ र वर्षे भरी यस क्षेत्रमा सूर्यको तापक्रम पर्दछ त्यसैले मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।

(ख) मरुभूमि क्षेत्रमा उँट पालन गरिन्छ ।

उत्तरः मरुभूमि क्षेत्रमा पानीको अभाव हुन्छ, उँट धेरै दिनसम्म पानी र खानेकुरा नखाई हिँड्न सक्छ र मरुभूमिमा सामान ओसार्ने यो एक मात्र विकल्प भएकाले मरुभूमि क्षेत्रमा उँट पालन गरिन्छ ।

(ग) समुद्री किनारमा ठूला सहरहरू रहेका छन् ।

उत्तरः समुद्र किनाराको हावापानी रम्य हुने, जनजीवन सम्पन हुने, पानीको उपलब्धता, खेती गर्न, माछा मार्न सहज र प्राय मैदानी भाग रहेको र मैदानी भागको जनजीवन सामान्यतया निकै सहज हुने हुनाले समुद्री किनारमा ठूला सहरहरू रहेका छन् ।

(घ) इटली र ग्रिसमा फलफूल खेती गरिन्छ ।

उत्तर: इटली र ग्रिस क्षेत्रमा हिउँदमा वर्षा र ठन्डा तथा ग्रीष्ममा न्यानो र सुक्खा हावापानी पाइन्छ, यो हावापानी फलफूलका लागि निकै उपयुक्त हुने हुँदा फलफूल खेती गरिन्छ ।

(ङ) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेसीतर्फ झरिरहेका छन् ।

उत्तरः हिमाली र पहाडी क्षेत्रका अधिकांश ठाउँमा यातायात पुगे पनि केही स्थानमा बाटोघाटोको कमी, कृषियोग्य जमिनको कमी, शिक्षा तथा सञ्चारजस्ता आधारभूत आवश्यकताको कमीले गर्दा यहाँको जनजीवन पनि कष्टकर रहेकाले सहज जनजीवन र सरसुविधाको खोजीमा हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेसीतर्फ झरिरहेका छन् ।

(च) गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ ।

उत्तरः गाउँ-सहर एकअर्कामा मुख्यतयाः सामाजिक, आर्थिक, राजनैतिक, भौतिक, प्राविधिक, सेवा प्रदाय आदि तत्वहरुमा निर्भर हुन्छन्। यी दुवै स्थानहरुमा वस्तु, सेवा, पूँजी, प्रविधि, सूचना र अन्य सम्बन्ध स्वतन्त्र रुपले हुन्छ जस्तै गाउँबाट कच्चा पदार्थहरु, कृषिजन्य उत्पादनहरू, श्रम, पूँजी, ग्रामीण प्रविधि, घरेलु उत्पादनहरू सहर जान्छन भने सहरबाट सेवा, सुविधा, प्रविधि, सीप, रोजगार, बिचार आदि गाउँ फर्कन्छन् । त्यसैले गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ ।

२.विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।

उत्तरः हाम्रो विश्व रोमाञ्चक र अनौठो छ । विश्वमा विविध प्रकारका भौगोलिक विशिष्टताहरू पाइन्छन् । यहाँ विभिन्न पर्यावरणीय क्षेत्रहरूको निर्माण भएका छन् । फरक फरक भौगोलिक अवस्थाका क्षेत्रहरूको आर्थिक अवस्था पनि फरक फरक नै छ एकै प्रकारको भौगोलिक अवस्था भएका स्थानमा भने उस्तै खाले आर्थिक गतिविधि भएको पाइन्छ । यसरी भौगोलिक अवस्थाले त्यहाँको आर्थिक गतिविधि र जीविकोपार्जनको स्वरूपलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ।

अन्त्यमा, विश्वमा एकै प्रकारको जनजीवन नहुनुको कारण भौगोलिक विविधता, जलवायु, हावापानी, मौसम र वातावारणिय स्थिती आदि नै हुन्।

३. विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसहित पुष्टि गर्नुहोस्

उत्तरः मानिसका हरके क्रियाकलापलाई भौगलिक वातावरणले प्रभाव पारेको हुन्छ । वातावरण अनुसार उनिहरुको पेशा, क्रियाकलाप, खानपान, लवाइखवाई, रहनसहन, चाडपर्व, आदि पनि फरक फरक हुने गर्दछ । नेपाल एक भौगलिक हिसावले हिमाल, पहाड र तराई गरी तिन भागमा विभाजित छ । यी तीन वटै क्षेत्रहरुमा वसोवास गर्ने मानिसहरुको जनजीवनमा भौगलिक वातावरणले प्रभाव पारेको छ । MP

हिमाली क्षेत्रमा अधिक उचाई भएका भुभाग पर्ने र यहाँ अधिक ठण्डा हावापानी हुने भएकाले यहाँ वसोवास गर्ने मानिसहरुले यसै हावापानी सँग अनुकुलित हुने गरी जीवनयापन गर्दछन् । यस क्षेत्रमा शेर्पा, भोटे, थकाली आदि जातिहरुको वाहुल्यता रहेको छ । यस क्षेत्रमा पानि नपर्ने रहिम वर्षा हुने हुँदा घरमा छतहरु निर्माण गर्दा ढुङगा, खर, जस्तापाता प्रयोग नगरी माटोले छाउने गरीन्छ। अधिक जाडो हुने र धान, मकै उब्जाउ नहुने हुँदा यहाँ मुख्य खानाको रुपमा फापर, जौ, आलु, रक्सी, भेडा, च्याग्राको मासु, चौरीको दुध आदि प्रयोग हुने गर्छ ।

अधिकाँश पहाडी प्रदेशको हावापानि स्वास्थ्यवद्र्धक रहेको छ। पहाडका वासीन्दाहरु हुष्टपुष्ट तथा निरोगी हुन्छन् । यहाँका घरमा छतहरु ढुङगा, खर तथा टिनको छाना लगाई निकै आकर्षक ढंगले सजाउने गरीन्छ । यहाँका मानिसहरुको मुख्य खाद्यान्नको रुपमा धान, कोदो, मकै, दुध, दही आदि हुने गरेको छ । भिरालो जमिन समेत भएकोले अधिक वर्षा भएको समयमा बाढी र पहिरोको जोखिम यस क्षेत्रम रहन्छ ।

तराई प्रदेशको हावापानि मानव स्वास्थ्यको लागि त्यति उपायोगी नभएपनि उब्जाउयोग्य गर्दा यो क्षेत्र अन्न भण्डारका रुपमा प्रख्यात छ । यहाँ अधिक गर्मी हुने हुँदा यहाँका मानिसहरुले पातलो र खुकुलो लुगा प्रयोग गर्ने गर्दछन् । यहाका मुख्य वालीहरु धान, मकै, गहुँ,

मसुरो, विभिन्न नगदेवालीहरु, तरकारी वालीहरु आदि रहेका छन् । उचाई कम भएको र समथर मैदान भएकाले वर्षाको समयमा डुवानको समस्या देखा पर्ने गर्दछ । समग्रमा रुपमा भन्नुपर्दा मानिसको जनजीवनका निम्नलिखित पक्षहरुमा भौगलिक वातावरण प्रभाव पार्दछ:

• आर्थिक क्रियाकलापहरुमा

• भेषभुषा र खानपानमा,

• सामाजिक साँस्कृतिक प्रचलनहरुमा

• जनसँख्याको बनोट र वितरणमा

• सामाजिक स्वरुप र संरचनमा

• विकासमा पुर्वाधारहरुको विकास र विस्तारम

अन्त्यमा, भौगोलिक अवस्था र जनजीवन बिचमा घनिष्ट सम्बन्ध रहेको हुन्छ साथै मानिसको गाँस, बास र कपासमा प्रभाव परिरहेको हुन्छ ।

