एकाइ – चार

पाठ-३: कृषियुगको सुरुवात र विकास

अभ्यास

१. ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।’ तर्क दिनुहोस्

उत्तरः नवपाषण युगको कालखण्डबाट मानिसले घुमन्ते, सिकारी, जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अंगालेका कुरा पुरातात्त्विक खोजहरूले देखाएका छन् ।

नवपाषण युगमा कृषिको व्यवस्थित सुरुआत भइसकेकाले कृषि कार्यका लागि आवश्यक टोकरी, नाइलो, पाथीलगायतका सामग्रीको समेत यस युगमा निर्माण गरिएको थियो । विभिन्न स्थानमा हावापानी, माटो अनुकूलका बालीहरूको खेती गर्न थालिएको थियो। यु अन्त्यसँगै तातिदै गएको वातावरणीय अवस्थाले कृषि उत्पादनमा ठुलो भूमिका निर्वाह गरेको थियो । मेसोपोटामिया, जोर्डन र इजिप्टलगायतका स्थानहरूमा गहुँ, जौ, दलहनलगायतका बाली लगाइन्थ्यो । चीनमा मुख्यतया कोदो र धान लगाइन्थ्यो । त्यस्तै अफ्रिकामा कोदो, धान, तरुल आदिको खेती गरिएको थियो भने अमेरिकामा मकै, भटमास, आलु आदि खेती गरिन्थ्यो । यस समयमा पशुपालन पनि व्यापक बनिसकेको थियो । कृषिमा आवश्यक श्रम साधन जुटाउन र दुध, मासुजस्ता खाद्यवस्तुको सुनिश्चितता गर्न विभिन्न जगली जनावरहरूलाई समातेर पाल्न सुरु गरिएको थियो । कुकुरबाट सुरु गरिएको जङ्गली जनावर लाई घरपालुवा  बनाउने क्रममा गाई, भैंसी, सुँगुर, भेडा आदिलालाई पनि क्रमशः पाल्न थालिएको थियो ।

अतःमानिसले खाने कुरा सहज रूपमा प्राप्त गर्नका लागि पशुपालन तथा खेतीपाती गर्ने कार्य नवपाषाण (Neolithic) युगदेखि नै गर्दै आएका थिए। त्यसैले नवपाषाण युगलाई नै कृषि युगको सुरुआत मानिन्छ ।

२. ‘कृषि युग व्यवस्थित बसोबास र सभ्य जीवन विकासको जग हो ।’ पुष्टि गर्नुहोस् ।

उत्तरः प्रागऐतिहास शास्त्रीहरूका अनुसार ऐतिहासिक रूपमा कृषि युग व्यवस्थित बसोबास र सभ्य जीवनको विकासका लागि मुख्य जगका रूपमा मानिन्छ । खोजकर्ताहरूका अनुसार कृषि युगको विकाससँगै समाजमा ठुला सामाजिक परिवर्तनहरू आएका थिए ।

कृषिको व्यापक विकाससगै समाजले अनेकौं सामाजिक र सांस्कृतिक परिवर्तनहरू साक्षात्कार गर्यो। कपड़ा लगाउने बानीको विकास भयो स्थायी बसोबास तथा खेतीपाती गर्नका लागि जमिन ओगट्ने क्रम बढ्दै गर्दा व्यक्तिगत सम्पत्तिलाई अधिक महत्त्व दिन बालियो । यसले गर्दा समाजमा असमानताको समेत विकास हुन थाल्यो। समाजमा धर्मकर्म संस्थागत हुँदै गए भने राजनीतिक चेतनाको विकाससँगै ससाना राज्य र रजौटाहरूले शासन गर्ने पद्धतिसमेत सुरु हुँदै गयो । कृषि युग विकसित बन्दै जांदा खोज र अविष्कारका नयाँ नयाँ क्षेत्रहरू खुल्दै गए । खाद्यवस्तुको उत्पादनका साथै प्रशोधन एवम् भण्डारणका लागि विभिन्न औजार तथा प्रविधिको विकास हुँदै गयो। बाँस र निगालाका चोयाबाट विभिन्न सामान बनाउने, धातुका नयाँ नयाँ औजारहरू बनाउने, धागो काट्ने, तान लगाउने र बुन्नेलगायतका विभिन्न प्रविधिको विकास भएको छ । किसानहरूले बढी भएको उत्पादित अन्न गाउँका बजारमा बेच्न थाले । बिस्तारै यी केही बजार वा केन्द्रहरूको जनसङ्ख्यामा वृद्धि हुँदै गयो अन्ततः आधुनिक सहरहरूको विकासको थालनी भयो। सहरको विकाससँगै श्रम विभाजनले विशिष्ट रूप लिँदै गयो । फलस्वरूप व्यापारी, शिल्पकर्मी, सिपाही, पुजारी, शासक र नोकरशाहीसहित धेरै नयाँ प्रकारका कामहरू देखा पर्दै गए। उदीयमान सहरी केन्द्रहरू मुख्यतः यस्ता गैरखाद्य उत्पादकहरू र उनीहरूका परिवारहरूको बहुलता हुँदै गयो । यसप्रकार सहरको विकाससँगै कृषि युगले सभ्यताको विकासमा नयाँ आयाम प्रदान गन्यो ।

