एकाइ – आठ

पाठ-३ नेपालमा निर्वाचन प्रणाली

१. पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस् ।

उत्तरः पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिअनुसार सदर मतको पूर्ण बहुमत नभए पनि अरूभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुन्छन् । यो प्रणाली एक सदस्यीय निर्वाचन क्षेत्रमा लागु हुन्छ। नेपालको प्रतिनिधि सभा २ सय ७५ सिटको हुन्छ । त्यसको १ सय ६५ स्थानको र प्रदेश संसदका लागि कुल सदस्यको ६० प्रतिशत स्थानको चुनाव यसै पद्धतिबाट गरिन्छ । साथै स्थानीय तहको निर्वाचन पनि यसै निर्वाचन प्रणालीबाट निर्वाचन गरिन्छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा मतदाता र उम्मेद्वार संग संगै रहन्छन् । उम्मेदवारले मतदाताको मन जितेर मात्र मत लिन सक्छन् । जितेको प्रतिनिधि मतदातासँग प्रत्यक्ष उत्तरदायी र जवाफदेही रहन्छ । मतदाता आफ्नो प्रतिनिधि छनोट गर्न स्वतन्त्र हुन्छन् । यस पद्धतिले मतदाताको चेतना र विश्लेषण गर्ने राजनीतिक क्षमता बढाउन सहयोग पुर्याउँछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिका विशेषताहरू यसप्रकारका छन्:

• मतदान एवं मतगणना गर्न सजिलो र सरल,

• उम्मेद्वार र मतदाताको बीचमा प्रत्यक्ष सम्बन्ध रहने,

• बहुमत ल्याएपछि सरकार चलाउन वैधानिकता प्राप्त हुने,

• स्वतन्त्र उम्मेद्वारले पनि निर्वाचनमा भाग लिन पाउने,

• क्षेत्रीय र स्थानीय राजनीतिक दलहरूले पनि शासन सत्तामा सहभागी हुनसक्ने,

• एउटा दलले बहुमत ल्याएपछि स्थिर सरकार बन्नसक्ने ।

२. समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तरः सम्पूर्ण देशलाइ नै एक निर्वाचन क्षेत्र मानी राजनीतिक दलहरूले पाएको मत प्रतिशतको अनुपातमा सदस्यहरू विजयी भएको घोषणा गर्ने र सोही बमोजिम शासन सञ्चालनमा राजनीतिक दलहरूको सहभागिता रहने शासन पद्धतिनै समानुपातिक प्रतिनिधित्व प्रणाली हो । लोकतन्त्रमा बहुमतले शासन गर्ने भए पनि अल्पमतको कदर गर्नु पर्दछ भन्ने जे. एस. मिलको धारणा अनुसार समानुपातिक प्रतिनिधित्वको सिद्धान्त विकास भएको हो ।

समानुपातिक निर्वाचन पद्धतिका निम्नलिखित विशेषताहरू रहेका छन्ः

• सम्पूर्ण देश वा प्रदेशलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ,

• बहुसदस्यीय निर्वाचन क्षेत्र हुनुपर्छ,

• उम्मेदवारले निर्वाचित हुनको लागि निर्धारित कोटा अनुसारको मत प्राप्त गर्नुपर्दछ । इजरालयमा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत, जर्मनीमा १० प्रतिशत मत प्राप्त गर्नुपर्ने गरी तजचभकजयमि राखिएको छ । नेपालमा सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नका लागि ३ प्रतिशत र प्रदेशसभामा प्रतिनिधित्व प्राप्त गर्न १.५ प्रतिशत को थ्रेसहोल्ड राखिएको छ,

• लक्षित वर्ग र समुदायको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दछ । यसले विविधताको व्यवस्थापनमा सघाउँछ,

• मतदाताको मत खेर नजाने, सबै मतको उचित मूल्याङ्कन हुने,

• निर्वाचित प्रतिनिधिमा निर्वाचन क्षेत्रगत भावना हटी राष्ट्रिय भावनाको विकास हुने,

• सरल निर्वाचन प्रणाली,

• चुनाव जित्न गरिने अनियमितता, धाँधली र पैसा खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ,

• अल्पमतको उचित प्रतिनिधित्व गराउँछ,

• व्यक्तिगत खर्च नहुने,

• व्यवस्थापन सरल हुन्छ,

• उपनिर्वाचनको आवश्यकता नहुने भएकोले मितव्ययी प्रणाल

• द्वन्द्व व्यवस्थापन गर्न सजिलो हुने ।

३. पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस् ।

उत्तरः पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता यसप्रकार रहेका छन्:

• यी दुवै निर्वाचन प्रणालीका किसिमहरु हुन्,
• यी दुवै निर्वाचन प्रणालीमा सहभागी हुन १८ वर्ष उमेर पुगेको र नेपाली नागरिक हुनुपर्दछ,
• यी निर्वाचन प्रणालीले आम निर्वाचनमा दिइएका मतहरूलाई दल र उम्मेदवारहरूले जितेका स्थानमा रुपान्तरण गर्दछ,
• यी दुवै सरल र सजिलै बुझिन सक्ने निर्वाचन प्रणाली हुन्,

पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको भिन्नता यसप्रकार रहेका छन्:

