एकाइ – एक

पाठ ३ विविधतामा एकता

अभ्यास

१. विविधतामा एकता नेपालको विशेषता भनेको के हो, प्रष्ट पार्नुहोस् ।

उत्तर : नेपाल भौगोलिक रूपमा मात्र नभएर धार्मिक, भाषिक तथा सांस्कृतिक रूपमै विभिन्नताले भरिएको मुलुक हो । यहाँ विभिन्न धर्म मान्ने मानिसहरू रहेका छन् । सयौं जाति र भाषाहरू रहेका छन् । तिनीहरूका आआफ्नै मूल्य मान्यता र प्रचलनहरू रहेका छन् । यो सानो मुलुकमा यति धेरै विविधता हुनु भनेको साँच्चै गौरवको कुरा हो । यति धेरै विविधताका बिचमा पनि यहाँ एक जाति र अर्को जाति, एक धर्म र अर्को धर्म, एक समुदाय र अर्को समुदायका बिचमा मेलमिलाप रहेको छ, सम्मान रहेको छ। यो नै विविधतामा एकता हो जुन नेपालको विशेषता हो ।

२. “कसरी र उदाहरणसहित नेपाललाई विविधतामा परिपूर्ण देश भन्दैछ ?

उत्तर : नेपालमा हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन लगायतका विभिन्न धर्म मान्ने मानिसको बसोबास रहेको छ । त्यस्तै यहाँ सयाँ जातका मानिस बसोबास गर्छन् भने सय भाषा बोलिन्छन् । यहाँ प्रत्येक जातिको आआफ्नै मूल्य मान्यता, परम्परा र प्रचलन रहेका छन् । तराई मधेश, पहाड र हिमाल जस्ता भौगोलिक विविधता पनि हाम्रो मुलुकमा रहेको छ । यसप्रकार भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक जस्ता “विभिन्न आधारमा नेपाल विविधताले भरिएको देश हो”।

३. विविधतामा एकताको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर: विविधतामा एकताको महत्त्व :-
(क) राष्ट्रियताको भावनालाई मजबुत बनाउँछ ।
(ख) “नेपाल विविध आधारहरूमा बनेको देश हो।”
(ग) प्रत्येक स्थानमा मेलमिलापको वातावरण हुन्छ ।
(घ) सबै धर्म, संस्कृति, परम्परा, भाषाको समान रूपमा संरक्षण र सम्बर्धन हुन्छ ।
(ङ) नागरिकहरूमा अपनत्वको भावना विकास हुन्छ ।

Similar Posts

2 Comments

Leave a Comment