एकाइ – एक

पाठ २ हाम्रा पहिचान

अभ्यास

१. हाम्रो पहिचान के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।

उत्तर : राष्ट्रिय पहिचान, जातीय पहिचान, भाषिक पहिचान, धार्मिक पहिचान, लैगिक पहिचान र अपाङ्गता आदि हाम्रा पहिचान हुन् । पहिचानको महत्त्वलाई निम्न बुँदाका आधारमा प्रष्ट पार्न सकिन्छ :-
(क) पहिचानले अधिकार प्राप्ति, समावेशिता र सामाजिकीकरणमा मदत पुयाउँछ ।
(ख) यसले आफ्नो आत्मा परिचय गराउँछ र जीवन जीवने आधार हो।
(ग) कर्तव्य बोध गराउँछ।
(घ) अनुशासनमा रहन उत्प्रेरित गर्छ ।
(ङ) यसले राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्छ साथै राष्ट्रप्रति श्रद्धाभाव जागरण गर्दछ ।
(च) स्वदेशको मूल विरासत, संस्कृति, र धर्मको संरक्षण र प्रवर्धन गर्दै, तपाईंको संरक्षणको मार्गलाई प्रशस्त बनाउँछ। यसको निरन्तरता र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दछ।

२. “पहिचान आफूलाई चिनाउने आधार हो ।” उदाहरणासहित प्रष्ट पार्नुहोस् ।

उत्तर: ‘म नेपाली हूँ’ भनेर विश्वमा हामी सगर्व चिनाउने गर्छौ । यो हाम्रो राष्ट्रिय पहिचान हो । नेपालमा सयौं जाति र भाषा रहेका छन् । सबै मिलेर बसेका छन् । ‘म यो जातिको हुँ मेरो भाषा यो हो’ भन्तु व्यक्तिको जातीय तथा भाषिक पहिचान हो । त्यस्तै धर्मसँग सम्बन्धित पहिचान धार्मिक पहिचान हो । महिला, पुरुष अनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गरी तीन किसिम चाहिँ लैंगिक पहिचान हो। कसैको शारीरिक तथा मानसिक अवस्था र प्रकृतिको फरकपनामा आधारित पहिचान पनि हुनसक्छ, यो अपाङ्गतासम्बन्धी पहिचान हो । कुनै पनि व्यक्तिले आफूलाई चिनाउन यी र यस्तै विभिन्न आधारको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ हामी के भन्न सक्छौं भने पहिचान आफूलाई चिनाउने आधार हो ।

३. यौनिक तथा लैगिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ ? आफ्‌ना धारणा प्रस्तुत गर्नुहोस् ।

उत्तर : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि हामी सबै सचेत हुनु आवश्यक छ । महिला, पुरुष भने जस्तै उनीहरूलाई पनि सामान्य व्यवहारको जरुरत भएकाले यससम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ । त्यस्तै उनीहरूलाई हेप्ने, गिज्याउने काम बन्द गरी सो कार्य गर्नलाई सजायको व्यवस्था हुनु जरुरी छ । उनीहरूका लागि पनि आरक्षणको व्यवस्था गरी कार्यान्वयन गर्नु उनीहरूलाई पहिचान र सम्मान दिने अर्को पक्ष हुनसक्छ ।

४. ४. अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्दै तपाईंको स्थानको स्थानीय सरकारले ‘विशेष व्यक्तिहरूका लागि योजना र कार्यक्रम’ वा ‘अपाङ्गता बाट समाजमा समावेश’ गर्दै आएको छ। ? खोजी गरी प्रस्तुत गर्नुहोस् ।

उत्तर : अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न म रहेको स्थानको स्थानीय सरकारले गरेका केही कार्यक्रम यसप्रकार छन् :-
(क) अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर वितरण कार्यक्रम
(ख) सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था
(ग) क्षमता र शारीरिक अवस्थाका आधारमा विशेष शिक्षा कार्यक्रमको व्यवस्था।



Similar Posts

Leave a Comment