४. तल दिइएका चार्टहरूले विश्वका विभिन्न स्थानका वार्षिक औसत तपक्रम र वर्षाको अवस्था देखाएको छ । बाङ्गो टिगो रेखाले प्रत्येक महिनाको तापक्रमको अवस्था र स्तम्भहरूले वर्षाको अवस्था देखाएका छन् । चित्रको दायाँतर्फको स्केलले वर्षा मिलिमिटरमा र बायाँतर्फको स्केलले तापक्रम सेन्टिग्रेडमा देखाएको छ । माथिको पाठ अध्ययन गरेका आधारमा कुन स्तम्भ चित्र कुन पर्यावरणीय क्षेत्रको होला, पत्ता लगाउनुहोस् र कारण पनि दिनुहोस् ।

उत्तर:

१ = वर्षैभरि गर्मी हुने क्षेत्र

२ = बसँभरि धेरै चिसो हुने क्षेत्र

३ =सुक्खा मरुभूमिहरू क्षेत्र

४ = दक्षिण युरोपको भूमध्यसागर क्षेत्र

५ = विश्वका मैदानी क्षेत्रहरू

६ = समशीतोष्ण हावापानी क्षेत्रअन्तर्गत

५. भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।

उत्तर: जनजीवनमा भौगोलिक वातावरणको प्रभावः नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ । यस्तो भौगोलिक विविधताले नेपालको आर्थिक विकासमा निम्न प्रभाव पारेको छः

क) सकारात्मक प्रभाव

• नेपालको पहाडमा रहेका विभिन्न किसिमका खनिजको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने

• विभिन्न किसिमका मनमोहक सुन्दर ताल, नदीनाला, वन जंगल र हिमालको अवस्थितिले पर्यटकीय आकर्षण बढाएको छ

• अन्न भण्डारको रूपमा तराईमा उत्पादित विभिन्न बाली मार्फत उपभोग आवश्यकता पूरा गरेको छ

• हावापानीको विविधता रहँदा अन्नबाली तथा नगदे बालीको फरक मौसममा पनि उपलब्धता हुन सकेको छ ।

ख) नकारात्मक प्रभाव

• बाढी, पहिरो, भूक्षय डुवान जस्ता प्रकोपका कारण आर्थिक भार बढ्ने गरेको

• हिमाल तथा पहाडी क्षेत्रमा खेतीयोग्य भूमिको अभाव भएको र सिंचाई सुविधा पु¥याउन कठिन भएको

• भिर, पाखा, खोल्साका कारणले यातायात विकास गर्न अत्यधिक आर्थिक स्रोत जुटाउनु परेको

अन्त्यमा, नेपालको भौगोलिक विविधताले प्रत्यक्ष रूपमा आर्थिक विकासमा प्रभाव पारेको छ । सकारात्मक प्रभावको सवलीकरण गर्दै नकारात्मक प्रभावको न्यूनीकरणमा ध्यान दिइएमा आर्थिक विकासमा तिब्रता आउने देखिन्छ ।

भूपरिवेष्ठित राष्ट्र हुनाको कारणले नेपालले भोग्नुपरेका समस्याहरू चारैतिर भूमि वा जमिनले घेरिएको हुँदा नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । जसको सिमाना सामुन्द्रिक इलाकासँग जोडिएको छैन ।

यस कारणबाट नेपालले भोग्नु परेका समस्यालाई देहाय अनुसार उल्लेख गर्न सकिन्छः

• सस्तो र सुलभ जल यातायातको सुविधाबाट वञ्चित हुनु परेको

• जलमार्गको अभावले गर्दा अन्तर्राष्ट्रिय व्यापारमा कठिनाई भएको

• खुला सिमानाले गर्दा चोरी निकासी, पैठारी बढ्ने गरेको

• सीमा सुरक्षा खर्चिलो हुने गरेको

• समुन्द्रबाट प्राप्त हुने विभिन्न खनिज तथा सामुन्द्रिक जैविक, अजैविक उत्पादन उपजहरू प्रयोगबाट वन्चित रहनु परेको

• अन्य मुलुकले निर्धारण गरेको पोर्टसम्बन्धी सर्त र सेवा दस्तुर तिर्नु परेको ।

• खुल्ला सीमानाका कारण जनसंख्या वृद्धिदर नियन्त्रण कठिनाई भएको । नेपालको आर्थिक विकासमा भौगोलिक विविधताले पारेको प्रभाव

Similar Posts

Leave a Comment