एकाइ – दुई

पाठ-३:अनलाइन भुक्तानी

अभ्यास

१. अनलाइन भुक्तानीका फाइदाहरू उल्लेख गर्नुहोस् ।

उत्तर: अनलाइन भुक्तानी (Online Payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैइक खाताबाट अरु कसैको बैंक खातामा रकमान्तर गर्ने प्रक्रिया बुझिन्छ । यसबाट बैङ्कमा नगई जुनसुकै ठाउँबाट सामान वा सेवाको बिल तिर्ने तथा मोबाइल, इन्टरनेट, खानेपानी, विद्युत्को महसुल तिर्ने जस्ता कार्यहरू गर्न सकिन्छ ।

अनलाइन भुक्तानीका फाइदाहरू यसप्रकारका छन्:

१. व्यक्तिले आफैँ पेमेन्ट गर्ने भएकाले जनशक्तिमा लाग्ने खर्च कटौती हुन्छ,

२. विभिन्न बिल तिर्न समय खर्च गर्नु र लाइनमा बस्नु पर्दैन,

३. अनलाइनबाट सामान र सेवा किन्न तथा बेच्न सहज हुन्छ,

४. छिटो छरितो र विश्वसनीय रूपमा रकमान्तर गर्न सकिन्छ,

५. नगद बोक्नु वा घरमा राख्नुनपर्ने भएकाले चोरीको डर हुँदैन ।

२. अनलाइन भुक्तानीका चुनौतीहरूको सूची तयार पार्नुहोस् ।

उत्तरः अनलाइन भुक्तानी (Online Payment) भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैइक खाताबाट अरु कसैको बैंक खातामा रकमान्तर गर्ने प्रक्रिया बुझिन्छ । यसबाट बैङ्कमा नगई जुनसुकै ठाउँबाट सामान वा सेवाको बिल तिर्ने तथा मोबाइल, इन्टरनेट, खानेपानी, विद्युत्को महसुल तिर्ने जस्ता कार्यहरू गर्न सकिन्छ ।

अनलाइन भुक्तानीका चुनौतीहरू यसप्रकारका छन्ः

१. अफलाइन कारोबारमा काम लाग्दैन,

२. साइबर अपराधीहरूले ह्याक गरेर रकम दुरुपयोग गर्न सक्छन्,

३. कहिलेकाहीँ इन्टरनेट वा सभर डाउन भएर कारोबार गर्न सकिदैन,

४. डिजिटल साक्षरता नभएका व्यक्तिहरूले प्रयोग गर्न सक्दैनन्,

५. नेपालको सबै ठाउँमा यसको पहुँच नपुगेकाले प्रयोग गर्न सकिदैन ।

३. ‘ डिजिटल एप्लिकेसन प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर: डिजिटल एप्लिकेसन सञ्चारको एक शक्तिशाली माध्यम हो जसले ब्राण्डलाई उनीहरूको समग्र सञ्चार लक्ष्यहरूमा पुग्न अनुमति दिन्छ। विश्वमा कम्प्युटर र इन्टरनेटको विकाससँगै घर, कार्यालय, अस्पताल, यातायात आदिमा पनि डिजिटल एप्लिकेसनको प्रयोग बढिरहेको छ ।

डिजिटल एप्लिकेसन‌को प्रयोग एकदमै छतो, छरितो, सजिलोका साथ साथै भरपर्दो पनि रहेको छ। यस एप्लिकेसन‌को प्रयोगले मानिसको कार्यमा राम्रो नतिजा आइरहेको छ।

Similar Posts

Leave a Comment