एकाइ – छ

पाठ: ३ औद्योगिक क्रान्ति

अभ्यास

१. औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुँदागत रूपमा व्याख्या गर्नुहोस् ।

उत्तर: १८ औं शताब्दीको मध्यबाट बेलायतमा सुरु’ १९ औं शताब्दीको मध्यसम्म क्रमशः युरोप हुँदै विश्वभर फैलिएको एक महान, अभूतपूर्व रक्तहिन र विश्व व्युँत्याउन सफल औद्योगिक क्रान्तिका दुवै सकारात्मक र नकारात्मक प्रभावहरु छन्।

महान औद्योगिक क्रान्तिको सकारात्मक प्रभावलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

• ठूला ठूला कलकारखानाको उदय,

• ठूला-ठूला औद्योगिक नगरहरूको स्थापना,

• उत्पादन र उत्पादकत्वमा वृद्धि,

• मानवीय जीवनयापनमा सुधार,

• स्वतन्त्र व्यापार सिद्धान्तको जन्म र वैदेशिक व्यापारमा वृद्धि,

• राष्ट्रिय अर्थतन्त्रमा वृद्धि,

•Trade Union Rights को जन्म,

• यातायात प्रणालीको विकास,

• ठूला-ठूला वैज्ञानिक खोज अनुसन्धानको विकास आदि ।

औद्योगिक क्रान्ति एक महान क्रान्ति हुँदा हुँदै पनि यसका पछाडि निम्न नकारात्मक प्रभावहरू रहेका छन्ः

• मजदुरहरूको दयनीय अवस्था भएको,

• बेरोजगारी समस्याको उत्पत्ती,

• घरेलु र कुटिर उद्योग धन्दाको अन्त,

• समाजमा दुई वर्ग (पुँजीपती र मजदुर) को उदय,

• वर्ग संघर्षको विजारोपण,

• साम्राज्यवादको विस्तार र उपनिवेशवादको जन्म,

• औद्योगिक पुँजीवादको जन्म ।

२. उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख  गर्नुहोस् ।

उत्तरः उपनिवेशको सुरुआत औद्योगिक क्रान्तिको क्रममा व्यपारिक गन्तव्यको खोजीमा भएको थियो । औद्योगिकिकरणमा वस्तुको बिक्रीका लागि बजार प्राप्त हुने अर्कातर्फ उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू सहज रूपमा प्राप्त हुने हुँदा उपनिवेशको सुरुआत भएको पाइन्छ।

१८ औं र १९ औं शताब्दीको मध्यमा बेलायतमा भएको औद्योगिक क्रान्तिको प्रभाव सम्पूर्ण विश्वमा पन्यो । बेलायतको औद्योगिक क्रान्तिको प्रभाव पर्ने मुलुकहरूमा फ्रान्स, स्पेन पोचुगल र उच रिपब्लिक पर्दथ्यो। ती देशहरूले पनि प्रतिस्पर्धाका आधारमा औद्योगिकीकरणको सुरुआत गरे । तीव्र औद्योगिकीकरणले गर्दा ती देशमा उत्पादित सामानहरू आफ्नो देशमा  खपत हुन नसक्दा अन्य मुलुकहरूमा व्यापार गर्ने होडबाजी चलेको थियो। यसका निम्ति व्यापारिक गन्तव्यहरूको खोजी भयो । यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अफ्रिका जस्ता महादेशहरूमा युरोपियनहरूले उपनिवेश कायम गर्न थाले । यसबाट एकातर्फ वस्तुको बिक्रीका लागि बजार प्राप्त भयो भने अर्कातर्फ उद्योगका लागि आवश्यक पदार्थहरू सहज रूपमा प्राप्त भयो । साथै उनीहरूले त्यो देशको राजनीति र शासन पद्धतिमा समेत आफ्नो प्रभुत्व कायम राख्न थाले। बेलायत सरकारले आफ्नो संरक्षकत्वमा दुईओटा कम्पनी खोलेको थियो। पूर्वतर्फ व्यापार गर्ने कम्पनीलाई इस्ट इन्डिया कम्पनी र पश्चिमतर्फ व्यापार गर्ने कम्पनीलाई वेस्ट इन्डिया कम्पनी भनिन्थ्यो । त्यस बखत सम्पूर्ण उत्तरी अमेरिका, फ्रान्स, बेलायत र स्पेनको उपनिवेश बियो । पोर्चुगलले पनि विभिन्न ठाउँमा उपनिवेश खोलेको थियो । 

औद्योगिक क्रान्तिको क्रममा उपनिवेश सुरुवातका अन्य कारणहरु यसप्रकार रहेका छन्ः

• उद्योगधन्धाको विस्तार

• कच्चापदार्थ उपलब्धता

• बजारको आवश्यकता

• सस्तो श्रम शक्ति

• आर्थिक लाभ

• श्रमशोषण

Similar Posts

Leave a Comment