एकाइ-चार

पाठ ३ घरेलु हिंसा

अभ्यास

१. घरेलु हिंसा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।

उत्तर : घरेलु हिंसा भनेको परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनिक दुर्व्यहार हो । यसर्थ आनीबानी, बोलीवचन, मर्यादा, हकअधिकार, पहुँचलगायतका विषयलाई लिएर घरपरिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदिलाई घरेलू हिंसा भनिन्छ । दाइजो नल्याएको वा कम ल्याएको निहुँमा पिट्नु, जिउँदै आगो लगाइदिनु, छोरीलाई राती ढिलो आएको भनी दुर्व्यवहार गर्नु आदि यसका उदाहरण हुन् ।

२. घरेलू हिंसाबाट बच्न र बचाउन तपाईंले गर्नसक्ने कार्यको सूची तयार पार्नुहोस् ।
उत्तर: घरे हिंसाबाट बच्न र बचाउन मैले गर्नसक्ने कार्य:-
(क) सबैलाई समान र समयोजन गरी सबैको विचारको सम्मान गर्ने
(ख) सभ्य बन्ने र अनुशासनमा रहने
(ग) हिंसाविरुद्ध एकतावद्ध भई प्रतिकार गर्ने
(घ) सचेतना अभिवृद्धि गर्ने ।

३. घरेलु हिंसा विरुद्ध जनचेतना फैलाउने कुनै दुई नारा लेख्नुहोस्?
उत्तर : घरेलू हिंसा विरुद्ध जनचेतना फैलाउने दुईओटा नारा :-
(क) घरेलू हिंसा सामाजिक समस्या मात्र होइन कानुनी अपराध पनि हो ।
(ख) घरेलु हिंसाबाट आफू बच अनि अरुलाई पनि बचाऔँ सभ्य समाजको निर्माणमा सहयोग पुयाऔं ।।

४. “घरेलू हिंसा सामाजिक अपराध हो ।” यस भनाइलाई आफ्‌ना तर्कसहित पुष्टि गर्नुहोस् ।

उत्तर: आदर्श र सभ्य समाजको निर्माण गर्न घरेलु हिंसा बाधक बनेको हुन्छ । घरेलू हिंसा असभ्य र मानवीय क्रूरताको परिचायक पनि हो । घरेलु हिंसाले व्यक्ति र परिवारलाई मात्र होइन समाज र राष्ट्रलाई नै नकारात्मक असर पारिरहेको हुन्छ । यसले स्वतन्त्रता र मानवताको खिल्ली उडाइरहेको हुन्छ । यसको कारणले गर्दा समाजमा लागू पदार्थको सेवनमा वृद्धि हुने, आत्महत्या बढ्ने, शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने, पारिवारिक बेमेलको स्थिति सिर्जना हुने, सामाजिक कलह सिर्जना हुने, बालबालिकामा असर पर्ने जस्ता समस्या आउँछ । घरेलु हिंसालाई कानुनले समेत प्रतिबन्ध लगाएको छ । तसर्य घरेलु हिंसा सामाजिक अपराध हो ।

Similar Posts

Leave a Comment