पहिलो हुने निर्वाचन प्रणालीसमानुपातिक निर्वाचन प्रणाली
अल्पसंख्यक को प्रतिनिधित्वअल्पसंख्यक दलहरुलाई समावेश नगर्ने
थोरै मत खेर जानेखेर जाने मतहरूको संख्या बढी हुने
निर्वाचन क्षेत्र सीमा नोक्न आवश्यक नभएकोनिर्वाचनक्षेत्रसीमानिर्धारणगर्नुपर्ने
उपनिर्वाचन गर्ने आवश्यकता नभएकोप्रायःउपनिर्वाचन को आवश्यकता पर्ने
कमजोर भौगोलिक प्रतिनिधित्वसबल भौगोलिक प्रतिनिधित्व
जवाफ देहिताको विवादजवाफ देहिता कार्यान्वयन गर्न सहज बनाउने
संसदीय प्रणालीमा गठबन्धन वा अल्पमतको सरकारको सम्भावनासंसदीय प्रणालीमा बहुमतको सरकार गठन हुने बढी सम्भावना
राष्ट्रपतिय प्रणालीमा राष्ट्रपतिको  लागि कमजोर व्यवस्थापकीय समर्थन हने सम्भावनाराष्ट्रपतिय प्रणालीमा राष्ट्रपतिको लागि दर्हो व्यवस्थापकीय समर्थन प्राप्त हुने बढी सम्भावना

४. प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ । यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।

उत्तरः नेपाली जो जहाँ गएर बसे पनि मतदान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। निर्वाचनमा मतदान गर्न पाउने अधिकार नागरिकको आधारभुत मानव अधिकार तथा संवैधानिक अधिकार समेत भएको तथा निर्वाचनमा सबै नागरिकको समान अवसरसहित वास्तविक भावना र इच्छा समेतलाई प्रतिनिधित्व गर्नको लागि वैदेशि रोजगारीमा रहेका नागरिकहरुलाई मुलुक बाहिबाटै सबै तहको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गर्नुपर्दछ।

विदेशमा रहेका नागरिकले पठाएको पैसाबाट राज्यले फाइदा लिने तर तिनै नागरिक मुलुकबाहिर रहेका कारण मतदानको अधिकारबाट वञ्चित गर्नु न्यायको दृष्टिकोणले उपयुक्त हुदैन । केही विकसित राष्ट्रले विदेशमा बस्ने आफ्ना नागरिकलाई धेरै पहिलेदेखि यो अधिकार दिलाएका हुन्। लोकतन्त्रमा हरेक नागरिकले मतदान गर्न पाउनु उसको अधिकार हो। नागरिकका परिभाषा बेग्लाबेग्लै हुन सक्दैनन्। विदेशमा रहेका सामान्य घरेलु कामदारदेखि उच्च कूटनीतिज्ञसम्मको मतदान अधिकार एउटै हो ।

मतदान कसरी गर्ने भन्ने विषय पनि चुनौतीपूर्ण छ । सम्बन्धित देशमा भएका सबै नेपाली एकैठाउँमा भेला भएर मतदान गर्न सम्भव हुँदैन । सम्बन्धित देशको नेपाली कूटनीतिक नियोगमा आउन सम्भव हुने कि नहुने । ठाउँठाउँमा मतदानको व्यवस्था सम्भव हुन्छ कि हुँदैन। ठाउँठाउँमा व्यवस्था गर्दा हुने खर्च कसरी व्यवस्थापन गर्ने । पाएको अधिकारको उपयोग सहज भए पनि व्यवहारमा निकै कठिन देखिन्छ। सम्बन्धित देशमा मतपत्र कसरी पुऱ्याउने, वितरण कसरी गर्ने, समयावधिभित्रै मतपत्र पुऱ्याउन सक्नुपयो । यो विषय आयोगका लागि मात्र नभई कूटनीतिक नियोगका लागि पनि प्रश्नसूचक छ । मतदानका लागि सम्बन्धित देशका स्थानीय सरकारसँग सहमति लिएर समन्वय कसरी गर्ने। प्रजातान्त्रिक मुलुकमा सहज होला, प्रजातान्त्रिक अभ्यास नभएका मुलुकले हाम्रो निर्वाचन पद्धति र प्रणालीलाई कसरी सहज रूपमा लेलान् यसबारे गम्भीर बहस जरुरी छ ।

यी यावत समस्याहरूको समाधानका लागि एउटा विज्ञ समूह बनाएर यसको अध्ययन- अनुसन्धान गर्नु उचित हुनेछ । त्यसो त तत्काल निर्वाचनको सम्भावना नभएकाले हामीसँग पर्याप्त समय हुने नै भयो। तर यसबारे अध्ययन-अनुसन्धानमा ढिलाइ नगरी अभ्यास गरिएका मुलुकमा गएर यसबारे गम्भीर अध्ययन गर्नु आवश्यक छ ।

अन्त्यमा, प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउदा उनीहरूलाई  मातृभूमिप्रतिको माया मात्र नभई अपनत्वसमेत बढ्दछ। त्यसैले यसकालागि सरकारले तत्कालै केही पहलकदमी चाल्न आवश्यक छ।

Similar Posts

Leave a Comment