एकाइ -नौ

पाठ:-३ जनसङ्ख्या र विकास

१. जनसङ्ख्या भनेको के हो ?

उत्तरः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। जनसङ्ख्या दुईओटा शब्दहरू ‘जन’ र ‘सङ्ख्या’ मिलेर बनेको शब्द हो । यसमा ‘जन’ को अर्थ मानिस र ‘सङ्ख्या’ को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । जनसङ्ख्या स्थिर नभई समयसँगै परिवर्तनशील हुन्छ । त्यसैले मानिसहरूको गणना गर्दा कुनै एक निश्चित भूगोल र समयका आधारमा गरिन्छ । कुनै ठाउँको जनइख्या भन्नाले त्यस ठाउँमा कुनै निश्चित अवधिमा बसोबास गर्ने बालबालिका, युवायुवती, वयस्क, वृद्धवृद्धाहरूको कुल सङ्ख्यालाई जनाउँछ। यसका अलावा जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक, धार्मिक तथा पेसागत जनसङ्ख्या पनि हुने गर्दछ ।

२. जनसङ्ख्या र विकास विचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।

उत्तरः कुनै निश्चित भूभाग भित्र बसोवास गर्ने मानिसहरुको संख्यालाई जनसंख्या भन्ने गरिन्छ भने कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक, बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । जनसंख्या र विकास वीच घनिष्ट सम्बन्ध रहेको हुन्छ। दक्ष र सन्तुलित जनसंख्याले नै विकास गर्न सक्दछन् । जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैविच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जीवनयापनका सरलीकत र वैकल्पिक उपायहरू खोज्ने क्रमसंगै विकासको प्रक्रियाले गति लिन्छ । जनसङ्ख्यालाई विकाससँग एकाकार गरेर लैजानुपर्दछ । जनसङ्ख्यालाई विकाससँग एकाकार गरेकै कारण कतिपय मुलुकले विकासमा फड्को मारेका छन् । विकास गर्नका लागि निर्माण कार्यहरू हुनुपर्छ, उद्योगधन्दाहरू खोलिनुपर्छ, नयाँ नयाँ तौरतरिकाहरू र प्रविधिहरूको खोजी एवम् प्रयोग हुनुपर्छ । यसका लागि सकिय जनङ्ख्याको महत्वपूर्ण भूमिका रहन्छ जनसङ्ख्या र विकास सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न बैठक र सम्मेलन हुँदै आएका छन् । सन् १९९४ मा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन इजिप्टको राजधानी कायरोमा भएको थियो । उक्त सम्मेलनमा विश्वका १८० भन्दा बढी देशका विभिन्न सङ्घसंस्थाका १५ हजार प्रतिनिधिहरूले भाग लिएका थिए । यस सम्मेलनले जनसङ्ख्या र विकासका क्षेत्रमा विभिन्न खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने निक्यौल निकाल्यो |

अतः विकास जनसड़ लागी नभई नहुने प्रक्रिया हो भने विकासको लागी जनसङ्ख्याको नै जरुरत पर्दछ । त्यसैले जनसंख्या सन्तुलित पारेर विकास गर्दा नै मानव समाजको भलो हुन्छ।

३. भौगोलिक क्षेत्र अनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।

उत्तरः नेपाललाई हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रमा विभाजन गरिएको छ । यी भौगोलिक क्षेत्रहरूमा धरातलीय स्वरूप, हावापानी, सामाजिक तथा आर्थिक पक्षमा भएको विविधताका कारण जनसङ्ख्याको वितरण समान छैन ।
हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइसराइ गर्नाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । त्यहाँ जनशक्ति अभावले आर्थिक गतिविधिले गति लिन सकेको छैन । हिमाली प्रदेशमा छरिएको र पातलो बस्तीका कारण पूर्वाधार विकास खचिलो हुन्छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट, उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छिटो बिग्रने, मर्मत सम्भारमा अत्यधिक खर्च हुने, पहाडबाट तराई र सहरतर्फ बसाइसराइ तीव्र रूपमा रहेकाले बेतवारीहरू बांका हुन थालेका र एकल परिवारको संरचना वृद्धि भएकाले जमिनहरू टुक्रिन थालेका छन् । युवा र सक्रिय जनशक्ति गाउंबाट बाहिरिने क्रम बढेकाले आश्रित जनसङ्ख्याको बाहुल्यता बढ्न थालेको छ । तराईमा हिमाली र पहाडी क्षेत्रबाट बसाइसराइ गरी आउने दर तीव्र रहेकाले जनसङ्ख्या वृद्धि पनि तीव्र छ । यसले वस्ती व्यवस्थापन, पर्यावरण संरक्षण र रोजगारीमा चुनौतीहरू थपिएका छन् ।

४. नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस् ।

उत्तर: जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ जनसंख्याको आकार, बनावट र वितरणमा प्रभाव पार्ने मुख्य घटना हुन् । उच्च बाल, मातृ र मातृशिशु मृत्युदर, न्यून प्रजनन दर, युद्ध, , राजनीतिक द्वन्द्व, गृहयुद्ध, बढ्दो वैवाहिक उमेर, अधिक गर्भपतन, कुपोषित बालबालिका, ठूलो प्राकृतिक प्रकोप र महामारी, ऋणात्मक खुद बसाइँसराइ दर ( नेगेटिभ नेट माइग्रेसन रेट) आदि जनसंख्या घट्ने विश्वव्यापी मान्यताहरू हुन्।
नेपालको प्रदेश अनुसार जनसङ्ख्याको वितरण तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या MP बाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ। बाग्मती प्रदेशमा सङ्घीय राजधानी भएको, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार भएको, रोजगारीका अवसरहरू भएका कारण जनसङ्ख्याको चाप बढी देखिन्छ । पूर्वाधारको अभाव, विकट भौगोलिक अवस्था सुविधाको कमी र रोजगारीका अवसरको कमीका कारण कर्णाली प्रदेशमा जनसङ्ख्या कम छ । यसरी प्रदेशहरूमा जनसङ्ख्याको असमान वितरण हुनुका मुख्य कारणहरूमा विकासका पूर्वाधारहरुको अवस्था, विकासमा असमानता, भौगोलिक विविधता र सामाजिक तथा आर्थिक अवस्थामा विविधता हुनु हो ।

Similar Posts

Leave a Comment