३. मेसोपोटामियाको कृषि क्रियाकलापका बारेमा छोटो चर्चा गर्नुहोस् ।

उत्तरः ईसा पुर्व भन्दा लगभग ५००० वर्ष अगाडि टिग्रिस र युफ्रेटस (फरात) दुई नदीको मध्यभागमा एउटा समृद्ध सभ्यताको विकास भएको थियो । यहि सभ्यतालाई नै मेसोपोटामियाको सभ्यता भन्ने गरिन्छ । मेसोपोटामिया (आधुनिक इराक) का टाइग्रिस र युफ्रेटस नदीका शीतोष्ण र अत्यन्त उब्जाउ उपत्यकादेखि जोर्डनसम्म फैलिएको उर्वर अर्धचन्द्राकार (Fertile Crescent) नामले चिनिने क्षेत्रमा भेटिएका प्रमाणहरू सबैभन्दा प्रसिद्ध मानकका रूपमा लिइएका छन् ।

४. कृषि युगको विकाससँगै समाजमा असमान वर्गहरू विकास हुँदै गएको प्रसङ्गलाई जोड्दै वर्तमान समयमा विकासले ल्याएको सामाजिक असमानताको व्याख्या गर्नुहोस् ।

उत्तर: कृषि युगमा जमिनबाट गरिने उत्पादनको प्रमुख साधन मानव श्रम थियो । जमिन धेरै हुनेहरूले जमिन हुनेहरूकहाँ काम गरी आफ्नो गुजारा चलाउँथे। यसरी कृषि युगमा असमान वर्गहरू विकास हुँदै गयो र केही वर्ग, समूह भने वर्तमान अवस्थासम्म पछाडिको पछाडि नै परिरहेका छन् ।

खोजकर्ताहरूका अनुसार कृषि युगको विकाससँगै समाजमा ठुला सामाजिक परिवर्तनहरू आएका थिए । खेतीपाती र पशुपालनको सुरुआतसँगै परिवारमा बस्ने अवधारणाको विकास भइसकेको थियो खाद्यवस्तुको प्रमुख स्रोतका रूपमा रहेको खेतीयोग्य जमिन अचल भएकाले एकै ठाउँमा बस्नुपर्ने भएकाले स्थायी बसोवासको विकास भयो । फलस्वरूप घरहरू निर्माण गर्नमा अधिक समय प्रयास खर्च गरियो । घर निर्माणमा आबद्ध सिकर्मी, डकर्मी आदिको महत्त्व र उपयोगिता बढ्दै गयो । स्थायी बसोबासको विकाससँगै परिवारको आकारमा समेत वृद्धि हुँदै जान थाल्यो । जमिनको महत्त्व बढ्दै गएकाले बढीभन्दा बढी जमिन ओगट्ने प्रतिस्पर्धा हुन थाल्यो । यस क्रममा सीमित व्यक्तिले अरूको तुलनामा धेरै जमिन ओगट्न सफल भए । यिनै मानिसहरू पछि गएर सामन्तका रूपमा स्थापित हुँदै गए। यसले गर्दा समाजमा असमान वर्गहरू विकास हुँदै गयो ।

असन्तुलित विकासका कारण समाजमा सामाजिक असमान्ता बढ्दै गइरहेको छ । धनीहरु धेरै नै धनी र गरिबहरू अत्यन्तै गरिब हुँदै गरिरहेका छन् । यसकारण समाजमा सामाजिक असमानताको बढ्दै गइरहेको छ।मानिसहरूले आफ्नो परिश्रम अनुसारको कमाई आर्जन गर्न सकेका छैनन्। केही सीमित मानिसहरूले धेरै भन्दा धेरै पूँजी आर्जन गरिरहेका छन् भने बहुसंख्यामा मानिसहरु सीमित मानिसहरूका कम् पैसामा ज्याला, मजदूरी र दास बनीरहन बाध्य छन्। सीमित मानिसहरूले यी मानिसहरूको श्रमशोषण गरिरहेका छन्। त्यसैले सबै वर्ग, लिङ्ग, जात,धर्मका मानिसहरुलाई समानरूपमा सहभागी गराएर विकासको कार्य आगी बढुन आवश्यक छ। अनि मात्र समाजमा मानिसहरु सामानका हुन्छन् र सामाजिक समानता कायम हुनसक्छ।

Similar Posts

Leave a Comment